Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

जीर्ण प्रहरी भवन निर्माण सरकारको प्राथमिकतामा - गृहमन्त्री गुरुङ

खबरडबली संवाददाता

रानी। गृहमन्त्री सुधन गुरुङले देशभरका प्रहरी कार्यालयका जीर्ण भवन तथा कमजोर भौतिक पूर्वाधारको सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताएको छन् ।

नेपाल–भारत सीमा क्षेत्रको निरीक्षणका लागि शनिबार विराटनगर आइपुगेका गृहमन्त्री गुरुङले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बजेट अभावका कारण निर्माण कार्य अपेक्षित गतिमा अघि बढ्न नसके पनि आवश्यक स्रोत व्यवस्थापन गरी प्रहरी भवन निर्माणलाई तीव्रता दिइने बताए।

उनले प्रहरी संगठनको भौतिक पूर्वाधार सुदृढीकरण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै जीर्ण भवनको समस्या समाधानका लागि योजनाबद्ध रूपमा काम अघि बढाइएको जानकारी दिए।

गृहमन्त्री गुरुङले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन स्थलगत निरीक्षण आवश्यक रहेकाले कोशी प्रदेशका सीमावर्ती क्षेत्रको अनुगमनमा आएको बताए। उनले सीमा क्षेत्रको सुरक्षा अवस्था, प्रहरी परिचालन, भौतिक पूर्वाधार तथा आवश्यक सुधारका विषयमा सम्बन्धित निकायसँग छलफल गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

उनका अनुसार सीमा क्षेत्रमा देखिएका समस्या समाधान, सुरक्षा संयन्त्रलाई थप प्रभावकारी बनाउने तथा प्रहरीलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउने विषयमा गृह मन्त्रालय गम्भीरतापूर्वक लागिपरेको छ ।

गृहमन्त्री सुधन गुरुङले देशभरका प्रहरी कार्यालयका जीर्ण भवन तथा कमजोर भौतिक पूर्वाधारको सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताएको छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ। महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्नरगराउनका लागि ...

सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार

काठमाडौँ । सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने दिशामा वर्तमान सरकारले प्रस्थान विन्दु तयार गरेको छ । प्रधानमन्त्री...

जीर्ण प्रहरी भवन निर्माण सरकारको प्राथमिकतामा - गृहमन्त्री गुरुङ

रानी। गृहमन्त्री सुधन गुरुङले देशभरका प्रहरी कार्यालयका जीर्ण भवन तथा कमजोर भौतिक पूर्वाधारको सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताएको छन् । नेप...

संविधान र संघीयतामाथिको हमला स्वीकार्य हुँदैन - महामन्त्री पौडेल

लहान। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारबाट संविधान र संघीयतामाथि हुने कुनै पनि हमला स्वीकार्य नहुने बताएको छन् । नेपाली कां...

केराखेतीबाट वार्षिक पाँच लाख आम्दानी

प्युठान । अर्घाखाँचीको दुर्वाङबाट २०७५ सालमा ३० वटा केराका बिरुवा ल्याएर सुरु गरिएको खेती अहिले १३ रोपनी क्षेत्रफलमा फैलिएको छ । प्युठानको ऐरावती गाउँ...

मधेशमा १४.७३ प्रतिशत धान रोपाइँ सम्पन्न

ढल्केबर। मधेश प्रदेशमा असारको तेस्रो सातासम्म कुल धान खेतीयोग्य जमिनमध्ये १४.७३ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । कृषि विकास निर्देशनालय मधेश ...

सरकारप्रति बढ्दो जनविश्वास - जनअपेक्षा अनुरूप काम हुन थालेको आभास

विराटनगर। प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको सय दिन पुग्दै गर्दा कोशी प्रदेशका नागरिक तथा पेसाकर्मी सङ्घीय सरकारको नीति र काम गर्ने श...

दुई दिने बिदामा मानसरोवर–कैलाश दर्शन गर्न जाने पर्यटक बढे

हुम्ला। सरकारले दिएको दुई दिने सार्वजनिक बिदाका कारण हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको क्षेत्र लाप्चाबाट मानसरोवर–कैलाशको दर्शन गर्न जाने...

एन्फा पदाधिकारीको विदेश यात्रा नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघका पदाधिकारी तथा सदस्यहरूको विदेश यात्रामा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय गणे...

सुशासन र नागरिक सेवामा सरकारको सुरुआत सफल : रवि लामिछाने

बुद्धिजीवीबाट आएका सुझावलाई ग्रहण गर्दै आगामी दिनमा अझ परिपक्व ढंगले अघि बढ्ने प्रतिबद्धता

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending