Khabar Dabali १८ फाल्गुन २०८२ सोमबार | 2nd March, 2026 Mon
Investment bank

बेलायतका राजकुमार ह्यारीले बदले आफ्नो ठेगाना

खबरडबली संवाददाता

काठमाडौं । राजपरिवारसँगको विवादका बीच राजकुमार ह्यारीले औपचारिक रुपमा बेलायत छोडेका छन् । ह्यारीले आफ्नो आधिकारिक ठेगाना बेलायतको सट्टा क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका लेखेका छन् ।

स्काई न्यूजको रिपोर्टका अनुसार पर्यटन च्यारिटी ट्राभलिस्टको कागजातमा प्रिन्स ह्यारीको पूरा नाम र उनको प्राथमिक ठेगाना क्यालिफोर्निया लेखिएको थियो । यसअघि ह्यारीले सधैं आफ्नो प्राथमिक ठेगानाको रूपमा बेलायत लेख्ने गर्दथे । यो परिवर्तन २९ जुन २०२३ मा गरिएको थियो । तर, यो जानकारी अहिले बाहिर आएको हो । गत वर्ष जुन २९ मा, बकिङ्घम प्यालेसले ह्यारी र उनकी श्रीमती मेगनले अब बेलायतको फ्रोगमोर कटेज छोडेको पुष्टि गरेको थियो ।

फ्रोगमोर कटेज त्यही घर हो जुन रानी एलिजाबेथले उनको विवाहमा २०१८ मा उपहार दिएकी थिइन् । वास्तवमा, ह्यारीले आफ्नो संस्मरण 'स्पेयर' मा शाही परिवारको बारेमा धेरै विवादास्पद टिप्पणी गरेका थिए । यसपछि ह्यारी र उनका बुबा राजा चार्ल्सबीच विवाद बढेको थियो ।

मार्च २०२१ मा, प्रिन्स ह्यारी र उनकी पत्नी मेगन मार्कलले एक टिभी च्यानललाई अन्तर्वार्ता दिए । उक्त अन्तर्वार्तामा मेगनले शाही परिवारमाथि नस्लवादको आरोप लगाएकी थिइन् । उनले शाही परिवार आफ्नो छोरा आर्चीलाई राजकुमार बनाउन नचाहेको बताएका थिए, किनभने उनको जन्म हुनुअघि नै उनको अनुहार कालो हुने डर थियो । यसपछि राजपरिवारले बयान दिनुपरेको थियो । सो अन्तर्वार्तापछि दरबारले विज्ञप्ति जारी गर्दै शाही परिवारले रंगभेदसँग सम्बन्धित मुद्दालाई गम्भीरताका साथ लिएको बताएको थियो ।

मेगनले अन्तर्वार्तामा शाही परिवारमा आबद्ध भएपछि आफ्नो स्वतन्त्रता निकै कम भएको खुलासा गरेकी थिइन् ।  अन्तर्वार्ताका क्रममा प्रिन्स ह्यारीले आफू र आफ्नी श्रीमतीप्रति गर्व गरेको पनि बताए र उनले गर्भावस्थामा निकै खराब चरणबाट गुज्रिएको बताएका थिए ।

प्रिन्स ह्यारी र मेघन मार्कलले २०२० मा राजतन्त्र छोडेपछि बेलायती शाही परिवारसँगको सम्बन्ध बिग्रियो । यसपछि गत वर्ष नेटफ्लिक्समा आएको प्रिन्स ह्यारीको डकुमेन्ट्री र त्यसपछि उनको पुस्तक ‘स्पेयर’ ले दुई पक्षबीचको विवाद झनै बढाएको थियो ।

राजकुमार ह्यारीले पुस्तक र वृत्तचित्रमा शाही परिवारको धेरै तरिकामा आलोचना गरेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE