Ntc summer Offer
Khabar Dabali ३० फाल्गुन २०८१ शुक्रबार | 14th March, 2025 Fri
Investment bank

अर्घाखाँचीको धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ ध्वस्त

खबरडबली संवाददाता

अर्घाखाँची । भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा भीषण आगलागीका भएको छ । आगो अहिले पनि नियन्त्रण बाहिर रहेको जनाइएको छ ।

भूमिकास्थान नगरपालिका धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्कलगायतका गाउँमा भएको भीषण आगलागीबाट झण्डै २०  घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी दीपेन्द्र रावलले बताए ।

भीषण आगोले गाउँ नै सखाप भएको बाजाखर्कका स्थानीय हरिप्रसाद भुसालले बताए । प्रहरी, दमकल, स्थानीयले आगो निभाउने प्रयास गरिरहे पनि नियन्त्रण बाहिर रहेको प्रहरी निरीक्षक रावलको भनाइ छ । जिल्ला प्रहरी कार्यालयबाट गएको टोली र स्थानीयको टोलीले नियन्त्रणको प्रयास गरिरहेको छ । 

मानवीय क्षति नभए पनि पशुचौपाया मरेको, घरगोठ जलेको स्थानीय टेकराज भुसालले बताउनुभयो । क्षतिको यकिन विवरण आउन नसकेको प्रहरीको भनाइ छ । पाणिनी गाउँपालिका–३ खुलैलेमा तीन घरगोठ जलेर नष्ट भएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा सशस्त्रका सई पक्राउ

महोत्तरी । महोत्तरीकाे  लोहारपट्टी नगरपालिका–४ खुट्टापिपराढीस्थित रेल्वे ट्रयाक सुरक्षा पोस्टमा कार्यरत् सशस्त्र प्रहरीका नायब निरीक्षक (सई) धर्मेन्द्...

विभिन्न स्थानमा करेन्ट लागेर तीन जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ।   दाङ, घोराही उपमहानगरपालिका-६ घर भई सोही उपमहानगरपालिका-१३ डुम्मरगाउँ डेरा ...

जीपको ठक्करबाट वृद्धको मृत्यु

नेपालगन्ज । पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जीपले पैदल यात्रीलाई बाँकेको कोहलपुरमा ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । जीप...

सिन्धुलीमा शिक्षक भलिबल प्रतियोगिता सुरु

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कमलामाई नगर समितिको आयोजनामा नगरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त प्...

एम्बुलेन्सको ठक्करबाट १जनाको मृत्यु, २ घाइते

सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका–४ स्थित नवलपुर मलंगवा सडक खण्डमा गम्हरिया तर्फबाट मलंगवा तर्फ आउँदै गरेको नम्वर नखुलेको एम्बुलेन्सले तीन जना पैदल...

अमेरिकामा सौतेनी आमामाथि छोरालाई २० वर्षसम्म बन्धक बनाएको आरोप

काठमाडौं । अमेरिकाको कनेक्टिकटमा एक जना मानिसलाई उनकी सौतेनी आमाले २० वर्षसम्म सानो कोठामा थुनेर राखेको बताइएको छ। अधिकारीहरूका अनुसार बन्धक बनाइएका व...

झापा र मोरङबाट प्रतिबन्धित लागुऔषध सहित ७ जना पक्राउ

काठमाडौं ।  झापा र मोरङबाट प्रतिबन्धित लागुऔषधसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमक नगरपालिका१ स्थितमा कोठा भाडामा बस्दै आएका २६ बर्षी...

व्यावहारिक शिक्षा दिँदै विद्यालय, विद्यार्थीका हातमा पञ्चेबाजा

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित तालवेसी माध्यमिक विद्यालयले व्यावहारिक शिक्षासँगै प्रयोगात्मक सीप सिकाउन थालेपछि यहाँका विद्यार्थी आत्म...

गुडिरहेको गाडीबाट हामफाल्दा एक जनाको मृत्यु

सुर्खेत  । सुर्खेतको वीरेन्द्रनगरमा गुडिरहेको फोर्स गाडीबाट हामफाल्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर–१२ नेवारे का ३७ वर्षीय लक्ष्म...

वीरगञ्जका ५० प्रतिशत मासु पसल अनुमतिबिना सञ्चालन

वीरगञ्ज  । वीरगञ्ज महानगरमा सञ्चालन भएकामध्ये ५० प्रतिशतभन्दा बढी मासु पसल अनुमतिबिना सञ्चालित छन् । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गरिएको  अनुगम...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy