हुम्ला। फागुन २१ गते हुने निर्वाचनका लागि खटिएका कर्मचारी र निर्वाचन सामग्री नाम्खा गाउँपालिकाको लिमी र चाला पुगेका छन्। दुर्गम भौगोलिक अवस्थाका कारण कर्मचारी र सामग्री हेलिकोप्टरबाट ढुवानी गरिएको हो भने मतदाता भने पैदल नै मतदान केन्द्रसम्म पुग्ने भएका छन्।
हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिका–६ स्थित लिमीमा कर्मचारी, सुरक्षाकर्मी, मतपत्र तथा अन्य निर्वाचन सामग्री हेलिकोप्टरबाट पुर्याइएको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले जानकारी दिए।
जिल्ला सुरक्षा समिति र भौगोलिक व्यवस्थापन समितिको निर्णयअनुसार लिमीका तीनवटा मतदान केन्द्र तथा चालाको मतदान केन्द्रमा खटिएका कर्मचारीलाई हेलिकोप्टरबाट ओसार्ने व्यवस्था गरिएको हो।
लिमीका तीन मतदान केन्द्र—हिमशिखर प्रावि तिल, सुनखानी प्रावि हल्जी र भृकुटी प्रावि जाङ—मा तीन सयभन्दा कम मतदाता रहेका छन्। ती मतदान केन्द्रमा मतदान अधिकृतसहित १५ जना कर्मचारी तथा ५१ जना नेपाल प्रहरी र निर्वाचन प्रहरी खटिएका छन्।
लिमीका मतदान केन्द्रका लागि कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामग्री ढुवानी गर्न नेपाली सेनाको हेलिकोप्टरले तीन उडान गरेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए।
त्यस्तै, नाम्खा गाउँपालिका–४ स्थित हिमालय आवि चाला मतदान केन्द्रमा खटिएका कर्मचारीलाई पनि नेपाली सेनाको सानो हेलिकोप्टरमार्फत पाँच उडान गरी पुर्याइएको उहाँले जानकारी दिए। सो मतदान केन्द्रमा पाँच जना कर्मचारी, तीन जना नेपाल प्रहरी र १० जना निर्वाचन प्रहरी खटिएका छन्।
दुर्गम भूगोलका कारण कर्मचारी र सामग्री हेलिकोप्टरबाट पठाइए पनि मतदाता भने पैदल नै मतदान केन्द्रसम्म पुग्ने भएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ६ गते, २०८३ - १७:१०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने भएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिव...
बैशाख ६ गते, २०८३ - १६:४२
काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आगामी वैशाख ८ गते (मंगलबार) निर्वाचन हुने भएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्याल...
बैशाख ६ गते, २०८३ - १६:२५
विद्यार्थीको हकहितका लागि ‘स्टुडेन्ट काउन्सिल’ जस्ता नयाँ संयन्त्र स्थापना गरिने
बैशाख ६ गते, २०८३ - १६:१८
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशिल सदस्यताको डिजिटल अद्यावधिक अभियानलाई सफल पार्न बाग्मती प्रदेशका नेता कार्यकर्ताहरुलाई ...
बैशाख ६ गते, २०८३ - १६:०२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार बस्ने केन्द्रीय समिति बैठकका लागि ९ वटा मुख्य एजेन्डा तय गरेको छ। बैठक पार्टी केन्द्रीय कार्...
बैशाख ६ गते, २०८३ - १५:४५
काठमाडौँ । अस्ट्रियामा शिशुका लागि बनाइएको खानेकुरामा मुसाको विष भेटिएपछि व्यापक सतर्कता अपनाइएको छ । सम्बन्धित उत्पादनहरू बजारबाट फिर्ता बोलाइएको छ ।...
बैशाख ६ गते, २०८३ - १५:३०
काठमाडौं । नेपाली कांग्रेस का निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको भेलाले पार्टी एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको ...
बैशाख ६ गते, २०८३ - १५:१४
हुम्ला। सिमकोट-नेपालगन्जको हवाई भाडा यस पटक तेईस प्रतिशतसम्म वृद्धि भएको छ । हवाई इन्धनको मुल्य वृद्धि भएसँगै सिमकोट नेपालगन्जको हवाई भाडा वृद्धि ...
बैशाख ६ गते, २०८३ - १४:४४
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाले सोमबार अपरान्ह ३:०० बजे वनस्थलीस्थित पा...
बैशाख ६ गते, २०८३ - १४:३६
काठमाडौँ । शेखर कोइराला नेतृत्वको नेपाली कांग्रेसको एक समूहले शेरबहादुर देउवा पक्षले बोलाएको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठकमा सहभागी नहु...


प्रतिकृया लेख्नुहोस्: