Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

विश्व बैंकको जलवायु ऋणविरूद्ध अभियन्ताहरू सडकमा

खबरडबली संवाददाता

काठमाडौं । विश्व बैंकले दिइरहेको जलवायु ऋण र जलवायु परिवर्तनका अभ्यास गलत रहेको भन्दै अभियन्ताहरू सडकमा उत्रिएका छन् । विशेषगरी विश्वका दक्षिणी राष्ट्रहरूमा जलवायु लचिलोपनको नाममा विश्व बैंकले जलवायु ऋण थोपरिरहेको भन्दै त्यसविरूद्ध अभियन्ताहरू सडकमा उत्रिएका हुन् ।

अमेरिकाको वासिङ्टन डिसीमा अप्रिल १७ देखि १९ सम्म ‘आइएमएफ-डब्लू बी’ वसन्त बैठक भइरहेको छ । यही बेला अभियन्ताहरूले विश्व बैंकको अगाडि युवा, नागरिक समाज, अभियन्ता, आदिवासी, जनजाति, अल्पसंख्यक, वास्तविक कृषि फार्म गरिरहेका सीमान्तकृत, भूमिहीन, महिला, साना किसान, श्रमिक तथा कानुनी अभियन्ताहरू शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन् ।

यसै क्रममा शुक्रबार अभियन्ताहरूले दरबारमार्गमा शान्तिपूर्ण प्रदर्शन गरे । अभियन्तासँग जोडिएका विभिन्न गैरसरकारी तथा निजी संघ-संस्थाहरूले विश्व बैंकको ऋणले नेपाली जनता पीडित रहेकाले बन्द गर्न माग राख्दै प्रदर्शन गरेका हुन् । अभियन्ताहरूका अनुसार ‘आइएमएफ-डब्लू बी’को वसन्त बैठकलाई केन्द्रित गरी नेपाललगायत फिलिपिन्स, पाकिस्तान, बंगलादेश, श्रीलंका, अमेरिकाको वासिङ्टनमा पनि यस्तैखाले दबाबमुलक प्रदर्शनहरू भइरहेका छन् ।

अहिलेको बढ्दो जलवायु संकटले नेपालको कृषि जीविकोपार्जन, वन र अर्थतन्त्रमा गम्भीर असर परिरहेको अभियानमा सहभागी भएका युवा प्रयास अधिकारीले बताए । ‘पछिल्ला केही वर्षहरूमा जलवायु परिवर्तनद्वारा निम्तिएका विपदका घटना बढिरहेका छन्, जसका कारण धेरै मानिस विस्थापित हुनुपरेको छ,’ अधिकारीले भने, ‘विकसित देशहरूले जलवायु वित्त र ग्रीन क्लाइमेट फन्ड अन्तर्गत के प्रतिबद्धता जनाएका छन् र के दिएका छन् भन्नेबीच ठूलो बेमेल रहेको छ ।’

उनका अनुसार विश्वका दक्षिणी राष्ट्रहरू तथा सिएसओएसले अनुदानको रुपमा समर्पित, अतरिक्त, समयसापेक्ष र अनुमानित जलवायु वित्तको लागि आह्वान गर्दै आएका छन् । यद्यपि, विश्वको उत्तरी राष्ट्रहरू र यसका बहुपक्षीय एजेन्सीहरूको संकटलाई सम्बोधन गर्ने नाममा जलवायु ऋणका लागि जोड दिइरहेका छन् । त्यसकारण ऋण अस्वीकार्य रहेको र दक्षिणी राष्ट्रहरूका सरकारको लागि जलवायु न्यायको सिद्धान्तको विरूद्ध रहेको उनको दाबी छ ।

‘हालका वर्षहरूमा विभिन्न बहुपक्षीय बैंक, संस्थाहरूले जलवायु संकटलाई सम्बोधन गर्न ऋणको लागि जोड दिइरहेका छन्, त्यसमा आवद्ध परियोजनाहरूले जनताभन्दा नाफालाई प्राथमिकता राख्छ,’ प्रदर्शनमा सहभागी भएका दिगो विकास इन्स्टिच्यूटका अभिषेक श्रेष्ठले भने, ‘यसले ऋण सिर्जना गर्ने संयन्त्रलाई बढावा दिन्छ, जसले नाली नागरिकलाई ऋणको बोझ थप्छ ।’

जलवायु अभियन्ता मलिका श्रेष्ठले ऋणको चक्रमा फसेका दक्षिणी राष्ट्रहरूको वर्तमान अवस्थाले जलवायु पहललाई वित्तपोषण गर्ने वर्तमान शैली त्रुटिपूर्ण र प्रभावहीन रहेको बताइन् । यस्तै, जलवायु अभियन्ता सुस्मिता बैदवारले विश्वव्यापी रुपमा परिचालित जलवायु वित्तको कूल ७० प्रतिशत ऋणको रुपमा रहेको बताइन् । 

यसले विकासोन्मुख देशहरूको विनाशर्त वा अनुदानमा आधारित वित्त पहुँच गर्ने अधिकारको हनन् गरिरहेको बताइन् । उनले यो जलवायु न्यायको सिद्धान्तविरूद्ध रहेको बताइन् । यस्तै, नेपाल ट्रेकिङ ट्राभल र्‍याफ्टिङ एयरलाइन्स श्रमिक संघका महासचिव रामबहादुर श्रेष्ठले नेपालमा जलवायुमैत्री कृषिजस्ता परियोजनाबाट झुठा समाधानहरूको प्रवर्द्धनले जलवायु परिवर्तनको असरलाई अनुकूलन र न्यूनीकरणको सट्टा जलवायु आपतकालको सामना गर्न नेपालजस्ता विकासोन्मुख देशको अवस्था बिग्रिँदै गएको बताए ।

राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठले जलवायु संकटको जोखिममा रहेको नेपालले खाद्य प्रणालीमा धेरै जलवायु प्रकोपको सामाना गरिरहेको बताए । उनले साना किसानहरूको सार्वभौभिकतामाथि प्रश्न उठिरहेकाले जलवायु ऋण बन्द गरिनुपर्ने बताए ।

अभियन्ता अधिकारीका अनुसार ‘आइएमएफ-डब्लू बी’ बैठकको स्पष्ट रुपमा विरोध गर्दै समस्या समाधान गर्ने नाममा जलवायु ऋढ थोपरिएकाले प्रदर्शनमा उत्रिनुपरेको बताए । उनले विश्व बैंकको वसन्त बैठकको अवसरमा जलवायुजन्य हानी तथा नोक्सानीका लागि क्षतिपूर्तिको माग गरिएको बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: