काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको चाहना अनुरुप शान्ति र समृद्धिको लक्ष्य हासिल गर्न कम्युनिष्ट पार्टीहरु एकताबद्ध हुनुपर्ने बताएका छन् ।
कम्युनिष्ट पार्टी स्थापनाको ७५औँ वर्षका अवसरमा अध्यक्ष नेपालले आज शुभकामना सन्देश जारी गर्दै विगतको सबै कमजोरीको आत्मसमीक्षा गरी सही विचार र कार्यदिशा भएको कम्युनिष्ट आचरणको विधि र पद्धतिमा आधारित बलियो कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्ने बताएका हुन् ।
कम्युनिष्ट आन्दोलन टुट फुट हुँदा जनतामा निराशा र आक्रोस बढेको बताउँदै उनले भने, “टुट फुट विभाजन र एकताका अनेकौँ श्रृङ्खला पार गरेको नेपाली कम्युनिष्ट आन्दोलनले पछिल्लो समयमा प्राप्त व्यापक जनसमर्थन र साथलाई जनचाहना अनुरुप उपयोग गर्न नसक्दा जनतामा निराशा र आक्रोश बढिरहेको कुरालाई आजको दिनमा सम्बन्धित सबैले स्वीकार गर्नुपर्दछ । मुलुक र जनताका एजेण्डालाई केन्द्र विन्दुमा राखेर विगतका गल्ती नदोहो-याउने विश्वासिलो आधारसहितको सहकार्यले मात्र कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ अघि बढाउन सक्दछ ।”
नेपालको कम्युनिष्ट आन्दोलनले स्थापना कालदेखि नै अङ्गिकार गरेका मुलुकको राष्ट्रियता, जनताको जनजीविका, स्वतन्त्रता, लोकतन्त्र जस्ता विषयमा अहिले पनि विविधखाले चुनौती रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले यस्तो अवस्थामा कम्युनिष्ट पार्टीको दायित्व र जिम्मेवारी थपिएको प्रष्ट पारे ।
नेपाल कम्युनिष्ट पार्टीको ७५औँ स्थापना दिवसका अवसरमा संस्थापक महासचिव पुष्पलाललगायत सम्पूर्ण संस्थापकहरुको स्मरण गर्दै उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई आजको अवस्थासम्म ल्याइ पुर्याउन जीवन उत्सर्ग गर्ने सहिदप्रति उच्च सम्मानका साथ श्रद्धाञ्जली व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: