Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

सन् २०२३ मा जलवायु र मौसमी प्रकोपबाट एसिया सबैभन्दा बढी प्रभावित

खबरडबली संवाददाता

एजेन्सी । सन् २०२३ मा जलवायु र मौसमी खतराबाट एसिया विश्वको सबैभन्दा धेरै प्रकोप प्रभावित क्षेत्र भएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार बताएको छ । एसियामा बाढी र आँधी मानवीय र आर्थिक क्षतिको प्रमुख कारण भएको बताइएको छ । 

गत वर्ष विश्वव्यापी तापक्रम कीर्तिमानी उचाइमा पुगेको छ । राष्ट्रसङ्घको मौसम तथा जलवायु एजेन्सीले एसियामा विशेषरूपमा तीव्र गतिमा तापक्रम बढिरहेको बताएको छ । विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्युएमओ) ले एसियामा गर्मीको लहरको प्रभाव अझ गम्भीर हुँदै र पग्लिँदै गरेको हिमनदीबाट एसियाको भविष्यको जल सुरक्षामा खतरा उत्पन्न भएको बताएको छ । 

गत वर्षको तापक्रम सन् १९६१ देखि सन् १९९० को औसतभन्दा करिब दुई प्रतिशतले बढी रहेको भन्दै डब्ल्युएमओले एसियामा विश्वव्यापी औसतको तुलनामा तीव्ररूपमा तापक्रम बढिरहेको बताएको छ । 

“प्रतिवेदनको निष्कर्ष गम्भीर छ, यस क्षेत्रका धेरै मुलुकले सन् २०२३ मा आफ्नो सबैभन्दा तातो वर्षको अनुभव गरेका छन् भने खडेरी र गर्मीको लहरदेखि लिएर बाढी र आँधीसम्मको चरम स्थितिको सामना गरेका छन्”, डब्ल्युएमओका प्रमुख सेलेस्टे साउलोले एक विज्ञप्तिमा भने, “जलवायु परिवर्तनले यस्ता घटनाहरूको आवृत्ति र गम्भीरतालाई बढाएको छ, यसको समाज, अर्थतन्त्र र सबैभन्दा महत्त्वपूर्णरूपमा मानव जीवन र हामी बस्ने  वातावरणमाथि गहिरो प्रभाव पारेको छ ।”

एसियामा जलवायुको अवस्था २०२३ को प्रतिवेदनमा यस क्षेत्रको समाज, अर्थतन्त्र र पारिस्थितिकीय प्रणालीका लागि गम्भीर प्रभाव पार्ने सतहको तापक्रम, पग्लिँदै गरेको हिमनदी र समुद्रको स्तरमा वृद्धि जस्ता प्रमुख जलवायु परिवर्तनका सूचकहरूको तीव्र गतिमाथि प्रकाश पारिएको छ । 

“सन् २०२३ मा एसिया मौसम, जलवायु र पानीसम्बन्धी खतराबाट विश्वको सबैभन्दा बढी प्रकोप प्रभावित क्षेत्र बनेको छ”, डब्ल्युएमओले भनेको छ । सन् २०२३ मा एसियामा सतह निकट वार्षिक औसत तापक्रम रेकर्डमा दोस्रो सबैभन्दा धेरै थियो । यो सन् १९९१–२०२० को औसतभन्दा शून्य दशमलव ९१ डिग्री सेल्सियसले र सन् १९६१–१९९० को औसतभन्दा एक दशमलव ८७ डिग्री सेल्सियसले अधिक थियो । 

पश्चिमी साइबेरियादेखि मध्य एसिया र पूर्वी चीनदेखि जापानसम्म विशेषरूपमा उच्च औसत तापक्रम रेकर्ड गरिएको र जापानमा अहिलेसम्मकै सबैभन्दा गर्मी रेकर्ड गरिएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै हिमालय तथा पाकिस्तान र अफगानिस्तानको हिन्दू कुश पर्वत शृङ्खलामा वर्षा सामान्यभन्दा कम भएको थियो । 

यसैबीच गत वर्ष दक्षिण पश्चिम चीनले खडेरीको सामना गर्नुपर्यो । वर्षको करिब प्रत्येक महिनामा यहाँ वर्षाको स्तर सामान्यभन्दा कम रह्यो । तिब्बती पठारमा केन्द्रित हाई–माउन्टेन एसिया क्षेत्र अर्थात ध्रुवीय क्षेत्रबाहिर बरफको सबैभन्दा ठूलो मात्रा विद्यमान छ । 

पछिल्लो धेरै दशकमा यीमध्ये अधिकांशमा हिमनदीहरू पछि हट्दै गएको र यसको गति पनि तीव्र भइरहेको छ भन्दै डब्ल्युएमओले यस क्षेत्रका निरीक्षण गरिएका २२ वटा हिमनदीमध्ये २० वटामा गत वर्ष लगातार सामूहिकरूपमा क्षति भइरहेको जनाएको छ । 

सन् २०२३ मा उत्तरपश्चिम प्रशान्त महासागरमा समुद्रको सतहको तापक्रम रेकर्डमा सबैभन्दा धेरै रहेको प्रतिवेदनमा बताइएको छ । गत वर्ष एसियामा पानीसम्बन्धी मौसमी जोखिमसँग सम्बन्धित ७९ प्रकोप रेकर्ड गरिएका छन् । तीमध्ये ८० प्रतिशतभन्दा धेरै बाढी र आँधी थिए । यसबाट दुई हजारभन्दा धेरैको मृत्यु र ९० लाख मानिस प्रत्यक्षरूपमा प्रभावित भएका छन् । 

प्राकृतिक प्रकोपका घटनाहरूमा एसियाको संवेदनशीलतालाई लगातार उच्च जोखिममा राख्दै डब्ल्युएमओले भनेको छ, “सन् २०२३ मा रिपोर्ट गरिएका घटनाहरूमा मृत्युको प्रमुख कारण बाढी थियो ।” हङकङमा सेप्टेम्बर ७ मा एक घन्टामा एक सय ५८ दशमलव एक मिलिमिटर वर्षा रेकर्ड गरियो । आँधीको परिणामस्वरूप सन् १८८४ मा रेकर्डहरू राख्न सुरु भएयता यो सबैभन्दा उच्च थियो । 

डब्ल्युएमओले विपद् जोखिम न्यूनीकरणमा काम गरिरहेका अधिकारीहरूलाई अनुकूल जानकारी सुधार गर्नका लागि यस क्षेत्रभर राष्ट्रिय मौसम सेवाहरूको तत्काल आवश्यकता रहेको बताएको छ । “हाम्रो कार्य र रणनीतिहरूले यो समयको जरुरीतालाई प्रतिबिम्बित गर्न आवश्यक छ”, डब्ल्युएमओका प्रमुख साउलोले भने, “हरित गृह ग्यास उत्सर्जन घटाउनु र विकसित जलवायुमा अनुकूलन गर्नुको विकल्प नभए पनि आधारभूत आवश्यकता हो ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरूले प्रभावकारी काम गर्न सक्दैनन्’

काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...

रिपुम गुम्बामा आगालागी

काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...

नव गठित मधेश प्रदेश सरकारको पाँच निर्णय

जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...

एनपिएलकाे दाेस्राे संस्करणमा कर्णाली याक्सको सुखद अन्त्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।  आइतबार कीर्तिपुरस्थित त...

चीनमा सडक दुर्घटनाः ९ जनाको मृत्यु

उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...

चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...

अमेरिकी दबाबबीच भेनेजुएलाद्वारा ५,६०० सैनिक थप परिचालन

काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...

गलत बाटाेमा कांग्रेस: संसद् पुनर्स्थापनाको रिट बोकेर सर्वोच्चमा

काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ ।  पार्ट...

इरानमा आर्थिक अपराधमा मृत्युदण्ड, विश्वभर आलोचना

तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...

स्रोत नखुलेको १२ लाख २९ हजार रुपैयाँसहित एक भारतीय पक्राउ

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending