Khabar Dabali १८ फाल्गुन २०८२ सोमबार | 2nd March, 2026 Mon
Investment bank

केन्यामा बाढीका कारण ३८ को मृत्यु

खबरडबली संवाददाता

एजेन्सी । केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपत्कालीन अवस्थाबाट विपत्तिको स्तरमा सर्दै गएको केन्या रेडक्रस सोसाइटी (केआरसीएस) ले जनाएको छ । 

पछिल्लो समयमा अफ्रिकी राष्ट्रमा परेको भारी वर्षाले सामान्य व्यापारमा पनि बाधा पुर्‍याएको छ । केन्याको राजधानी नैरोबीको माथारे बस्तीमा बुधबार परेको वर्षामा एक जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता भएका छन् । 

यस बस्तीका प्रायः कम आम्दानी गर्ने तथा कमजोर वासस्थानमा बसोबास गर्ने समुदायका बासिन्दाहरू गम्भीर बाढीका कारण घरमै फसेको सिन्ह्वाले रिपोर्ट गरेको छ । आँधीको पानीले सडकमा बाढी आएको कारण केही क्षेत्रहरू सहरबाट सम्पर्कविहीन नै भएका थिए । राजधानीको दक्षिणमा रहेको किटेङ्गेलाको मुख्य पुल अथी नदीले बगाएपछि हजारौँ व्यापारी तथा कामदारहरू अलपत्र परेका थिए । 

सिन्ह्वाका अनुसार मध्य केन्याको किरिन्यागा काउन्टीमा मङ्गलबार थिबा नदीको किनार फुट्दा उनीहरूको घर तथा व्यवसायमा बाढी आएपछि ६० भन्दा बढी परिवार घरबारविहीन भएका छन् । मार्च–अप्रिल–मेमा वर्षा सुरु भएदेखि नै धेरै काउन्टीले यसको प्रभाव महसुस गरेका छन् । प्रभावित घरपरिवार, विस्थापन, शिविरहरूको स्थापना, डुबानयोग्य जमिन, प्रभावित व्यवसाय र पशुधनको मृत्यु भएको मानवीय एजेन्सीले जनाएको छ । 

केन्या मौसम विज्ञान विभागका अनुसार केन्यामा अभूतपूर्व भारी वर्षा भएको छ भने केही क्षेत्रमा एकै दिनमा दुई सय मिलिमिटरसम्म वर्षा भएको छ । वर्षापछि देशभरि बाढी निम्त्याउने चेतावनी दिँदै काउन्टी र राष्ट्रिय सरकार दुवैस्तरका केन्याली अधिकारीहरूले तल्लो र बाढी प्रभावित क्षेत्रका बासिन्दाहरुलाई उच्च भूमिमा जान सल्लाह दिएका छन् ।

आन्तरिक तथा राष्ट्रिय प्रशासनका क्याबिनेट सचिव किन्डिकी किथुरेले पूर्वी क्षेत्रको मासिङ्गा र मध्य क्षेत्रको थिबासहित बाँध नजिक बस्ने बासिन्दाहरूलाई स्थानान्तरण गर्न आग्रह गरेका छन् । थप वर्षाले विपत्ति निम्त्याउने सम्भावना भएकाले बस्तीहरूमा बाढीको प्रभाव बढी हुने उनले बताए । सरकार उच्च सतर्कतामा रहेको र बहु–एजेन्सी टोलीले कम गर्ने प्रयासमा काम गरिरहेको उनको भनाइ छ । 

इन्टरगभर्मेन्टल अथोरिटी अन डेभलपमेन्ट (आइजिएडी) को क्लाइमेट प्रेडिक्सन एन्ड एप्लिकेसन सेन्टर (आइसिपिएसी) ले जारी गरेको सूचनामा केन्याले असामान्यरूपमा भारी वर्षाको अनुभव गर्ने हर्न अफ अफ्रिकाका देशहरूमध्ये एक भएको जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE