Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

दुवई पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा हवारी पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । क्यानडा पठाइदिन्छु भनि दुवई पुर्‍याएर मानवबेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका–३ ठेगाना भई हाल काठमाडौं नागार्जुन नगरपालिका–१ बस्ने फिरोज खाँन भन्ने २६ वर्षीय फरमान हवारी रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । 

उनका अनुसार टिकटकको माध्यमबाट चिनजान भएका हवारीले धेरै मानिसहरुलाई क्यानडा पठाइसकेको भनि प्रलोभन देखाउँदै पीडितलाई दुवई पुर्‍याई बन्धक बनाई राखेको अवस्थामा पीडितको आफन्तको सहयोगमा नेपाल फिर्ता हुन सफल भएका थिए । 

घटनामा संलग्न रही फरार रहेका हवारीलाई मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनसँगको समन्वयमा काठमाडौं नयाँ बानेश्वरबाट पक्राउ गरेको प्रवक्ता ढकालले बताए । 

उनले भने, “हवारीले क्यानडा जानका लागि रु ३० लाख लाग्ने बताएको, पीडितलाई बिहे गर्नेसम्म प्रलोभन देखाई नेपालमै पटक–पटक यौन शोषण गरेको र विभिन्न समयमा रु ११ लाख २८ हजार रकम समेत ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।” 

पक्राउ परेका हवारीउपर मानवबेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरुको समेत प्रहरीले खोजी गरिरहेको प्रवक्ता ढकालको भनाइ छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हजारौं छोरीहरूलाई कसरी उद्यमी बनाउन सकिन्छ भन्नेबारे सोचिरहेको छुः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटबारे महिला उद्यमीसँग अन्तरक्रिया गरेका छन् । सोमबार मन्त्रालयमा उनले महिला उद्यमी म...

पर्साका वनक्षेत्र सुरक्षित, कृषि क्षेत्रमा आगलागी

पर्सा । पर्सामा ग्रामीण कृषि क्षेत्रमा आगलागीका घटना घटे पनि वनजङ्गल भने अहिलेसम्म जोगिएको छ । नेपालका अधिकांश जिल्लामा वन डढेलो लागिरहेको बेला जिल्ला...

श्रीमतीको हत्या आरोपमा पक्राउ

नवलपरासी । पश्चिम नवलपरासीमा श्रीमतीलाई हत्या गरी फरार रहेको अभियोगमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । रामग्राम नगरपालिका-१६ सबुनीकी ललिता कँहारला...

नागरिक उन्मुक्ति विवाद: सोमबार पनि भएन सुनुवाई

काठमाडौं । कैलालीको टीकापुर घटनापछि जन्मेको नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद सम्बन्धी दुई मुद्दा सोमबार पनि सुनुवाई भएन । सोमबार न्यायाधीशद्धय अब्...

मोटरसाइकल दुर्घटनामा डडेल्धुराका पूर्ववडाध्यक्षको मृत्यु

धनगढी । मोटरसाइकल दुर्घटनामा परेर डडेल्धुराका पूर्ववडाअध्यक्षको मृत्यु भएकाे छ । कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा बस र मोटसाइकल एक आपसमा ठोक्कि...

मुस्ताङका च्याङग्राको भुवा परीक्षण

म्याग्दी । मुस्ताङका कृषकले पालेका च्याङग्राको भुवा (पश्मिना बनाउने कच्चा पदार्थ) को गुुणस्तर परीक्षण गरिएको छ ।   अन्तर्राष्ट्रिय व्यापार केन्द्रल...

इजराइलद्वारा पूर्वी रफाहबाट एक लाख मानिसको सुरक्षितरूपमा स्थानान्तरण

एजेन्सी । इजराइली सेनाले सोमबार दक्षिणी सहर गाजामा सम्भावित स्थलगत आक्रमण हुनुअघि पूर्वी रफाहबाट करिब एक लाख मानिसलाई सुरक्षितरूपमा स्थानान्तरण गर्न थ...

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

एजेन्सी । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र चट्याङसहितको खराब मौसमका कारण विद्यालय र कलेजसहित सबै शैक्षिक संस्था मङ्गलबारसम्म बन्द रहने र...

पाकिस्तान र इरानबाट निर्वासित अफगान आप्रवासीमाथिको दुर्व्यवहारको आलोचना

एजेन्सी । पाकिस्तान र इरानमा अधिकारीहरूद्वारा अफगान आप्रवासीमाथि भएको दुर्व्यवहारको आलोचना गर्दै ती मुलुकबाट जबरजस्ती निर्वासित भएका आप्रवासीहरूले आफ्...

जोर्डनद्वारा उत्तरी गाजामा पाँच वटा एयरड्रप सहायता प्रदान

एजेन्सी । जोर्डन सशस्त्र सेना–अरब सेनाले आइतबार उत्तरी गाजा पट्टीका विभिन्न स्थानमा मानवीय र खाद्य सहायताका पाँचवटा एयर ड्रप गरेको बताएको छ ।  हवाई...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies