एजेन्सी । चीनका राष्ट्रपति सी जिनपिङले शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्र ‘प्रतिद्वन्द्वी नभई साझेदार’ हुनुपर्ने बताएका छन् । यद्यपि उनले दुई मुलुकबीचको सम्बन्धमा रहेका ‘थुप्रै मुद्दा’ को समाधान गर्नुपर्ने बताए ।
एक वर्षभन्दा कम समयमा दोस्रो पटक चीनमा ब्लिङ्केनले राजधानी बेइजिङमा चीनका प्रमुख राजनीज्ञिहरूसँग भेट गरे । भेटमा अमेरिकी अधिकारीहरूले रुस, ताइवान र व्यापारसहित मतभेदका महत्त्वपूर्ण क्षेत्रलाई प्रत्यक्षरूपमा उठाउने बताएका छन् ।
सरकारी प्रसारक सिसिटिभीका अनुसार बेइजिङको ग्रेट हल आफ दि पिपुलमा ब्लिङ्केसँग भेट गर्दै राष्ट्रपति सीले गत वर्ष अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट भएपछि दुवै मुलुकले ‘केही सकारात्मक प्रगति हासिल गरेको’ बताए ।
“दुवै मुलुक साझेदार हुनुपर्छ, प्रतिद्वन्द्वी होइन”, उनले भने, “अहिले पनि धेरै मुद्दा छन् जसको समाधान गर्न आवश्यक छ र थप प्रयासहरूका लागि अझै ठाउँछ, अमेरिकाले पनि चीनको विकासप्रति सकारात्मक दृष्टिकोण अपनाउन सक्छ भन्ने हामीले अपेक्षा गरेका छौँ ।”
उनका अनुसार मूलभूत समस्याको समाधान भयो भने सम्बन्ध वास्तवमा स्थिर हुन सक्छ, राम्रो हुन सक्छ र अगाडि बढ्न सक्छ । यसअघि भ्रमणमा रहेका विदेशमन्त्री ब्लिङ्केनले रुसका लागि समर्थनसहितका मुद्दामा चिन्ता व्यक्त गरेपछि चीनका विदेशमन्त्री वाङ यीले अमेरिकी दबाब ‘ह्रासोन्मुख’ हुने चेतावनी दिए ।
उनले स्व–शासित ताइवानको प्रश्न ‘पहिलो सीमा’ हो भन्दै यसलाई चीन–अमेरिका सम्बन्धमा पार गर्न नहुने चेतावनीसमेत दिए । ब्लिङ्केनले डियाओयुताई स्टेट गेस्ट हाउसमा वाङसँगको साढे पाँच घन्टासम्म भएको छलफल ‘व्यापक र रचनात्मक’ रहेको बताए । उनले बेइजिङमा शुक्रबार अमेरिकी पत्रकारहरूसँग कुराकानी गर्नेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: