Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित

खबरडबली संवाददाता

एजेन्सी । उत्तरी इथियोपियाको एउटा विवादित क्षेत्रमा भएको झडपका कारण ५० हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय समुमदायले प्रतिद्वन्द्वी क्षेत्रहरूमा लडाकूहरू संलग्न हिंसाप्रति चिन्ता व्यक्त गरेका छन् । 

“अप्रिल १३/१४ पछि टाइग्रे र छिमेकी अमहाराले दाबी गरेको अलामाता टाउन र राया अलामाता, जाटा र ओफलामा सशस्त्र झडपहरूबाट विस्तापित मानिसको सङ्ख्या ५० हजारभन्दा बढी भएको छ”, स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रसङ्घले भनेको छ, “मानवीय अवस्था गम्भीर छ, हजारौँ महिला र बालबालिकालाई बाँच्नका लागि व्यापक मानवीय सहायताको आवश्यकता छ ।”

इथियोपियाको सरकार र क्षेत्रीय टाइग्रेयन अधिकारीहरूबीच दुई वर्षको युद्धमा अमहारा बलले दक्षिणी टाइग्रेमा राया अलमाता कब्जा गरेका छन् । प्रधानमन्त्री अबी अहमदी सरकार र टाइग्रेयन अधिकारीहरू बिचको शान्ति सम्झौताअन्तर्गत सङ्घर्षका क्रममा सङ्घीय सेनालाई समर्थन गरेको अमहारा सेनाले सन् २०२२ नोभेम्बरमा प्रिटोरियामा सम्झौतामा हस्ताक्षरपछि राया अलमाताबाट फिर्ता हुनुपर्ने थियो । 

संघीय सरकार र टिग्रेयन अधिकारीहरूले उत्तरी इथियोपियामा मिडियाको पहुँचमा कडा प्रतिबन्ध लगाइएको हुनाले स्वतन्त्र  अवस्थालाई प्रमाणित गर्न असम्भव छ । संयुक्त राज्य अमेरिका, जापान, बेलायत र फ्रान्सलगायत धेरै राष्ट्रका दूतावासहरूले शनिबार वार्ताको आह्वान गर्दै नागरिकको  सुरक्षा गर्न आग्रह गरेका छन् । 

युद्धको सुरुआती समयमा अमहारा सेनाहरूले पश्चिमी टिग्रे कब्जा गरी नियन्त्रणमा लिँदा विवादित दुवै क्षेत्रहरूले दावी गरेका छन् । इथियोपियाको दोस्रो बढी जनसङ्ख्या भएको क्षेत्र अमहारा सन् २०२३ अप्रिलदेखि द्वन्द्वग्रस्त छ भने सङ्घीय सरकारको देशका क्षेत्रीय सेनाहरूलाई ध्वस्त पार्ने निर्णयले द्वन्द्व निम्त्याएको थियो । 

टिग्रे शान्ति सम्झौताबाट विश्वासघात भएको महसुस गरिसकेका अमहारा राष्ट्रवादीहरूले यो कदमले आफ्नो क्षेत्रलाई कमजोर पार्ने बताएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ६ जना पक्राउ

काठमाडौं । लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरूलाई शुक्रबार ट्राफिक प्रहरीले काठमाडौँको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ ।  ब...

गाडी दुर्घटनामा परी घाइते भएका एक प्रहरी जवानको मृत्यु

विराटनगर । विराटनगरमा गत साउन २ गते भएको गाडी दुर्घटनामा परी घाइते भएका एक प्रहरी जवानको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालि–१७...

डेडिकेटेड र ट्रंक लाइनको वक्यौता रकम असुली गर्छौं

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगमा रहेको डेडिकेटेड तथा ट्रंक लाइन वक्यौता रकम असुली गर्ने अडान राखेको छ । प्राधिकरणका प्रबन्ध निर्देशक क...

काठमाडौं उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।  गएराती मृत्यु भएका कीर्तिप...

माओवादी केन्द्रको बैठक: राम्रो काम गर्दागर्दै सरकारबाट बाहिरिनुपरेको प्रचण्डको ब्रिफिङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी केन्द्रीय कार्यालयको बैठकमा बर्गीय सम्बन्ध कमजोर बनेको बताएका छन् ।  ...

ताप्लेजुङमा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको छ । गाउँपालिकाले पालिकाभ...

गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट

काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिले भेटवार्ता गरेको छ । आज सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा पूर्वसांसद मञ्चका अध्यक्...

देशभर विपदमा परी एक सय ३९ जनाको मृत्यु

काठमाडौं । मौसमजन्य विपदमा परी आज अपराह्नसम्म मुलुकभर एक सय ३९ जनाको मृत्यु भएको छ । बाढी, पहिरालगायत विपद्मा परी काठमाडौं उपत्यकामा दुई, कोशीमा २२, म...

खोलाले बगाएर दुई किशोरीको ज्यान गयो

दुल्लु । पौडी खेलिरहेका एकै घरका दुई किशोरीलाई   छामघाट खोलाले बगाएर ज्यान गएको छ । महाबु गाउँपालिका–३ बाँसीका १५ वर्षीया फुपू सपना बुढा र १३ वर्षी...

कास्कीमा विपदका घटनामा परेर १४ जनाको मृत्यु

कास्की । यस वर्षको मनसुन सुरु भएपछि पहिरामा परेर कास्कीमा हालसम्म १४ जनाको मृत्यु भएको छ । घटनामा छ जना घाइते भएका छन् ।  यसबिचमा जिल्लामा बाढीपहिर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy