Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank

चीनले बनाएको बिमान ध्वनीको गतिभन्दा छिट्टो उडने, बेइजिङ-न्युयोर्क यात्रा दुई घण्टामा

खबरडबली संवाददाता

काठमाडौं। प्रविधिले विश्वको दुरीलाई निकै कम गरेको छ । 

यसै भनिएको होइन, निकट भविष्यमा आँखा झिम्काएर संसारको जुनसुकै कुनासम्म पुग्न सकिनेछ । अहिले पत्याउन नसकिने तर चिनियाँ कम्पनीले एउटा विमानको प्रोटोटाइपको सफल परीक्षण गरेको छ, जसमार्फत बेइजिङ बाट डेढ घण्टामा न्यूयोर्क पुग्न सकिन्छ ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार परीक्षणका क्रममा विमानले ६५,६०० फिटभन्दा बढी उचाइमा मच चार वा ३,०४५ माइल प्रतिघण्टा, ध्वनिको गतिभन्दा चार गुणाको गतिमा उडेको थियो। यो गति नासाको ‘सन अफ कन्कार्ड’ भन्दा तीन गुणा र रिटायर कन्कार्ड विमानभन्दा दुई गुणा बढी छ । यो विमानले प्रतिघण्टा तय गरेको दुरी ३ हजार ४५ माइल अर्थात ४९०० किलोमिटर छ ।

बेइजिङ देखि न्यूयोर्क को दूरी लगभग १० हजार ९८२ किलोमिटर छ। यसरी यो विमानबाट बेईजिङबाट करिब साढे दुई घण्टामा न्यूयोर्क पुग्न सकिन्छ। स्पेस ट्रान्सपोर्टेसनले विज्ञप्तिमा भनेको छ, ‘यस विमानको इन्जिन अन्तरिक्षयान जस्तो वातावरणमा उच्च गतिमा उडान गर्न सक्षम छ।’

कम्पनीले सन् २०२७ सम्ममा पहिलो उडानका लागि विमान तयार गर्ने लक्ष्य राखेको छ । पहिलो व्यावसायिक उडान सन् २०३० सम्म सुरु गर्न सकिनेछ ।

उक्त विमानको नाम ‘जिन्दाउ ४००’ राखिएको छ । चीनको आधिकारिक पत्रिका ग्लोबल टाइम्सको रिपोर्ट अनुसार गत मंगलबार यो विमानको उडान परीक्षण गरिएको थियो। विमानमा ‘रामजेट’ इन्जिन छ, जसले हावाबाट अक्सिजन लिन्छ र इन्धनको रूपमा प्रयोग गर्छ। 

जसका कारण विमानले इन्धन बोक्नुपर्ने अवस्था छैन । माच फोरको गतिमा यात्रा गर्दा अत्यधिक गर्मी सहन सक्ने गरी डिजाइन गरिएको यो विमान हल्का तौलको बलियो सामग्रीबाट बनाइने छ। सामान्य विमानहरू तेर्सो अवतरण गर्छन् तर परम्परागत विमानको विपरीत यो ठाडो रूपमा टेक अफ र अवतरण हुनेछ, जसले गर्दा यो साँघुरो ठाउँहरूमा पनि अवतरण गर्न सक्षम हुनेछ।

यसको मतलब यो हो कि यसले एयरपोर्टहरूमा परम्परागत रनवेहरू प्रयोग गर्नु पर्दैन, बरु सम्भावित रूपमा साना, शहरी एयरपोर्टहरूबाट सञ्चालन गर्न सकिनेछ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सदनमा बोल्न पनि आन्दोलन गर्नुपर्ने अवस्था आयो: हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले संसदमा बोल्नका लागि समेत आन्दोलन गर्नुपर्ने अवस्था आएको भन्दै असन्तुष्टि व्यक्त गरे...

बोल्ने समय नपाएको भन्दै श्रम संस्कृति पार्टीद्वारा संसद्को वेल घेराउ

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभामा बोल्ने समय नपाएको भन्दै संसद्को वेल घेराउ गरेका छन्। सभामुख डोलप्रसाद अर्यालले आफ्नो दललाई...

बोल्न नपाएको भन्दै श्रम संस्कृति पार्टीको आपत्ति

काठमाडौं । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले बोल्न नपाएको भन्दै सभामुखको कार्यशैलीप्रति प्रश्न उठाएका छन्। उनीहरूले आफ्नो दललाई बो...

प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म संसद् चल्न सक्दैन: एमाले

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभामा देखिएको अवरोधको मुख्य कारण प्रधानमन्त्रीको अभिव्यक्ति भएको बताएका छन्...

राष्ट्रियताका सवालमा नेपालीहरू अहिलेसम्म कहिल्यै विभाजित भएका थिएनन्: नेकपा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश हमालले नेपालको सीमा, राष्ट्रियता र सार्वभौमिकताजस्ता संवेदनशील विषयमा संसद विभाजित भएर छलफल गर्नुपर...

केयरगिभरको अंग्रेजी भाषा परीक्षा भोलिदेखि सञ्चालन हुने

काठमाडौं । विवादका कारण स्थगित गरिएको केयरगिभरको अंग्रेजी भाषा परीक्षा भोलि (बिहीबार)देखि पुन: सञ्चालन हुने भएको छ। परीक्षा सञ्चालन गर्ने संस्था सीआईए...

सांसद आङ्देम्बेको अभिव्यक्तिप्रति रास्वपाको आपत्ति, रेकर्डबाट हटाउन माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अभिव्यक्तिप्रति प्रतिनिधिसभामा आपत्ति जनाएको छ...

प्रधानमन्त्री संसदमा आउनुस् वा नआउनुस्, अब हामीलाई सरोकार भएन: कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्रीको उपस्थितिलाई लिएर अब आफूहरूको विशेष चासो नरहेको जनाएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मरा...

रवीलाई कांग्रेसको प्रश्न: दिल्लीमा हुँदा सीमाको ‘स’ र कालापानीको ‘क’ उच्चारण नगरी किन फर्किनुभयो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको भ...

प्रधानमन्त्रीको विवादित अभिव्यक्ति दशगजा अतिक्रमणसँग सम्बन्धित भएको परराष्ट्रमन्त्रीको स्पष्टीकरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिबारे संसदमा स्पष्टीकरण दिएका छन्। उनले प्रधानमन्त्रीको भनाइ न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending