Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

एकीकरणमा जाने सहकारीका लागि विशेष प्याकेज ल्याउन नेफ्स्कूनको माग

खबरडबली संवाददाता

काठमाडाैं ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को आयोजनामा मंगलबारदेखि जारी लेखा सुपरीवेक्षण समितिको दोस्रो राष्ट्रिय गोष्ठी १२ बुँदे निष्कर्ष तथा प्रतिबद्धताहरु जारी गर्दै सम्पन्न भएको छ । गोष्ठीले पाँच बुँदे प्रतिवद्धता जाहेर गरेको छ भने नीगित तथा कानूनी अनुकूलनका लागि सरकारसमक्ष साँत बुँदे माग गरेको छ ।

बचत तथा ऋण सहकारीको गुणात्मक विकासका लागि प्रभावकारी आन्तरिक नियन्त्रण प्रणालीलाई स्थापित गरी स्व–नियमन र स्वअनुशासनका माध्यमबाट प्रबद्र्धन, सुदृढिकरण र शुद्धिकरण गर्न १२ बुँदे प्रतिवद्धता जारी गरिएको नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष तथा प्रवक्ता दामोदर अधिकारीले बताए ।

गोष्ठीले खराब नियत राखी बचत अपचलन गर्नेलाई निर्ममतापुर्वक कारबाही गर्न, वित्तीय कारोबार गर्ने सहकारीको नियमन गर्न छुट्टै कानूनको माग समेत गरेको छ । त्यस्तै विद्यमान सहकारी ऐनमा भएको बचत तथा कर्जा सुरक्षण कोष, कर्जा सूचना केन्द्र र ऋण असुली न्यायाधिकरण लगायत अन्य व्यवस्थाहरु अविलम्ब लागू गर्न नेफ्स्कूनको माग छ ।

 
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून)
लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी, २५–२६ बैशाख २०८१, काठमाण्डौ
लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी, २०८१ को निष्कर्ष तथा प्रतिबद्धताहरु
 
सहकारी क्षेत्रमा देखिएका समस्याले असल अभ्यास गरी रहेका साकोसहरुमा पनि त्यसको प्रभाव पर्न सक्ने सम्भावना देखिएकोले समग्र सहकारीप्रति विश्वासको वातावरण सृजना गर्न र सहकारी मार्फत समाजवाद उन्मुख अर्थव्यवस्थाको संवैधानिक अपेक्षा गरेको लक्ष्य प्राप्तिमा योगदान गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) द्वारा संयुक्त रुपमा आयोजित लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी २०८१ मा प्रस्तुत बिषयवस्तु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास सम्बन्धी छलफलका आधारमा आफ्नोतर्फबाट निम्न कार्यहरु गर्ने प्रतिबद्धता व्यक्त गर्दछ । साथै नेपाल सरकार समक्ष देहायका विषयमा नीगित तथा काूनूनी अनुकूलनका लागि जोडदार माग गर्दछ । 
 
क) प्रतिबद्धताहरु
साकोसहरुको गुणात्मक विकासका लागि प्रभावकारी आन्तरिक नियन्त्रण प्रणालीलाई स्थापित गरी स्व–नियमन र स्व अनुशासनका माध्यमवाट बचत तथा ऋण सहकारीहरुको प्रबद्र्धन, सुदृढिकरण र शुद्धिकरण गर्न देहायका कार्यहरु गर्न प्रतिबद्धता व्यक्त गर्दछौं ।
१. संस्थागत सुशासन र सुरक्षणको प्रत्याभुतिः प्रभावकारी लेखा सुपरिवेक्षण समितिको भावलाई व्यवहारमा उतार्न प्रचलित कानून, सहकारी अभियानका राष्ट्रिय तथा अन्तराष्ट्रिय असल अभ्यासहरु र संघले जारी गर्ने फिट एण्ड प्रपर टेस्ट, आन्तरिक लेखा सुपरिवेक्षण समितिको मार्गदर्शनको आधारमा एकरुपता कायम गरी संस्थागत सुशासन प्रत्याभूति गर्ने ।
२. सहकारी सञ्चालनमा सुरक्षा पहिलो प्राथमिकताको सिद्धान्तमा आधारित भई असल स्वयंसेवीको हैसियतले संस्थामा जोखिममा बिश्लेषण गरी÷गराई समाधानका उपायहरुको पहिचानमार्फत सदस्यहरुको बचत सुरक्षाको प्रत्याभुति गर्ने । 
३. साधारण सभाले दिएको जिम्मेवारी वहन गर्दै संघ÷संस्थाको सुरक्षा र विकासका लागि केन्द्रीय संघबाट प्रबद्र्धित गुणस्तर सुनिश्चितताका (एक्सेस, प्रोबेसन) मार्गदर्शनलाई स्वीकार गरी लेखा सुपरिवेक्षण समितिका कार्यहरुलाई संस्थागत गर्ने ।
४. लेखा सुपरिवेक्षण समिति सम्बन्धमा कानून र सिद्धान्तले तोकेको भुमिका निर्वाह गर्न सक्ने सक्षमता विकास गर्न सञ्जालवाट सञ्चालन हुने कार्यक्रमहरुमा अनिवार्य सहभागिता जनाउने । 
५.राष्ट्रिय गोष्ठीका निष्कर्ष तथा प्रतिबद्धताहरुलाई कार्यान्वयन गर्न गराउन संघले नेतृत्वदायी भूमिका निर्वाह गर्ने । 
 
मागहरु
 
६. सहकारी क्षेत्रमा देखिएका समस्याहरु समाधानका निम्ति यथार्थ विवरण संकलन गरी समस्याको पहिचान र गहनताको आधारमा सहकारी संस्थाहरुको वर्गीकरण गरी राम्रा र असल अभ्यास भएका सहकारीहरुको प्रबद्र्धन, समस्या उन्मुख सहकारी संस्थालाई थप समस्या हुन नदिन आवश्यक संरक्षण गर्ने र खराब नियत राखी बचत कर्ताहरुको बचत अपचलन गर्नेहरुलाई निर्ममतापुर्वक कारवाही गरी सहकारी प्रति विश्वासको वातावरण सृजना गर्न ।
७. सहकारी क्षेत्रमा देखिएको समस्याको दिगो समाधानका निमित्त वित्तीय कारोवार गर्ने सहकारी संस्थाहरुको नियमन, सुपरिवेक्षण, अनुगमन गर्ने अधिकार सम्पन्न पृथक निकायको अविलम्ब स्थापना गरी नियमन कार्यलाई प्रभावकारी बनाउन ।
८. समान प्रकृतिका सहकारी संस्थाहरुलाई एकिकरण गरी सहकारी संस्थामा सुशासन र संस्थागत विकासका निम्ति सहकारी संस्थाको एकिकरण गर्न राज्यको तहबाट कर तथा शुल्क छुट  एवं अन्य प्रोत्साहनको प्याकेज तयार गरी एकिकरण कार्यलाई बिशेष प्रोत्साहन गर्न ।
९. सहकारी संस्थाहरुको सञ्चालन, व्यवस्थापन र सुशासनको प्रबद्र्धन लगायतका विभिन्न बिषयलाई सम्बोधन गर्ने गरी बिद्यमान सहकारी नीतिको पुनरावलोकन गर्ने र सोही अनुरुप सहकारी ऐन नियममा संशोधन गर्न । 
१०. विद्यमान सहकारी ऐनमा भएको बचत तथा कर्जा सुरक्षण कोष, कर्जा सूचना केन्द्र र ऋण असुली न्यायाधिकरण लगायत अन्य व्यवस्थाहरु अविलम्ब लागू गर्न । 
११.न्यायिक निकायमा परेका सहकारीसँग सम्बन्धित मुद्दाहरुको समयमा नै किनारा नहुँदा दायित्व भुक्तानी सम्बन्धमा हुने ढिलाइ लगायतका समस्याहरुको शीघ्र किनाराका लागि अग्राधिकारको माग गर्दछौं ।
१२. वित्तीय कारोवार गर्ने र अन्य कारोवार गर्ने सहकारी संस्थालाई एउटै कानूनवाट नियमन गर्ने व्यवस्था कार्य प्रकृतिको आधारमा समेत नमिल्ने देखिएको र विश्व अभ्यासमा समेत वित्तीय कारोवार गर्ने सहकारीको नियमन गर्न अलग्गै कानूनको अभ्यास देखिएकोले यथाशिघ्र वित्तीय कारोवार गर्ने सहकारी संस्थाहरुको सञ्चालन र व्यवस्थापनका निम्ति वित्तीय सहकारी ऐन जारी गर्न ।
 
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शनिबारकाे ट्राफिक कारबाहीः पाँच लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा एक हजार ९ सय २२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा पाँच लाख ११ हजार ५ सय १ रुपैयाँ रा...

देशभर फैलिँदै मनसुन, कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । नेपालमा मनसुन क्रमशः देशभर फैलिने क्रममा रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्र तथा कर्...

जेनजी आन्दोलनका मुख्य अभियुक्त ताजिम अन्सारी पुर्पक्षका लागि थुनामा

विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...

विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरी छापा

विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...

श्रमदातालाई विपन्नको घर–टहरा बनाइदिन हर्क साम्पाङको आह्वान

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...

फेसबुकमै सचिव खोज्दै मन्त्री महावीर पुन, ‘अनुभवी र काम गर्न सक्ने व्यक्ति चाहियो’

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...

रास्वपा महाधिवेशन लम्बिँदा संसद तीनपटक रोकियो, दलको प्राथमिकतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...

झापामा दुई किशोरी बलात्कारको आरोपमा दुई युवक पक्राउ

झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...

कञ्चनपुर र कैलालीमा खैरो हेरोइनसहित ६ जना पक्राउ

काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...

अजय आरएन र शान्तिश्री परियारको नयाँ गीत ‘पिर दियौ’ सार्वजनिक

काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending