एजेन्सी । चीनका राष्ट्रपति सी जिनपिङले शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्र ‘प्रतिद्वन्द्वी नभई साझेदार’ हुनुपर्ने बताएका छन् । यद्यपि उनले दुई मुलुकबीचको सम्बन्धमा रहेका ‘थुप्रै मुद्दा’ को समाधान गर्नुपर्ने बताए ।
एक वर्षभन्दा कम समयमा दोस्रो पटक चीनमा ब्लिङ्केनले राजधानी बेइजिङमा चीनका प्रमुख राजनीज्ञिहरूसँग भेट गरे । भेटमा अमेरिकी अधिकारीहरूले रुस, ताइवान र व्यापारसहित मतभेदका महत्त्वपूर्ण क्षेत्रलाई प्रत्यक्षरूपमा उठाउने बताएका छन् ।
सरकारी प्रसारक सिसिटिभीका अनुसार बेइजिङको ग्रेट हल आफ दि पिपुलमा ब्लिङ्केसँग भेट गर्दै राष्ट्रपति सीले गत वर्ष अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट भएपछि दुवै मुलुकले ‘केही सकारात्मक प्रगति हासिल गरेको’ बताए ।
“दुवै मुलुक साझेदार हुनुपर्छ, प्रतिद्वन्द्वी होइन”, उनले भने, “अहिले पनि धेरै मुद्दा छन् जसको समाधान गर्न आवश्यक छ र थप प्रयासहरूका लागि अझै ठाउँछ, अमेरिकाले पनि चीनको विकासप्रति सकारात्मक दृष्टिकोण अपनाउन सक्छ भन्ने हामीले अपेक्षा गरेका छौँ ।”
उनका अनुसार मूलभूत समस्याको समाधान भयो भने सम्बन्ध वास्तवमा स्थिर हुन सक्छ, राम्रो हुन सक्छ र अगाडि बढ्न सक्छ । यसअघि भ्रमणमा रहेका विदेशमन्त्री ब्लिङ्केनले रुसका लागि समर्थनसहितका मुद्दामा चिन्ता व्यक्त गरेपछि चीनका विदेशमन्त्री वाङ यीले अमेरिकी दबाब ‘ह्रासोन्मुख’ हुने चेतावनी दिए ।
उनले स्व–शासित ताइवानको प्रश्न ‘पहिलो सीमा’ हो भन्दै यसलाई चीन–अमेरिका सम्बन्धमा पार गर्न नहुने चेतावनीसमेत दिए । ब्लिङ्केनले डियाओयुताई स्टेट गेस्ट हाउसमा वाङसँगको साढे पाँच घन्टासम्म भएको छलफल ‘व्यापक र रचनात्मक’ रहेको बताए । उनले बेइजिङमा शुक्रबार अमेरिकी पत्रकारहरूसँग कुराकानी गर्नेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: