Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

जनताका मुद्धालाई केन्द्रमा राख्दै कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्छ: अध्यक्ष नेपाल

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई समाजवादी क्रान्ति र आर्थिक रूपान्तरणको कार्यदिशा भएको कम्युनिष्ट मान्यतामा आधारित बलियो पार्टीका रुपमा स्थापित गर्नुपर्ने बताएका छन् । 

पार्टी निकट युवा सङ्घद्वारा आज आयोजित कार्यक्रममा उनले कम्युनिष्ट आन्दोलन टुटफुट हुँदा जनतामा निराशा र आक्रोश बढेको बताए । समाजका आधारभूत आवश्यकतालाई सम्बोधन गर्न  सही नीति, सिद्धान्त, कार्यक्रमको खाँचो औँल्याउँदै उनले समाजमा विधमान सबै प्रकारका भेद्भावका अन्त गरी मुलुकमा जनताको आर्थिक तथा सामाजिक रुपान्तरण कायम गर्नुपर्ने उल्लेख गरे । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले मुलुकमा विभिन्न समयमा भएको जनआन्दोलनबाट राजनीतिक क्रान्ति पूरा गरिएको भन्दै सबै नागरिकलाई सामाजिक न्यायका साथै समानताका कानुनी अधिकारलाई सुरक्षित गर्ने दायित्व राज्यको भएको विचार व्यक्त गरे । 

उनले मुलुकको राष्ट्रियता, जनताको जनजीविका, स्वतन्त्रता, लोकतन्त्र, मुलुक र जनताका एजेण्डालाई केन्द्रविन्दुमा राखेर कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ  लैजानुपर्नेमा  जोड दिए । अध्यक्ष नेपालले सामाजिक न्यायसहितको समुन्नत एवं समृद्ध मुलुक निर्माणको अभिभारा पूरा गर्न कम्युनिष्ट पार्टीको दायित्व र जिम्मेवारी थपिएको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नुवाकोटमा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु

नुवाकाेट । नुवाकोटमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन् ।  देवीघाटबाट काशीतारतर्फ जाँदै गरेको अर्कि...

कञ्चनपुरको झलारीमा सशस्त्र प्रहरी बलको चौथो स्कुल संचालन

कञ्चनपुर । सशस्त्र प्रहरी बल नेपालले सबै प्रदेशमा स्कुल विस्तार गर्ने योजना अनुसार कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–५ झलारीमा चौथो स्कुल संचालन...

जुम्लामा भीरबाट लडेर ७० भेडा मरे

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका-७ बारागाउँको थुमलचौरमा भालुले लखेट्दा भीरबाट लडेर ७० भेडा मरेका छन् । स्थानीय मगे रावत र सिउल रावतका ७० भेडा गए ...

एमाले रसुवा जिल्ला अध्यक्षमा ढकाल सर्वसम्वत

रसुवा । नेकपा (एमाले)को नवाैँ रसुवा जिल्ला अधिवेशनले  नयाँ कार्य समिति चयन गरेको छ । आज सम्पन्न अधिवेशनले जर्नादन ढकालको  अध्यक्षतामा नयाँ जिल्ला कमिट...

सगरमाथा आरोहण गर्न चार सय १४ जनाले लिए अनुमति

काठमाडौं । सन् २०२४ को वसन्त याममा सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार हालसम्म ४१ आरोही समूहका ७५ महिला र...

२२ वर्षीया युवती एक सातादेखि सम्पर्कविहीन

काठमाडौं । इन्जिनियनिङ पढिरहेकी २२ वर्षीया किशोरी स्नेहा लामिछाने एक सातादेखि परिवारका सदस्यसँग सम्पर्कविहीन भएकी छन् । सिसीटिभी रेकर्डअनुसार कलङ्की भ...

तयारी पोशाक निर्यातका विषयमा सरकार गम्भिर छः मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको तयारी पोशाक निर्यात हुन नसकेकामा चिन्ता व्यक्त गरेका छन् । नेपाल तयारी पोशाक उद...

थुन्से बेचेर मनग्य आम्दानी गर्दै मीरा

धादिङ । धादिङको उत्तरी क्षेत्रका बासिन्दाले निगालोबाट बनेका सामग्रीको बिक्रीबाट मनग्य आम्दानी लिन थालेका छन् । तामाङ समुदायको बाहुल्य रहेको गङ्गाजमुना...

सर्बियाको भ्रमणअघि राष्ट्रपति सीद्वारा नाटोको आलोचना

एजेन्सी । चीनका राष्ट्रपति सी जिनपिङले सन् १९९९ मा युगोस्लाभियामा चिनियाँ दूतावासमा भएको बम विस्फोटको आलोचना गर्दै बेइजिङले ‘यस्तो दुःखद इतिहासलाई कहि...

कैलालीको सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दरमा वृद्धि

सुदूरपश्चिम । अङ्गे्रजी माध्यममा पठनपाठन हुन थालेपछि बढेको आकर्षणसँगै कैलालीका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दर बढेको छ ।   अङ्ग्रेजी माध्य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies