Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

टेलिकमका निलम्बित प्रबन्ध निर्देशक पौडेललाई थुनामा राख्न आदेश

खबरडबली संवाददाता

काठमाडौं । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले थुनामा राख्न आदेश दिएको छ । अवैध सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा विशेष अदालतले उनलाई बुधबार थुनामा पठाउने आदेश दिएको हो ।

न्यायाधीशहरू तेजनारायणसिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको हो । 

उनीसँग २३ करोड ७५ लाख रुपैयाँ अकुत सम्पत्ति रहेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आइतबार मुद्दा दायर गरेको थियो ।  पौडेलले प्रमाण नष्ट गर्न सक्ने अदालतले थुनामा पठाएको छ ।

उनलाई गत माघ १० गते अख्तियारले पक्राउ गरेको थियो । नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा पनि उनी दोषी ठहर भइसकेका छन् । 

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक पौडेलले घुसबापतको रकम सिंगापुरको बैंकमा राखेको अख्तियारले जनाएको छ ।

अख्तियारले पौडेलविरुद्ध अदालतमा दायर गरेको अभियोगपत्रमा उनको खातामा १३ करोड ५३ लाख ८६ हजार २२६ जम्मा रहेको उल्लेख छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

छविकाे बयान आज सकिएन, बाँकी भोलि हुने

पाेखरा । कास्कीकाे पोखरामा रहेकाे सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक छविलाल जोशीको बयान सुरु भए पनि आज स...

खाद्य स्वच्छता तथा गुणस्तर ऐन बिपरित कार्य गर्ने बाँकेका तीन वटा उद्योग विरुद्ध मुद्दा दायर

बाँके । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले चालु आर्थिक वर्षमा बाँकेका तीन वटा उद्योग विरुद्ध मुद्दा दायर गरेको छ । खाद्य स्वच्छता तथ...

सुनसरीमा भरुवा बन्दुकसहित दुई पक्राउ

सुनसरी । सुनसरीको वराहक्षेत्र नगरपालिका-१ तल्लो बगुवा टोलबाट तीन नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।  प्रहरीले वराहक्षेत्र नगरपालिका-१ ...

काँग्रेस पार्टी भित्र विचलन आयाे: नेता कोइराला

काठमाडाैं । नेपाली काँग्रेसका नेता डा‍. शेखर कोइरालाले नेपाली काँग्रेसभित्र विचलन रहेको स्विकार गरेका छन् । सोमवार काठमाडौंमा कृष्णप्रसाद भट्टराईको १०...

जोर्डनका विदेशमन्त्री र सिरियाली नयाँ नेताबिच समसामयिक विषयमा छलफल हुने

जोर्डन । जोर्डनका विदेशमन्त्री अयमान सफादीले सिरियाका नयाँ नेता अहमद अल-शरासँग भेटवार्ता गर्न सोमबार दमास्कस जाने कार्यक्रम रहेको अम्मानले बताएको छ । ...

रास्वपामा अर्याल बने कार्यवाहक सभापति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्यालले पाएका छन् । रास्वपाको सोमबार बसेको सचिवालय...

वीरगन्ज महानगरपालिकाको कार्यपालिका बैठक बस्न छाड्यो

पर्सा । वीरगन्ज महानगरपालिका कार्यालयमा चालु आर्थिक बर्ष ०८१/०८२ को पाँच महिनामा एकपटक मात्र कार्यपालिका बैठक बसेको जनप्रतिनिधिहरुले बताएका छन ।  महान...

पाकिस्तानमा आतङ्कवादीसँगको भिडन्तमा चार सैनिकको मृत्यु, १५ जना घाइते

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बल र आतङ्ककारीहरुबिचको भिडन्तमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य १५ जना घाइ...

१९औँ संस्करणको एनएनआइपिए स्पोर्ट्स अर्वाड पुस २० गते हुने

काठमाडौं । १९औँ संस्करणको एनएनआइपिए स्पोर्ट्स अर्वाड पुस २० गते हुने भएको छ । आयोजक नेपाल‌ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआइपिए) ले सो...

मकवानपुरकाे राक्सिराङ्ग गाउँपालिकामा दुई दिन सार्वजनिक बिदा

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाको कार्यालयले इसाई धर्मावलम्बीहरुले पर्व क्रिसमसको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँप...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy