Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

अझै सम्पर्कविहीन रुसी सेनामा भर्ना भएका तनहुँका नौ युवा

खबरडबली संवाददाता

तनहुँ। रुसी सेनामा भर्ना भएका यहाँका नौ युवा अझै परिवारको सम्पर्कमा नआएपछि परिवारजन शोक र चिन्तामा परेका छन्। स्वदेशमा केही गर्ने विकल्प नभएपछि रुसी सेनामा भर्ती भएका आफ्ना सन्तान सम्पर्कविहीन भएपछि अभिभावक लगायतका परिवार चिन्तामा परेका हुन्।

धन कमाएर सुखले पाल्छु भन्ने सपना देखाएर रुसी सेनामा भर्ती भएको छोरा विगत चार महिनादेखि सम्पर्कविहीन भएपछि दिनरातै रोएर बित्ने गरेको व्यास नगरपालिका–९ मा रहेकी आमाले बताइन्।

“रुसी सेनामा भर्ती भएको छोराले सुरुमा चिन्ता नगर्न भनेको थियो”, नाम गोप्य राखिदिन आग्रह गर्दै आमाले भनिन्, “छोरा सम्पर्कविहीन भएपछि शोकले सुत्न पनि सकिएको छैन ।”

रुसी सेनामा भर्ती भएका आफ्ना सन्तानलाई सुरक्षित रुपमा स्वदेश ल्याइदिन पहल गर्न परिवारजनले जिल्ला प्रशासन कार्यालयमा रहेको सुरक्षित आप्रवासन ९सामी० कार्यक्रम अन्तर्गत आप्रवासी स्रोत केन्द्रमा निवेदन परेको केन्द्रका परामर्शदाता गोमा तिवारीले जानकारी दिइन्।

रुसी सेनामा व्यासका तीन, देवघाट गाउँपालिकाका एक, भानु नगरपालिकाका तीन, शुक्लागण्डकी नगरपालिकाका एक र म्याग्दे गाउँपालिकाका एक जना गरी नौ युवा सम्पर्कविहीन भएकाले खोजी गरि सकुशल स्वदेश फिर्ता गरि दिन माग गर्दै निवेदन परेको उनले बताए।

सम्पर्कविहीनहरूको खोजीका लागि कन्सुलर विभागमा व्यक्तिको आवश्यक सम्पूर्ण कागजात पठाइसकिएको केन्द्रले जनाएको छ। विचौलियामार्फत रु पाँच लाखदेखि छ लाखसम्म तिरेर ‘भिजिट भिसा’मार्फत रुसी सेनामा भर्ती गराइएकोसमेत परामर्शदाता तिवारीको भनाइ छ।

केन्द्रका जिल्ला संयोजक लुना रानाले तनहुँबाट अन्य व्यक्तिसमेत रुसी सेनामा भर्ती भएको हुनसक्ने आँकलन गरिएको बताए। नेपाल सरकारले रुसी सेनामा भर्ना हुन प्रतिबन्ध लगाएकाले निवेदन दिनेको सङ्ख्या न्यून रहेकोसमेत उनको भनाइ छ।

जिल्ला प्रशासन कार्यालयले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन राहदानी बनाउन आएका सबैलाई अनिवार्य रुपमा परामर्श लिने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए। वैदेशिक रोजगारीका क्रममा कसैले पनि ठग्न नसकुन् भनेर आफूहरुले अनिवार्य रुपमा परामर्श सेवा सञ्चालन गरेको उनले जानकारी दिए।

“रुसी सेनामा भर्ति भएकाको खोजी गरिदिन निवेदन परेको छ”, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले भने, “हामीले आफ्नो स्थानबाट सकुशल फिर्ता गर्न आवश्यक पहल गरेका छौँ, तर राज्यले बन्देज लगाएको र जानकारी नभएका देशहरुमा कसैलाई पनि नजान अनुरोध गरेका छौँ।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुहाङको प्रतिनिधिसभा सदस्यको शपथ आज

काठमाडौं । इलाम- २ को उपनिर्वाचनमा विजयी नेकपा एमालेका सुहाङ नेम्वाङको प्रतिनिधि सभा सदस्यको शपथ आज हुदै छ । नेम्वाङलाई सभामुख देवराज घिमिरेले आज ब...

पर्वतमा भैँसी पाल्ने किसानलाई पचास हजार अनुदान

पर्वत ।  जिल्लाको पैयुँ गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई रु ५० हजार अनुदान दिने भएको छ ।  किसानलाई व्यावसायिक बनाउन तथा दुग्धजन्य प...

छिमेकी गाउँको उज्यालो हेर्दै बिजुलीको पर्खाइमा दिपायलका सायलवासी

दिपायल  । “साँझ पर्नेबित्तिकै घरको आँगनबाट हेर्दा पारिका गाउँ झिलिमिली देखिन्छन् । बिजुलीबत्तीले गाउँपालिकाको कार्यालय रहेको दुदिलीगढा क्षेत्र उज्यालो...

हुम्लामा खडेरी, खेतमै सुक्यो बाली

हुम्ला । हुम्ला अहिले खडेरीको चपेटामा परेको छ । खडेरीले बरगाउँ, ठेहे, लिमाटङ, तोर्पालगायत गाउँका खेतबारीमा पाक्न लागेको उवा, गहुँ सुकेको छ ।   सुक्...

गर्मी छल्न पानीको सहारा: भैरहवाका वाटरपार्कमा नेपालीसहित भारतीयको भिड

भैरहवा  । सन्तकबिर नगरका हनि सिंह साथीहरु सँग भैरहवाको एक्वा पार्कमा आइतबार ११ बजे विहानै आए, उनी नेपाल आउनुको एउटा मात्रै उद्देश्य केही भएपनि गर्मीमा...

पूर्वमन्त्री सूर्यमान गुरुङको निधन

काठमाडौं । पूर्वमन्त्री सूर्यमान गुरुङको निधन भएको छ ।  ८४ वर्षको उमेरमा मंगलबार काठमाडौंको हिमाल अस्पताल, कमल पोखरीमा गुरुङको निधन भएको हो । उनी ब...

वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने ओखलढुंगा का मगर र धादिङकी गुरूङ पक्राउ

काठमाडौं । प्रहरीले वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ओखलढुंगा सिद्धिचरण नगरपालिका-१ घर भई काठमाड...

सहकारीको छवि जोगाउन र संस्थागत सुशासन कायम गर्न लेखा समितिको भूमिका महत्वपूर्णः सीईओ सापकोटा

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ( नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले सहकारी क्षेत्रको छवि जोगाउन र संस्थागत सुशासन...

चट्याङबाट ७३ जनाको मृत्यु

काठमाडौं । म्यान्माको विपद् व्यवस्थापन विभागलाई उद्धृत गर्दै आधिकारिक टेलिभिजन च्यानल एमआरटिभीले मङ्गलबार आर्थिक वर्ष २०२३–२४मा म्यान्मामा चट्याङबाट क...

सडक सजावट बत्तीले पार्ने वातावरणीय असरबारे महानगरले अध्ययन गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरका विभिन्न स्थानमा सजावटका लागि जडान गरिएको बत्तीको असरबारे अध्ययन गर्ने भएको छ । सहरमा भएका रुख, चोकका पोल, पुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies