Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

चीनले बनाएको बिमान ध्वनीको गतिभन्दा छिट्टो उडने, बेइजिङ-न्युयोर्क यात्रा दुई घण्टामा

खबरडबली संवाददाता

काठमाडौं। प्रविधिले विश्वको दुरीलाई निकै कम गरेको छ । 

यसै भनिएको होइन, निकट भविष्यमा आँखा झिम्काएर संसारको जुनसुकै कुनासम्म पुग्न सकिनेछ । अहिले पत्याउन नसकिने तर चिनियाँ कम्पनीले एउटा विमानको प्रोटोटाइपको सफल परीक्षण गरेको छ, जसमार्फत बेइजिङ बाट डेढ घण्टामा न्यूयोर्क पुग्न सकिन्छ ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार परीक्षणका क्रममा विमानले ६५,६०० फिटभन्दा बढी उचाइमा मच चार वा ३,०४५ माइल प्रतिघण्टा, ध्वनिको गतिभन्दा चार गुणाको गतिमा उडेको थियो। यो गति नासाको ‘सन अफ कन्कार्ड’ भन्दा तीन गुणा र रिटायर कन्कार्ड विमानभन्दा दुई गुणा बढी छ । यो विमानले प्रतिघण्टा तय गरेको दुरी ३ हजार ४५ माइल अर्थात ४९०० किलोमिटर छ ।

बेइजिङ देखि न्यूयोर्क को दूरी लगभग १० हजार ९८२ किलोमिटर छ। यसरी यो विमानबाट बेईजिङबाट करिब साढे दुई घण्टामा न्यूयोर्क पुग्न सकिन्छ। स्पेस ट्रान्सपोर्टेसनले विज्ञप्तिमा भनेको छ, ‘यस विमानको इन्जिन अन्तरिक्षयान जस्तो वातावरणमा उच्च गतिमा उडान गर्न सक्षम छ।’

कम्पनीले सन् २०२७ सम्ममा पहिलो उडानका लागि विमान तयार गर्ने लक्ष्य राखेको छ । पहिलो व्यावसायिक उडान सन् २०३० सम्म सुरु गर्न सकिनेछ ।

उक्त विमानको नाम ‘जिन्दाउ ४००’ राखिएको छ । चीनको आधिकारिक पत्रिका ग्लोबल टाइम्सको रिपोर्ट अनुसार गत मंगलबार यो विमानको उडान परीक्षण गरिएको थियो। विमानमा ‘रामजेट’ इन्जिन छ, जसले हावाबाट अक्सिजन लिन्छ र इन्धनको रूपमा प्रयोग गर्छ। 

जसका कारण विमानले इन्धन बोक्नुपर्ने अवस्था छैन । माच फोरको गतिमा यात्रा गर्दा अत्यधिक गर्मी सहन सक्ने गरी डिजाइन गरिएको यो विमान हल्का तौलको बलियो सामग्रीबाट बनाइने छ। सामान्य विमानहरू तेर्सो अवतरण गर्छन् तर परम्परागत विमानको विपरीत यो ठाडो रूपमा टेक अफ र अवतरण हुनेछ, जसले गर्दा यो साँघुरो ठाउँहरूमा पनि अवतरण गर्न सक्षम हुनेछ।

यसको मतलब यो हो कि यसले एयरपोर्टहरूमा परम्परागत रनवेहरू प्रयोग गर्नु पर्दैन, बरु सम्भावित रूपमा साना, शहरी एयरपोर्टहरूबाट सञ्चालन गर्न सकिनेछ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन र कुलमानबीच चुनावी सहकार्यबारे छुट्टै छलफल

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उज्यालो नेपालका संरक्षक तथा पूर्व मन्त्री कुलमान घिसिङसँग आगामी निर्वाचनमा सहकार्यबारे छुट्टै छलफल...

सिन्धुलीको तिनपाटनमा बोलेरो दुर्घटना, चालकसहित ६ जना घाइते

काभ्रेपलाञ्चोक। सिन्धुलीको तिनपाटन गाउँपालिका–६ गडाम्रेमा बोलेरो पिकअप गाडी दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। गडाम्रेबाट चकमकेतर्फ जाँद...

पार्टी निर्माणमा बालेनको दौडधुप: एकैदिन सम्भव सिरोहियादेखि ऋषि धमलासँग छुट्टाछुट्टै भेटघाट

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ राजनीतिक दलमार्फत अघि बढ्ने तयारीस्वरूप ३० जनाभन्दा बढी नेता, अभियन्ता, कलाकार तथा सञ्चारकर्म...

रवि लामिछाने र बालेन शाहबीच आज निर्णायक भेटवार्ता हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच आज भेटवार्ता हुने भएको छ। सोमबार...

पेटभित्र २९ वटा कोकिन लुकाएर तस्करी गर्ने थाइ महिला काठमाडौँमा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले पेटभित्र कोकिन लुकाएर तस्करी गर्ने एक थाइ नागरिकलाई पक्राउ गरेको छ। लाओसबाट बैंकक हुँदै काठमाड...

मुस्ताङ भन्सार कार्यालय : साँघुरा कोठाबाट अर्बको राजस्व जुट्छ

मुस्ताङ। लोमान्थाङ गाउँपालिका–२, छोसेरमा रहेका होटल बन्द गरी व्यवसायी जाडो छल्न बेंसी झरेपछि मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्कासहित कर्मचारील...

मार्तडी कोल्टी सडकमा दुर्घटनाको जोखिम बढ्दै

बाजुरा । बाजुराको सदरमुकाम मार्तडी–कोल्टीमा रहेको ४२ किलोमिटर सडक अझै कालोपत्रे हुन सकेको छैन । सो सडक कालोपत्रे नहुँदा धनगढी, अत्तरिया, महेन्द्रनगर, ...

रमेश लेखकलाई आयोगमा बयान दिन कांग्रेस नेताहरूको सुझाव

काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन पार्टीका नेताहरूले सुझाव दिएका छन्। बुधबार पार्ट...

पुरूषोत्तम यादवले दिए मानव अधिकार आयोगमा तीन घन्टा बयान

काठमाडौं । प्रतिनिधि पुरूषोत्तम यादवले राष्ट्रिय मानव अधिकार आयोगमा बुधबार करिब तीन घन्टा लिखित र मौखिक बयान दिएका छन्। यादवले बताए अनुसार, बयान ११ बज...

सुशीला कार्की सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न विप्लवको १० दिने अल्टिमेटम

काठमाडौँ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न १० दिने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending