Ntc summer Offer
Khabar Dabali ११ जेष्ठ २०८२ शनिबार | 24th May, 2025 Sat
Investment bank

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

खबरडबली संवाददाता

तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्राप्त भएको छ ।  नेपाल सरकार स्वास्थ्य आपूर्ति व्यवस्थापन महाशाखाले अस्पताललाई डायलाइसिस सेवा सहज बनाउन मेसिन प्रदान गरेको हो । 

अस्पताललाई ‘विपन्न नागरिक उपचार सेवा’ कार्यक्रमअन्तर्गत सूचीकृत गर्न  पहल भइरहेको आँबुखैरेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा डिबी क्षेत्रीले जानकारी दिए ।  स्वास्थ्य सेवा विभाग नर्सिङ महाशाखाबाट सूचीकृत हुन बाँकी रहेकाले आंशिकरुपमा डायलाइसिस सेवा सञ्चालन गर्दै आएको उनले बताए । उक्त कार्यक्रममा अस्पताल सूचीकृत भएपछि डायलाइसिसका बिरामीले प्रतिउपचार ‘सेसन’मा रु दुई हजार पाँच सय तिर्नुपर्दैन”, उनले भने, “नेपाल सरकारबाट रकम उपलब्ध गराइने हुँदा बिरामीले सहजरुपमा सेवा पाउने छन् ।”

गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले उक्त अस्पताललाई डायलाइसिस सेवा सञ्चालनको स्वीकृति दिएको छ ।  अस्पतालमा रहेका तीन थान डायलाइसिस मेसिनसहित अब पाँच वटा भएकाले चौबिस जना बिरामीलाई उपचार दिन सकिने डा क्षेत्रीले बताए । 

“हाल चौबिस जना डायलाइसिसका बिरामीले उपचारका लागि निवेदन दिएर पालो पर्खिरहेका छन्”, उनले भने, “विपन्न नागरिक उपचार सेवा’मा अस्पताल सूचीकृत हुने बित्तिकै सेवा दिन सुरु गर्नेछौँ ।” अस्पतालले प्रत्येक सेसनमा प्रतिबिरामी रु दुई हजार पाँच सयका दरले खर्च गर्नसक्ने अवस्था नरहेकाले पूरा सेवा प्रदान गर्न नसकिएको उनको भनाइ छ । कोही बिरामी पैसा तिरेर डायलाइसिस गर्न आएको अवस्थामा अस्पतालले सेवा दिँदै आएको छ तर निःशुल्क गर्न सकिएको  छैन ।

डायलाइसिस बिरामीको सङ्ख्या बढ्दै गएको अवस्थामा अस्पतालले नर्सिङ कर्मचारी थप गरी नागरिकलाई सेवा दिन सकिने गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । अस्पतालमा डायलाइसिस सेवालाई निःशुल्क प्रदान गर्न गाउँपालिकाले सम्बन्धित निकायसँग आवश्यक पहलकदमी गर्दै आएको उहाँले बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बागमती नदीले डाइभर्सन बगाउँदा कान्ति लोकपथ अवरुद्ध

हेटौँडा । हेटौँडालाई काठमाडौँसँग जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ८, बगुवास्थित कान्तिलोकपथ सडक खण्डमा रहे...

आजको मौसमः तीन प्रदेशमा पानी पर्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको ...

आजको राशिफल: २०८२ जेठ १० गते शनिबार

आजको राशिफल बि.सं २०८२ जेठ १० गते शुक्रबार, ई.सं २०२५ मे २४, नेपाल सम्बत ११४५ बछलाग द्वादशी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल द्...

सामाजिक सञ्जाल र सञ्चारमाध्यममा न्यायाधीशहरुको मानमर्दन नगर्न सर्वोच्चको चेतावनी

काठमाडौं । सर्वोच्च अदालतले सामाजिक सञ्जालमा न्यायाधीशहरुका विरुद्ध अशोभनीय टिप्पणी नगर्न चेतावनी दिएको छ । आज रास्वपा सभापति रवि लामिछानेलाई थुनामै र...

२९४ जना प्रहरी वरिष्ठ हवलदार प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका २९४ जना प्रहरी वरिष्ठ हवलदारलाई प्रहरी सहायक निरीक्षक (असई) पदमा बढुवा सिफारिस गरिएको छ। शुक्रवार बसेको बढुवा समितिको बैठ...

रवि लामिछाने थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार, के छ आदेशमा ? (पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी  सभापति रवि लामिछाने थुनामुक्त नहुने भएका छन् । सर्वोच्च अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत ब...

आन्दोलनमा धरपकड हुन सक्ने भन्दै राजावादी समूहले गुहारे आयोग

काठमाडौं । राजसंस्थाको पुनर्स्थापनाका लागि जेठ १५ देखि सुरु हुन गइरहेको संयुक्त जनआन्दोलनमा सरकारले धरपकड गर्न सक्ने भन्दै राजावादी समूहले राष्ट्रिय म...

बेलैमा नचेते १० वर्षे जनयुद्ध जस्तै अर्को विद्रोह हुनसक्ने प्रचण्डको चेतावनी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकार बेठीक बाटोमा गइरहेको बताएका छन् । जागरण अभियानअन्तर्गत बा...

हुम्लामा हिमतालमा फुटेको स्थानमा पुग्यो प्रहरी, दियाे राहात (फाेटाेफिचर)

काठमाडौं ।  हुम्लाको नाम्खा गाउँपालिका–६ तिलागाँउमा नेपाल प्रहरीको उद्दार टोली पुगेको छ । गत जेठ १ गते  नजिकै रहेको सुखाङ लुग्वा खोलामा गाउँ देखी म...

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विद्युत सेवा वितरणमा लापरवाही र हेलचक्र्याइँ सह्य नहुने भन्दै सुरक्षा नीतिलाई सबैभन्दा उच्च ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending