काठमाडौं । युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत विश्वका १८ देशले आग्रह गरेका छन् ।
विश्वका विभिन्न अठार देशले बिहीबार एक संयुक्त वक्तव्य जारी गर्दै हमासले दक्षिणी इजरायलबाट बन्धक बनाएका व्यक्तिहरूलाई ‘तत्काल रिहा’ गर्न आग्रह गरेका हुन् ।
उनीहरूले बन्धकलाई रिहा गर्दा गाजामा तत्काल र लामो समयसम्म युद्धविराम हुने बताएका छन् ।
संयुक्त राज्य अमेरिका, अर्जेन्टिना, अस्ट्रिया, ब्राजिल, बेलायत, बुल्गेरिया, क्यानाडा, कोलम्बिया, डेनमार्क, फ्रान्स, जर्मनी, हङ्गेरी, पोल्याण्ड, पोर्चुगल, रोमानिया, सर्बिया, स्पेन र थाइल्याण्डका नेताहरूले एकैसाथ जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अन्तर्राष्ट्रिय कानूनअन्तर्गत संरक्षित गाजामा बन्धक र नागरिक जनसङ्ख्याको भविष्य अन्तर्राष्ट्रिय चासोको विषय हो ।
गत वर्ष अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणपछि हमासको कब्जामा रहेका नागरिकमध्ये आफ्नै नागरिक पनि रहेको साथै बन्धकहरूलाई मुक्त गर्न सके गाजाभरि थप मानवीय सहायता उपलब्ध गराउन र शत्रुताको विश्वसनीय अन्त्य हुनेछ ।”
“यसबाहेक, गाजाका बासिन्दाहरू ‘आश्रय र मानवीय प्रबन्ध सुनिश्चित गर्न पहिले नै तयारीका साथ आफ्नो घर र आफ्नो भूमिमा फर्कन सक्षम हुनेछन्”, विज्ञप्तिमा भनिएको छ, “हामी यस सङ्कटको अन्त्य गरौं ताकि सामूहिक रूपमा हामी यस क्षेत्रमा शान्ति र स्थिरता ल्याउनका लागि हाम्रा प्रयासहरूमा ध्यान केन्द्रित गर्न सकौं ।”
इजरायलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायली सीमा क्षेत्रबाट हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमासविरुद्ध ठूलो मात्रामा आक्रमण सुरु गरेको थियो ।
हमासको आक्रमणमा करिब एक हजार २०० व्यक्तिको मृत्यु भएको थियो भने उनीहरूले दक्षिणी इजरायलबाट २०० भन्दा बढी व्यक्तिलाई बन्धक बनाएका थिए ।
हासको आक्रमणको बदलामा भएको इजरायली आक्रमणका कारण गाजा पट्टीमा ३४ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु हुनुका साथै ७७ हजारभन्दा बढी घाइते भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: