इलाम । इलाम २ मा भइरहेको उपनिर्वाचनअन्तर्गत तीन मतदान केन्द्रमा महिला मतदान अधिकृत रहेका छन् । इलाम नगरपालिका ५ तोरीबारी, इलाम नगरपालिका ७ को मरब क्याम्पसको ‘क’ मतदान केन्द्र र इलाम विद्या मन्दिर मतदान केन्द्रमा महिलाको नेतृत्वमा मतदान भइरहेको हो ।
इलाम नगरपालिका ५ तोरीबारीको सप्तमाई गुरुकुल संस्कृत विद्याश्रम मध्यामिक विद्यालय मतदान
केन्द्रमा योभन्दा अघिका निर्वाचनमा सहायक मतदान अधिकृतको जिम्मेवारी पूरा गरेको अनुभव बोकेकी तारा श्रेष्ठ त्यहाँको मतदान अधिकृत बनेकी छन्। सबैको सहयोग रहेको र मतदान शान्तिपूर्ण भइरहेको उनले बताइन् । मतदान केन्द्रमा प्रहरीबाहेक सबै कर्मचार महिला रहेको उनले बताइन् । मतदान केन्द्रमा बिहान सात बजेदेखि नै मतदान सुरु भएको थियो । त्यहाँ महिला मतदान अधिकृत र पाँच महिला कर्मचारीले मतदान गराउने जिम्मा पाएका छन्।
इलाम निर्वाचन क्षेत्र न २ मा भइरहेको उपनिर्वाचनमा १४९ मतदान अधिकृतमध्ये तीनजना महिला मतदान अधिकृतहरुलाई महिलाहरु कर्मचारीको मात्रै संलग्नतामा मतदान सम्पन्न गर्न जिम्मेवारी दिइएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए।
इलाम नगरपालिका ७ को मरब क्याम्पसको ‘क’ मतदान केन्द्रमा मतदान अधिकृत मीना आचार्यसहित पाँचजना महिला कर्मचारी खटिएका भने इलाम विद्या मन्दिरमा हिमज्योति घिमिरेसहित पाँचजना महिला कर्मचारी खटिएका छन् ।
मतदानमा महिला कर्मचारीहरू मतदान केन्द्र व्यवस्थापनमा अब्बल देखिएका छन् । विगत केही निर्वाचनदेखि इलाममा सुरु भएको महिला कर्मचारीहरूलाई मतदान केन्द्रहरू व्यवस्थापन गर्न दिने अभ्यासमा महिला कर्मचारीहरू अब्बल सावित हुँदै गएका हुन्।
ती केन्द्रहरूमा प्रहरीबाहेक सबै कर्मचारी महिला रहेका छन् । जोखिमपूर्ण काम पुरुषले मात्र गर्न सक्छन् भन्ने मान्यतालाई उनीहरूको कामले गतिलो झापड हानेको मतदाताहरूले प्रतिक्रिया दिएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २६ गते, २०८१ - २१:०५
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत नाबालिकाको चरित्र हत्या गरेको आरोमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरको भक्तपुर नगरपालिका-४ काहाल...
बैशाख २६ गते, २०८१ - २०:४०
काठमाडाैं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को आयोजनामा मंगलबारदेखि जारी लेखा सुपरीवेक्षण समितिको दोस्रो राष्ट्रिय गोष्ठी १२ बुँदे...
बैशाख २६ गते, २०८१ - २०:३४
कालीकोट । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाले पशुपालन गर्ने किसानलाई गोठालो भत्ता दिने भएको छ । चालु आर्थिक वर्षको स्वीकृत बजेटअनुसार ‘कृषकसँग उपा...
बैशाख २६ गते, २०८१ - २०:१९
काठमाडौं । अभिनेता सलोन बस्नेत र पत्नी करिश्मालाई सन्तान लाभ भएको छ । बुधबार बिहान मेडिसिटी अस्पतालमा करिश्माले छोरीलाई जन्म दिएकी हुन् । अहिले आमा...
बैशाख २६ गते, २०८१ - १६:४०
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले सहकारी संघ संस्थाहरु बेलगामको घोडा जस्तै आफु अनुकुल चलेकाले समस्या आएको बताएका ...
काठमाडौंमा वर्षा, एयरपाेर्टमा बाढी #Nepal pic.twitter.com/LpKec1SuPX
— Ajay Das (@ajaydas09) May 8, 2024
बैशाख २६ गते, २०८१ - १६:३१
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भल पसेको छ । बुधबार दिउँसो आन्तरिक टर्मिनलको यात्रु प्रस्थान गर्ने प्रवेशद्वारमा भल पसेको हो । दुई भव...
बैशाख २६ गते, २०८१ - १६:२५
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका १६९ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उ...
बैशाख २६ गते, २०८१ - १६:१८
काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघका कार्यवाहक अध्यक्ष प्रकाश कटवालले संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । मुलुकका २० हजार भन्दा बढी कलाकारह...
बैशाख २६ गते, २०८१ - १६:११
काठमाडौं । विश्व ऋण परिषद्की सल्लाहकार तथा इन्टरनेश्नल एडभोकेसी एण्ड रेगुलेटरी काउन्सेल एरिक ओ हर्नले सहकारी संस्थाको दीगोपनाका लागि संस्थाको लेखा सुप...
बैशाख २६ गते, २०८१ - १६:०७
काठमाडौं । दक्षिण कोरियाले नेपाललाई गर्दै आएको विभिन्न सहयोगलाई थप वृद्धि गर्दै जाने भएको छ । नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्धको ५० वर्ष पु...
प्रतिकृया लेख्नुहोस्: