Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

खबरडबली संवाददाता

काठमाडौं । दुईजना वेवारिसे र ३१ जना विपन्न गरी ३३ जना बिरामीले काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका विभिन्न अस्पतालहरुबाट निःशुल्क उपचार सेवा लिएका छन् । 

उनीहरुमध्ये १५ जनाको मिर्गौला डाइलासिस भइरहेको छ । उपचार सेवा लिँदालिँदै दुईजना विरामीको मृत्यु भएको छ । १२ जना डिस्चार्ज भएका छन् । एकजनालाई अर्को अस्पतालमा रिफर गरिएको छ । तीनजना अहिले पनि उपचाररत छन् । 

उनीहरुमध्ये आठजनालाई फेमिली मेडिसिन सेवा दिइएको छ । तीनजनाले दम, क्षयरोग जस्ता छाती सम्बन्धी (पल्मोलोजी) दुईजनाले सर्जरी (शल्यक्रिया), दुईजनाले आकस्मिक सेवा, एकजनाले स्त्री तथा प्रसुति रोग सेवा, एकजनाले पेट सम्बन्धी र एकजनाले आँखाको उपचार सेवा लिएको जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठले जानकारी दिए । सर्जरी गर्ने विरामीमध्ये एकजनाको पित्तथैलीमा स्टोन भएको अपरेसन र एकजनाको हर्नियाको अपरेसन भएको हो । 

उपचारका लागि लागेको प्रतिव्यक्ति खर्च हेर्दा सबैभन्दा कम खर्च आँखाको उपचारका लागि दुईहजार ५ सय रुपैयाँ भएको देखिन्छ । धेरै खर्च लागेको उपचार दुई लाख ७४ हजार रुपैयाँ बराबरको छ । यो खर्च अस्पतालहरुले व्यहारेका छन् । 

विरामीहरुमध्ये छजनाले पिपल्स डेन्टल कलेज एण्ड जनरल अस्पतालबाट, तीनजनाले काठमाडौं मोडेल अस्पतालबाट, दुईजनाले काठमाडौं मेडिकल कलेजबाट उपचार लिएका छन् । यस्तै ब्लु क्रस अस्पताल, मेट्रो अस्पताल, कालीमाटी चेस्ट अस्पताल, मनमोहन टिचिङ् अस्पताल, नेपाल आँखा अस्पताल, स्तूपा सामुदायिक अस्पताल र छत्रपाटी सामुदायिक अस्पतालबाट एक/एकजना विरामीले सेवा लिएका छन् । मिर्गौला डाइलासिस गर्ने विरामीहरुले नेशनल मिर्गौला केन्द्रमा उपचार गराइरहेका छन् । 

सेवा लिने विरामीहरुमध्ये पाँचजना काठमाडौं महानगरपालिकाका हुन् । त्यस्तै घोराही उपमहानगरपालिका, दाङ्, रासकोट गाउँपालिकाका, कालीकोट, टोखा नगरपालिका, काठमाडौं, ज्वालामुखी गाउँपालिका, धादिङ्, मन्थली नगरपालिका, रामेछाप, शैलुङ्ग गाउँपालिका, दोलखा, खजुरा गाउँपालिका, बाँके, पत्थरी शनिश्चरे गाउँपालिका, मोराङ्, सीतासाक्सी गाउँपालिका, झापा, भीमसेन गाउँपालिका, गोरखा, नरहरिनाथ गाउँपालिका, कालीकोट, आमचोक गाउँपालिका, भोजपुर, बाट एक/एकजना रहेका छन् ।

लक्षित वर्ग निःशुल्क उपचार गराउनु पर्ने कानुनी व्यवस्था भए पनि कार्यान्वयनमा थिएन । यसलाई कार्यान्वयन गराउन काठमाडौं महानगरपालिकाले लक्षित वर्गको उपचार गराउने सम्बन्धी कार्यविधि, २०८० जारी गरेको थियो । यसका आधारमा http://freehealth.kathmandu.gov.np/ अनलाइन प्रणाली विकास गर्‍यो । अहिले यो प्रणाली कार्यान्वयनमा छ । प्रणालीबाट उपचार दिने र पाउने तथा कुन ठाउँमा कसको कसरी उपचार भएको छ, कुन अस्पतालमा कति शय्या छ, हेर्न सकिन्छ । यसलाई महानगरपालिकाको स्वास्थ्य विभागले सहजीकरण गरिरहेको छ । 

निःशुल्क उपचारका लागि प्रणालीमा विरामीको नाम दर्ता गराउने पहिलो अस्पताल काठमाडौं मोडेल अस्पताल हो । अस्पतालले फागुन ९ गते टोखाबाट आएकी एक विरामीको पित्त थैलीको अपरेसन गरेको थियो । निःशुल्क उपचार गराउने प्रणालीमा महानगरपालिकाभित्र ५२ वटा अस्पताल आवद्ध भएका छन् । यसमा ३७४ शय्या निःशुल्क उपचारका लागि उपलब्ध छन् । 

प्रणाली कार्यान्वयनमा आएसँगै, राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित नगर्ने र हरेक नागरिकको स्वास्थ्य सेवामा समान पहुँच हुने नेपालको संविधानले नागरिकलाई दिएको स्वास्थ्य सम्बन्धी हक कार्यान्वयनमा आएको छ । निःशुल्क उपचार सेवा लक्षित वर्ग (विपन्न, असहाय र वेवारिसे) का लागि हो ।

उपचार सेवा पाउने विधि 

लक्षित वर्गले तीनवटा विधिमध्ये कुनै एकबाट सेवा लिन सकिन्छ । एक विपन्न परिचय पत्र छ भने सिधै अस्पतालमा जान सकिन्छ । दुई, विपन्न परिचय पत्र छैन भने आफू बसोबास गरिरहेको वडाबाट तोकिएको ढाँचामा शिफारिस, सर्जमिन मुचुल्कासहितका कागजपत्र लिएर सेवा लिन सकिन्छ । तीन, यी दुईवटै अवस्थाका कागजपत्र लिन नसक्नेहरुले आफू विपन्न भएको प्रमाण लिएर महानगरपालिकाको निःशुल्क स्वास्थ्य सेवा सहजीकरण एकाइमा सम्पर्क गर्न सकिनेछ । प्रमाण प्रमाणित हुन सकेमा एकाइले शिफारिस गर्नेछ ।  

सेवा लिनेले साइटमा कसरी सेवा लिने

वेभ बारमा गएर एड्रेस http://freehealth.kathmandu.gov.np/ टाइप गरेपछि प्रणाली खुल्छ । यसमा सेवाग्राहीले सेवा लिने प्रक्रिया तथा कागजात सम्बन्धी विवरण पढ्न सक्छन् । कुन अस्पतालमा कुन सेवा छ । त्यसमा उपचारका लागि शय्या खाली छ कि छैन । साइटबाटै हेर्न सकिन्छ । 

साइटबाट ७ प्रकारका डकुमेन्ट डाउनलोड गर्न सकिन्छ । निःशुल्क उपचार सम्बन्धी महानगरपालिकाको कार्यविधि, कार्यविधिबमोजिम निःशुल्क उपचार सेवा लिनेहरुले शिफारिसका लागि दिने निवेदन, वडाले निःशुल्क उपचारका लागि दिने शिफारिस, मुचुल्काका ढाँचासहित कार्यविधिका अनुसूचीहरु २, ३, ४, ५, ६ र ७ डाउनलोड गर्न सकिन्छ । अनुसूची १ र ८ प्रतिवेदन सम्बन्धी भएकोले सेवाग्राहीका लागि आवश्यक पर्दैन । 

निःशुल्क उपचारका लागि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को संयोजकत्वमा निर्देशक समितिको गठन भएको छ । समितिमा उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सरोकारवाला कार्यालयका प्रतिनिधिहरू सदस्य छन् । 

निःशुल्क स्वास्थ्य उपचार सेवा लिने विधि 

१) गरिबी परिचय पत्र भएका बिरामीहरूले सोझै अस्पताल गई उपचार सेवा लिन सकिने । 
२) यदि गरिबी परिचय पत्र छैन भने बिरामीहरूले कार्यविधिको अनुसूची २ बमोजिमको निवेदन र आर्थिक अवस्था खुल्ने अनुसूची ५ बमोजिमको फाराम भरी सम्बन्धित वडा कार्यालयमा दिने । 
३) वडा कार्यालयबाट दिइने अनुसूची ४ बमोजिमको सर्जमिन र अनुसूची ३ अनुसारको सिफारिस पत्र लिई अस्पतालमा जाने
४) यदि बिरामीलाई उपचारका लागि कुन अस्पताल जाने अन्योल भएमा सम्बन्धित वडाको सिफारिस पत्र लिई काठमाडौं महानगरपालिका स्वास्थ्य विभागको निःशुल्क उपचार सहजीकरण एकाइमा सम्पर्क गर्ने । जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठलाई मोबाइल नम्बर ९८०१३०६८९३ मा सोझै सम्पर्क गर्न सकिनेछ । 
५) बेवारिसेको हकमा नजिकको वडा कार्यालय तथा प्रहरी कार्यालयको सिफारिसको आधारमा निःशुल्क उपचार प्रदान गरिने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: