सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको पुल जीर्ण भएपछि दुर्घटनाको जोखिम बढेको छ ।
एघार स्पानसहित तीन यस ६३ दशमलव पाँच मिटर लामो सो पुलेको सर्लाहीतर्फको स्पान नम्बर पाँचको ‘सपोर्ट स्प्रिङ’ जीर्ण भएर पाँच ईन्च तल सरेकाले दुर्घटनाको जोखिम बढेको स्थानीयको भनाइ छ ।
बागमती नगरपालिका–११ निवासी मिलन श्रेष्ठले मुख्य राजमार्गमा रहेको पुलको स्पान भाँसिन थाले पनि मर्मतका लागि सरोकारवाला निकायको ध्यान जाननसकेको बताए । ‘‘दैनिक दर्जनौ सवारी साधन यही पुल ओहोरदोहोर गर्छन् । पुल हल्लिएर सानो सवारी चलाउने हामीजस्ता चालकलाई त झनै जोखिम छ । यस विषयमा सडक डिभिजन कार्यलय चन्द्रनिगाहपुरलाई जानकारी गराइए पनि मर्मतका लागि कुनै पहल भएको छैन”, श्रेष्ठले गुनासो गर्दै भने ।
यही सडक भएर दिनहुँ सवारी चलाउने चालक केशव थापाले पनि पुलको एउटा स्पान नै तल सरेकाले दुर्घटनाको जोखिम बढेको बताए । सडक डिभिजन कार्यालय सर्लाही–रौतहटका प्रमुख दिपेन्द्र पाण्डेयले भने पुल जीर्ण भएको विषयमा सडक डिभिजन कार्यालयबाट अनुगमन गरी अवस्थाबारे जानकारी लिइएको बताए ।
पूर्वमा कमला नदीदेखि बागमती नदीसम्मको चार लेन सडकमा पर्ने पुल निर्माणका लागि नयाँ योजना बनिरहेकाले अहिले मर्मतलगायतका काम नगरिएको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...




प्रतिकृया लेख्नुहोस्: