Ntc summer Offer
Khabar Dabali ११ जेष्ठ २०८१ शुक्रबार | 24th May, 2024 Fri
NIMB

तराईका केही स्थानमा हुरीबतासको चेतावनी, बाँकी भागमा मौसम सफा रहने

खबरडबली संवाददाता

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा  मुख्यतया मौसम सफा रहने छ ।  

कोशी, गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली  भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । 

लुम्बिनी प्रदेशलगायत तराईका केही स्थानमा हुरीबतासको सम्भावना छ ।  त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । 

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना  छ । लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हुरीबतासको सम्भावना छ।  

आज अपराह्न र राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा  मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना  छ । 

लुम्बिनी प्रदेशलगायत  तराईका केही स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सत्तापक्ष सांसदले प्रधानमन्त्रीलाई हटाउन खोजेपछि बेलायतमा संसद विघटन

काठमाडौं । बेलायती प्रधानमन्त्री ऋषि सुनकले संसद विघटन गरेको छन्।  प्रधानमन्त्री सुनकले संसद विघटन गरेर  जुलाई ४ मा आमनिर्वाचन गर्ने घोषणा गरेका हुन्।...

नेपालगञ्ज-गुलरिया सडकको काम धमाधम हुँदै, ६५ प्रतिशत सकियो

बाँके । हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडक खण्डको ६५ प्रतिशत कार्य सम्पन्न भएको छ । नेपालगञ्जको नन्दनी मिलदेखि खजुरासम्म कालो...

प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा लुम्बिनीमा विशेष समारोह हुँदै

नेपाल, भारत र श्रीलङ्का त्रिदेशीय मोटरसाइकल यात्रा प्रारम्भ गर्ने

ओलीको प्रश्न- मिडिया सञ्चालक फौजदारी मुद्दामा पक्राउ पर्दा लोकतन्त्र कसरी खतरामा पर्छ ?

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउको बिषयमा अनावश्यक हल्ला गर्न आवश्यक नभएको टिप्प...

जेठ १५ मा कसरी आउला बजेट ? सरकारको आयुसँग जोडियो

काठमाडौं । जेठ १५ मा बजेट ल्याउने संवैधानिक व्यवस्था भए तापनि त्यसका लागि एक साताभन्दा कम समय हुँदा समेत संसद्‌मा अनिश्चितता देखिन्छ। सहकारी ठगी प्...

सन्दिपलाई अमेरिकाले भिसा नदिएपछि के गर्दैछ क्यान ?

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आईसीसी टी-२० विश्वकपमा सहभागी हुन जान संयुक्त राज्य अमेरिकाले भिसा दिएन।  एक किशोरीसँग जबरजस्ती करणी गरेको मु...

भारतसँगका सीमा नाका आजदेखि बन्द

वीरगञ्ज । भारतसँग सिमाना जोडिएका पर्साका नाका बन्द भएका छन् । विहार राज्यको पश्चिम चम्पारण जिल्लामा यही जेठ १२ गते हुने लोकसभा निर्वाचनका कारण नाका बन...

कोशी र मधेशमा भारी वर्षा हुने, अन्य प्रदेशमा के होला ?

काठमाडौं । नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसका कारण देशभर आंशिकदेखि...

दस महिनामा साढे पच्चिस अर्बको रासायनिक मल आयात

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा मुलुकमा साढे २५ अर्ब रुपियाँ बराबरको रासायनिक मल आयात भएको छ ।  भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको स...

संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक बस्दै, कांग्रेसको अडान कायमै

काठमाडौं । सहकारी ठगी छानबिन गर्ने संसदीय समितिको क्षेत्राधिकार तय गर्न कार्यदलको बैठक बिहीबार बस्दैछ। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा दिउँ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies