काठमाडौं । पश्चिम एसियामा उत्कर्षमा पुगेको बृहत् युद्धको खतरा केही समयलाई टर्यो भन्ने विश्वव्यापी विश्वासलाई गलत साबित गर्दै इजरायलले इरानमा मिसाइल आक्रमण गरेको छ । इरानी सरकारी संचारमाध्यमहरुका अनुसार इजरायलको आक्रमण पछि त्यहाँको हवाई सुरक्षा प्रणाली सक्रिय बनाइएको छ ।
समाचारहरूमा उल्लेख भए अनुसार उत्तर पश्चिमी सहर इस्फहान लगायतका प्रान्तहरूमा शुक्रबार बिहान विस्फोटको आवाज सुनिएको छ । इस्फहानमा इरानी सेनाको ठूलो हवाई अड्डा छ । यो इरानको त्यो क्षेत्र हो जहाँ परमाणु हतियारसँग सम्बन्धित अखडाहरू रहेका छन् ।
एक बेलायती सुरक्षा फर्म एम्ब्रेका अनुसार ूअरब खाडी र पश्चिमी हिन्द महासागरू पार गर्ने व्यापारी जहाजहरूलाई यस क्षेत्रमा बढ्दो अपरिचित हवाई वाहन गतिविधिको अवस्थामा सतर्क रहन सल्लाह दिइएको छ भन्ने समाचार अलजजिराले प्रकाशित गरेको छ।
समाचार अनुसार इरानको इस्फाहानमा भएको विस्फोटमा कुनै क्षति भने भएको छैन। इरानको समाचार एजेन्सीले एक वरिष्ठ सैन्य अधिकारीलाई उद्धृत गर्दै भनेको छ कि इस्फाहानमा शुक्रबार बिहान सुनिएको विस्फोट सहरमा हवाई प्रतिरक्षा गतिविधिसँग सम्बन्धित थियो।
इस्फहान कमान्डरले भने विस्फोटले कुनै दुर्घटना वा क्षति पुर्याएको छैन। यसअघि इजरायलले इस्फाहान नजिकै धेरै मिनी क्वाडकोप्टरहरू खसालेको खबर आएको थियो।
गत १ अप्रिलमा सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा इजरायलले हवाई आक्रमण गर्दा सैन्य कमान्डरसहित ७ जनाको मृत्यु भएपछि दुई देशबिच तनाव बढेको हो । त्यो हत्याको बदलास्वरुप इरानले एक साता अघि इजरायलमा गरेको हमलाको इजरायलले जवाफ दिन थालेको बताइन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १७ गते, २०८२ - २१:४०
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले गोरखाका दुवै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस का उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि चुनाव...
फाल्गुन १७ गते, २०८२ - २१:०६
काठमाडौं । नेपाली सेनाले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउन पूर्ण प्रतिबद्ध रहेको जनाएको छ। जनसम्पर्क तथा ...
फाल्गुन १७ गते, २०८२ - २१:०१
काठमाडौं । अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लामा आइतबार राति १२ बजेदेखि सीमा नाका बन्द हुने भएको छ । बिहीवार हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, ...
फाल्गुन १७ गते, २०८२ - २०:५८
काठमाडौं । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ८६५ जना उम्मेद्वार...
फाल्गुन १७ गते, २०८२ - २०:४९
काठमाडाैं । पश्चिम एसियामा अवस्थित इरान (सन् १९३५ सम्म पर्सिया) विश्वका पुराना सभ्यतामध्ये एक मानिन्छ। करिब ९ करोडभन्दा बढी जनसंख्या भएको यो देश नेपाल...
फाल्गुन १७ गते, २०८२ - २०:२४
काठमाडौं । इरानले गरेको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु छ । यूएईको रक्षा मन्त्रालयका अनुसार इरानको मिसाइल आक्रमणबाट एक नेपालीसहित तीन जनाको ...
फाल्गुन १७ गते, २०८२ - १८:३९
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का संयोजक पुष्पकमल दाहाल प्रचण्डले बहुमत पाए शासकीय स्वरूप र निर्वाचन प्रणाली परिमार्जन गर्ने प्रतिबद्धता ...
फाल्गुन १७ गते, २०८२ - १८:३७
सर्लाही । आगामी प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै सर्लाहीमा नेपाली सेनाले बख्तरबन्द गाडीमार्फत गस्ती सुरु गरेको छ । आइतबार बिहानदेखि नेपाली सेनाक...
फाल्गुन १७ गते, २०८२ - १८:३४
काठमाडौं । नेपाली सेनाले विसं २०४८को प्रतिनिधिसभा निर्वाचनदेखिका सबै निर्वाचनमा नेपाली सेना परिचालन भई मतपत्र छपाइस्थलको सुरक्षा, मतपत्र ढुवानी र मतप...
फाल्गुन १६ गते, २०८२ - २२:५४
तेहरान । दक्षिणी इरानको मिन्दाब काउन्टीस्थित एक छात्रा विद्यालयमा भएको भनिएको आक्रमणमा मृत्यु हुनेको संख्या कम्तीमा ६३ पुगेको स्थानीय गभर्नरले बताएका ...



प्रतिकृया लेख्नुहोस्: