ललितपुर । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको सङ्कल्पलाई साकार तुल्याउने अभियानमा साथ दिन सबैसँग अनुरोध गरेका छन् ।
एमालेद्वारा आज यहाँ आयोजित नेपाल कम्युनिष्ट पार्टी स्थापनाको हीरक महोत्सव समारोहमा उनले नेपाल र नेपालीको पक्षमा ल्याइएको सङ्कल्पलाई परिणाममुखी बनाउन मुलुकका जिम्मेवारी सबै पक्षको साथ–सहयोग आवश्यक हुने बताए ।
देशका पूर्वप्रधानमन्त्री एवं प्रमुख राजनीतिक पार्टीका नेताहरूको सहभागिता रहेको हीरक महोत्सव समारोहमा अध्यक्ष ओलीले राष्ट्रिय एकता, लोकतन्त्र, समुन्नत नेपालको पक्षमा सिङ्गो देश एक हुनुपर्नेमा धारणा व्यक्त गरे । उनले मुलुकमा लोकतन्त्र ल्याउन एमालेको नेतृत्वदायी भूमिका रहेको स्मरण गर्दै जेलनेलसहित ठूलो त्याग र सङ्घर्षबाट प्राप्त लोकतन्त्रलाई अझ सुदृढ, संस्थागत र जनमुखी बनाउन एमाले प्रतिबद्ध छ भने ।
उनले नेपालमा राणा शासनको अन्त्य, पञ्चायती व्यवस्थाको अन्त्यसहित बहुदलीय प्रजातन्त्रको स्थापना र राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापनाका क्रममा भएका आन्दोलनमा नेकपा (एमाले) को भूमिका महत्वपूर्ण रहेको बताए ।
आफ्नो स्थापना कालदेखि सदैव नेपाल र नेपाली जनताको पक्षमा निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टीको ७५ वर्षको इतिहास गौरव गर्न लायक रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले अबको कम्युनिष्ट आन्दोलन समृद्ध नेपालसहित सुखी नेपालीको सङ्कल्पसहित समाजवादको दिशामा अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
देशका प्रमुख वामपन्थी शक्तिबीचको एकता र धुव्रीकरण देश र जनताका पक्षमा हुनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले हतार नगरी यसअघिको अनुभवलाई दृष्टिगत गरी सहकार्य र विश्वासका आधारमा कम्युनिष्ट घटकबीच एकता हुँदा राम्रो हुने बताए ।
अध्यक्ष ओलीले राष्ट्रियता, भौगोलिक अखण्डता, स्वाधिनता, विकास निर्माण, सुशासन, भूमिहीन सुकुम्वासी समास्या समाधान, भ्रष्टाचार अन्त्यसहित समुन्नत नेपालका पक्षमा नयाँ राजनीतिक समीकरणको सरकार गठन भएको स्प्ष्ट गरे ।
हीरक समारोहमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र बाबुराम भट्टराई तथा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवलगायतका नेतागणको उपस्थिति थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...




प्रतिकृया लेख्नुहोस्: