ओखलढुङ्गा । कोसी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बु ले जिल्ला अस्पताल ओखलढुङ्गाका कर्मचारीहरूलाई सेवाग्राहीहरूलाई अन्य अस्पताल धाउन नपर्ने गरी काम गर्न निर्देशन दिनुभएको छ।
मन्त्री लिम्बुले यही चैत्र २१ गते जिल्ला अस्पताल रुम्जाटारको अनुगमन गर्दै अस्पतालका स्रोत साधन अनुसार प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभएको हो। उहाँले अस्पताल सुधारका लागि कर्मचारीहरूले गरेको प्रयासको प्रशंसा गर्दै, सेवाग्राहीको भरोसा जित्नेगरी थप मेहनत गर्न आग्रह गर्नुभयो।
अनुगमनका क्रममा मन्त्री लिम्बुले अस्पताल व्यवस्थापन र कर्मचारी समस्यासम्बन्धी जानकारी लिएका थिए। आगामी आर्थिक वर्षको बजेट विनियोजनमा यी गुनासोहरू सम्बोधन गर्ने प्रतिबद्धता पनि जनाउनुभयो।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति ओखलढुङ्गाका प्रमुख टेकराज भट्टराई ले शल्यक्रिया कक्ष सञ्चालनका लागि जनशक्तिको अभाव रहेकाले यथाशक्य व्यवस्थापन गर्न मन्त्रीसँग अनुरोध गर्नुभयो।
जिल्ला अस्पताल रुम्जाटारका निमित्त कार्यलय प्रमुख डा। अमृता श्रेष्ठ का अनुसार कर्मचारी व्यवस्थापनमा सामान्य डाक्टर, दन्त चिकित्सक, मेडिकल अधिकृत, एनेस्थेसिया असिस्टेन्ट लगायतको अभाव छ। साथै ल्याब सेवा विस्तारका लागि आवश्यक उपकरण, एम्बुलेन्स, जेनेरेटर र अटोक्लिभ खरिदका लागि अपुग रकमको व्यवस्थापन गरिदिन मन्त्रीसँग अनुरोध गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - २२:१३
माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने
श्रावण २९ गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...
श्रावण २९ गते, २०८३ - २१:३२
वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...
श्रावण २९ गते, २०८३ - २१:२६
चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...
श्रावण २९ गते, २०८३ - ०९:५४
विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...
श्रावण २९ गते, २०८३ - ०९:३६
बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...
श्रावण २९ गते, २०८३ - ०९:३०
बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...
श्रावण २९ गते, २०८३ - ०९:२६
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...
श्रावण २९ गते, २०८३ - ०९:२१
काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...
श्रावण २९ गते, २०८३ - ०९:१५
बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...



प्रतिकृया लेख्नुहोस्: