Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएकाे छ । देशभर भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा उनीहरूकाे मृत्यु भएकाे हाे ।

भक्तपुरकाे चाँगुनारायण नगरपालिका-७ खरिपाटी भद्रकालीस्थित सडकमा बा.प्र.०२-०२५ प १४०१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार ओखलढुङगाकाे मानेभन्ज्याङ गाउँपालिका घर भई हाल भक्तपुर खरिपाटी बस्ने ४० वर्षीय रामराज राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कञ्चनपुरकाे बेलौरी नगरपालिका-५ मैनाहस्थित सडकमा कलुवापुरबाट बेलौरीतर्फ जाँदै गरेको से.२ त २२५४ नम्बरको  ट्याक्टर आफै अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक लालझाडी गाउँपालिका-६ चान्देउ बस्ने ३५ वर्षीय सुरेश चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

यसैगरी मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-१० बसपार्क पिपलबोटस्थित सडकमा बा.प्र.०३-००५ प ३५११ नम्बरको स्कुटरलाई प्र.२-०३-००१ ख ६८५४ नम्बरको टिपरले शनिबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङ बस्ने ५५ वर्षीय भिम बहादुर बिडारीको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा थप उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी झापाकाे बिर्तामोड नगरपालिका-५ मुक्तिचोकमा चारपानेबाट काकडभिट्टातर्फ जाँदै गरेको प्र.१-०१-००२ च १९० नम्बरको कारको ठक्करबाट मेचिनगर नगरपालिका-१२ बस्ने ११ वर्षीय सन्तोष रोकाको शनिबार राति मृत्यु भएको छ । 

ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँकेकाे कोहलपुर नगरपालिका-८ पिपिरीस्थित सडकमा नेपालगंजबाट कोहलपुरतर्फ जाँदै सु.प.प्र.०२००१ख१२९१ नम्बरको हाईसको ठक्करबाट पैदलयात्री कोहलपुर नगरपालिका-८ पिपिरी बस्ने २८ वर्षीया लालसरी बुढाको शनिबार साँझ मृत्यु भएको छ । 

ठक्करबाट गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाईस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी पश्चिमकाे प्रतापपुर गाउँपालिका-७ बन्दास्थित सडकमा सूर्यपुरादेखि गुठीप्रसौनतर्फ जाँदै गरेको युपि ५६ एई  ३१३५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सरावल गाउँपालिका-७ भुजहवा बस्ने ३१ वर्षीय उमेश सहनीको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता हुँदै जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।

सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँ, गोरखा र नवलपुरमा आज दिनभर विद्युत् अवरुद्ध हुने

काठमाडौं । तनहुँ, गोरखा र नवलपुरका विभिन्न स्थानीय तहमा आज विद्युत अवरुद्ध हुने भएको छ । तनहुँको भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, शुक्लाण्डकी न...

दसैँको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

काठमाडौं । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ। शुक्रबार नेपाल पञ्चांग निर्णायक विकास समितिले सूचना जारी ग...

आजको मौसम पूर्वानुमानः एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रह...

लेबनानमा त्रासः फ्लाइटमा पेजर र वाकीटकी लैजान कतार एयरवेजले लगायो प्रतिबन्ध

काठमाडौ । कतार एयरवेजले लेबनान जाने उडानमा यात्रुहरुलाई पेजर र वाकीटकी बोक्न प्रतिबन्ध लगाएको छ। लेबनानका तीन क्षेत्रमा वाकीटकी, ह्यान्डहेल्ड रेडियो र...

तनहुँमा पनि स्ट्रबेरीखेती

तनहुँ ।  तनहुँको ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ। गाउँपालिका–७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाल...

फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड

काठमाडौं । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड गरिएको छ । काठमाडौंको स्टुडियो डाइनामिकमा रेकर्ड ग...

ट्रंकलाइन बक्यौता तिर्न कात्तिक ८ को अल्टिमेटम

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन बक्यौतो रकम तिर्न डेढ महिनाको अल्टिमेटमसहित उद्योगीलाई पुनः पत्र पठाएको छ । प्राधिकरणका ...

मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु

रौतहट । रौतहटको कटहरियामा गएराती भएको मोटरसाइकल दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ । कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्ह...

लगातार घटेको सुनको मूल्य शुक्रबार बढ्यो

काठमाडौं। नेपाली बजारमा लगातार घटेको सुनको मूल्य शुक्रबार बढेको छ । शुक्रबार सुन तोलामा १५ सयले बढेको हो । बढेको मुल्य अनुसार आज सुन प्रतितोला १ ला...

बागलुङका स्वास्थ्य संस्थामा डेंगी परीक्षण किट अभाव

बागलुङ ।  धौलागिरि अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy