काठमाडौं । प्यालेस्टिनी लडाकू समूह हमासले बुधबार गाजामा बन्धक बनाइएका एक इजरायली–अमेरिकी व्यक्तिको नयाँ भिडियो सार्वजनिक गरेको छ ।
भिडियो गत अक्टोबर ७ मा हमासले गरेको आक्रमणका क्रममा दक्षिणी इजरायलको नोभा म्युजिक फेस्टिभलबाट अपहरणमा परेका हर्श गोल्डबर्ग–पोलिनको भएको इजरायली सञ्चारमाध्यमले बताएका छन् ।
भिडियोमा बोल्ने व्यक्तिले भनेका छन्, “त्यो दिन म आफ्ना साथीहरूसँग टहलिन कार्यक्रमस्थलमा गएको थिएँ । कार्यक्रमस्थलमा एक्कासी आक्रमण भयो । म होसमा आउँदा मैले मेरो शरीरभरि गम्भीर चोट लागेको थाहा पाएँ भने आफुलाई चोटका कारण जीवन र मरणको दोसाँधमा सङ्घर्ष गरिरहेको भेटेँ । यद्यपि भिडियोको प्रामाणिकता र समय एएफपीले स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन ।
यो भिडियो हमासको आधिकारिक टेलिग्राम अकाउन्टमा पोस्ट गरिएको हो ।
गत अक्टोबर ७ मा हमासको आक्रमणका क्रममा अपहरणमा परेका करिब २५० व्यक्तिमध्ये १२९ जना गाजामै रहेको इजरायली सेनाको अनुमान छ । एएफपी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १३ गते, २०८१ - १५:२८
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सोमबार बस्दैँछ । बैठक सोमबार बिहान साढे ११ बजे पार्टी कार्यालय बनस्थली, काठमाडौँमा बस्...
माघ १३ गते, २०८१ - १५:२१
काठमाडौं । नेकपा माओवादी केन्द्रको अर्थ तथा योजना विभागले पूर्वाधार र सुशासनका विषयमा छलफल आयोजना गरेको छ । राष्ट्रिय गौरवका आयोजना र विकास आयोजनामा ह...
माघ १३ गते, २०८१ - १४:१४
काठमाडौं । जहाज अभावका कारण नेपाल वायुसेवा निगमको आन्तरिक उडान अनिश्चित भएको छ । इन्जिनको अभावमा निगमको दुईवटा टुइनअटर जहाज 9N-ABT र अर्को 9N- ABU ग्...
माघ १३ गते, २०८१ - १४:१०
काठमाडाैं । दीपिका पादुकोणलाई बलिउड उद्योगको महिला सुपरस्टार मानिन्छ । उनले लगातार ब्लकबस्टर फिल्ममार्फत आफ्नो अभिनय क्षमता प्रमाणित गरिसकेका छन् । ...
माघ १३ गते, २०८१ - १४:०६
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) को अध्यक्षका उम्मेदवार विजयप्रकाश शर्मा सापकोटा र हेमन्त राईबिच कड...
माघ १३ गते, २०८१ - १३:५६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सांसद विनिता कठायतले २९ पुसमा कृषि समितिका सदस्यहरू बसेको होटलको सीसीटीभी फुटेज झिकाउन भन्दै उजुरी ...
माघ १३ गते, २०८१ - १३:५०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर ((ज्ञानेन्द्र) शाहीले जारी केन्द्रीय समितिको बैठक मूल एजेण्डमा केन्द्रित हुन नसकेको बता...
माघ १३ गते, २०८१ - १३:४६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो दिन संसदमा सम्बोधन गर्ने भएका छन् । संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेका लागि बो...
माघ १३ गते, २०८१ - १३:००
विराटनगर । ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा झडपमा परेर घाइते भएकालाई आइतबार दिउँसो विराटनगरबाट थप उपचारका लागि काठमाडौं पठाइएको छ । शनिबारको झडपम...
माघ १३ गते, २०८१ - १२:४५
धनुषा । जनकपुरलगायत धनुषाको विभिन्न ठाउँमा सरस्वती पूजा नजिकिँदै गर्दा यहाँका मूर्तिकारलाई सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ छ । अरुबेला फुर्सदमै रह...
प्रतिकृया लेख्नुहोस्: