Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

बागलुङकाे ढाेरपाटनमा अवैध औषधि बेच्ने दुई मेडिकल बन्द

खबरडबली संवाददाता

बागलुङ । बागलुङमा अवैध रुपमा औषधि बेच्ने दुई मेडिकल हल बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङ र औषधि विभाग काठमाडौंले आज अनुगमन गर्दा अवैध रुपमा औषधि बिक्री–वितरण गर्ने धौलाश्री मेडिकल हल र बुद्ध डेन्टल होम बन्द गरेको हो । 

अनुगमनका क्रममा औषधि व्यवस्था विभागमा दर्ता नभएका, जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने औषधि बेचबिखन गरेको पाइएपछि दुईवटा मेडिकल बन्द गरेको जिल्ला प्रशासन कार्यालय बागलुङका नायब सुब्बा रामप्रसाद उपाध्यायले बताए । 

सम्बन्धित व्यवसायीको अनुपस्थितिमा गैरव्यक्तिले अनाधिकृत रुपमा उपचार गरी औषधि बिक्री–वितरण गरेको, विभागमा दर्ता नभएका औषधि भण्डारण गरी बिक्री–वितरण गरेको, लागू मनोद्विपक औषधिको रेकर्ड नराखेको पाइएपछि औषधि जफत गरी तत्कालका लागि मेडिकल बन्द गरिएको उनको भनाइ छ । 

अनुगमनका क्रममा देखिएका कमजोरीका विषयमा तीन दिनभित्र औषधि व्यवस्था विभागमा सम्बन्धित व्यवसायीलाई कारणसहित उपस्थित हुन लिखित रुपमा अनुरोध गरिएको उपाध्यायले बताए । अनुगमनका क्रममा अस्पताल रोडको बुद्ध डेन्टल होम पनि बन्द गरिएको छ । 

डेन्टल होम सञ्चालनका लागि आवश्यक पर्ने कागजपत्र फेला नपरेको र सञ्चालकसमेत फेला नपरेकाले तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएर डेन्टल होम बन्द गरिएको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेभित्र अस्थिरता र अविश्वासको जड इश्वर पोखरेल: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार सम्पादकहरूसँग गरेको भेटवार्तामा पार्टीभित्रै बढ्दै गएको अस्थिरता, अविश्वास र द्वन्द्वको मूल ...

अफगानिस्थान अधिकारहिरुद्वारा शरणार्थीलाई सहयोग गर्ने सहायता संस्थाहरूसँगको सम्झौतामा हस्ताक्षर

काबुल । अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयका अधिकारीहरुले शरणार्थी र आन्तरिक रूपमा विस्थापित परिवारहरूलाई सहयोग गर्न नर्वेजियन अन्तर्र...

पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय

काठमाडाैँ । पकिस्ताको सैन्य अदालतले पाकिस्तानको शक्तिशाली “इन्टर–सर्भिस इन्टेलिजेन्स जासुसी” एजेन्सीका पूर्व प्रमुखलाई राज्यको गोप्यताको उल्लङ्घन र अख...

माेरङमा एउटै गाउँबाट दुई करोडको तरुल उत्पादन

मोरङ । माटोअनुसार बाली छनोट गर्न सके सिँचाइ सुविधा कम भएका खेतबाट पनि राम्रो आम्दानी लिन सकिन्छ भन्ने उदाहरण मोरङको सुन्दरहरैंचा नगरपालिका–७ र ८ का कि...

कांग्रेसद्वारा उदयपुरको दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस

उदयपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कांग्रेस उदयपुरले उम्मेदवार सिफारिस गरेको छ। कांग्रेस जिल्ला कार्यसमितिका सभापति ...

प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीले बुझायाे ज्ञापनपत्र

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष जय मातृभूमि पार्टीको एक प्रतिनिधिमण्डलले भेट गरी बिहीबार ज्ञापनपत्र बुझाएको छ । उक्त पार्टीले केवल चुना...

कोटेश्वर महादेवस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भट्टराई मृत फेला

काठमाडौं । कोटेश्वरको महादेवस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बैजहरि भट्टराई मृत फेला परेका छन् । ५२ वर्षीय भट्टराई शंखमूलस्थित बागमती नदीमा मृत...

खानेपानी संस्थान धनगढीले दुई करोड ३१ लाख बक्यौता उठाउन बाँकी

कैलाली । लामो समयदेखि धनगढीमा खानेपानी वितरण गर्दै आएको नेपाल खानेपानी संस्थानको विभिन्न व्यक्तिगत र सार्वजनिक संस्थाबाट उठाउन बाँकी बक्यौता रकम रु दु...

हिमालका हिउँ पग्लेपछि चमक हराउँदै

सोलुखुम्बु । दशकौँदेखि यहाँ हिमाल, चिसो बतास र आकाश छोएर उभिएजस्ता देखिने चम्किला चुच्चुराबाट यो जिल्ला परिचित रहँदै आएको थियो । यसबाट पर्यटक मोहित हु...

माेरङमा वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद

विराटनगर । मोरङ प्रहरीले रङ्गेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थाामा ठूलो परिमाणमा गएराति लागूऔषध गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending