काठमाडौं । नेकपा एमालेको जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आज पेस भएका प्रतिवेदनउपर समूहगत छलफल हुने भएको छ । प्रतिवेदनलाई आजै पारित गरेर बैठक समापन गरिने कार्यसूची छ ।
परिषद्को प्रथम बैठकमा हिजो अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक र महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदनले पार्टी जीवनको लोकतान्त्रिकरणका साथै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरी समाजवादमा पुग्न आगामी निर्वाचनमार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने सवाललाई केन्द्रमा राखिएको छ ।
परिषद् बैठकमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराका प्रतिवेदनमाथि छलफल हुनेछन् ।
परिषद् बैठकमा दुई हजार चार सय ५४ प्रतिनिधि सहभागी छन् । पछिल्लो समयमा समीकरणमा हेरफेर भई सत्तापक्ष बनेको एमालेको परिषद् बैठकमा हुने छलफल र पारित हुने दस्ताबेज तथा घोषणाहरूलाई महत्वका साथ हेरिएको छ ।
हिजोको बैठकमा आफूलाई शुद्धीकरण र सुदृढीकरण गर्दै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा रूपान्तरणका लागि चाल्नुपर्ने कदमबारे राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्का सदस्यसँग सुझाव मागेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८१ - ०९:३२
वीरगञ्ज । यहाँको बहुदरमाई नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले छ महिनादेखि तलब भत्ता नपाएपछि विद्यालयको साँचो प्रमुख जिल्ला अधिकारील...
माघ ७ गते, २०८१ - ०९:२६
वीरगञ्ज । मधेश प्रदेशमा आर्थिक वर्ष २०८०/८१ मा ४५ हजार पाँच सय ७१ मेट्रिक टन माछा उत्पादन भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्...
माघ ७ गते, २०८१ - ०९:२०
चरिकोट । दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष कृष्णप्रसाद फुयाँल उमेरले ५८ वर्षको भए। उनी हरेक दिन घोडा चढेर कार्यालय जाउआउ गर्छन्। ...
माघ ७ गते, २०८१ - ०९:१०
काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ खानु केही घण्टाअघि सोमबार वासिङ्टन डीसीमा र्याली आयोजना गरी सम्बोधन गरेका छन्। अम...
माघ ७ गते, २०८१ - ०९:०१
काठमाडौँ । कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अ...
माघ ७ गते, २०८१ - ०८:५५
इलाम । सूर्योदय नगरपालिका–१० फिक्कलका प्रमोद सापकोटाले नजिकैको शान्तिगोलाईमा इँटा उद्योग सुरु गरेको ६ वर्ष भयो । उनले २२ वर्षका उमेरमा ‘डिप्लोमा इन इल...
माघ ७ गते, २०८१ - ०८:०९
काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा सोमबार नेपालले दोस्रो प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको नेपाल आज दो...
माघ ७ गते, २०८१ - ०८:०४
काठमाडौं । सरकारी ढुकुटी र दाताको अनुदानबाट बनाइएका ‘विशिष्ट सार्वजनिक संरचना’ निजी क्षेत्रलाई भाडामा दिन सरकारले प्रक्रिया अगाडि बढाएको छ । सरकारले ...
माघ ७ गते, २०८१ - ०७:५५
काठमाडौं । पार्टी अध्यक्ष केपी ओलीविरुद्ध बोलेको भन्दै एमालेले अनुशासनको डण्डा चलाउन थालेको छ । पार्टीको संस्थागत निर्णयविरुद्ध क्रियाकलाप गरेको आरोपम...
माघ ७ गते, २०८१ - ०७:११
चितवन । चितवनको इच्छाकामना गाउँपालिका– ५ मा रहेको एतिहासिक धार्मिकस्थल इच्छाकामनाको मन्दिरमा धार्मिक पर्यटकको आवागमन बढेका छन् ।गोरखाको सहिद लखन गाउँप...
प्रतिकृया लेख्नुहोस्: