Ntc summer Offer
Khabar Dabali २७ बैशाख २०८१ बिहीबार | 9th May, 2024 Thu
NIMB

बझाङमा ४३ प्रतिशत मतदान

खबरडबली संवाददाता

बझाङ ।  बझाङमा प्रदेशसभा (क) को उपनिर्वाचनमा आज दिउँसो ३ः२० बजेसम्ममा ४३ प्रतिशत मतदान भएको छ ।  

मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार हालसम्ममा २६ हजार पाँच सय मत खसेको छ । मतदाता उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन् । प्रदेशसभा (क) का ७४ वटै मतदान स्थल र ९४ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको मुख्य निर्वाचन अधिकृत लामिछानेले राससलाई जानकारी दिए ।  

शान्तिपूर्ण रूपमा मतदान सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ । प्रदेशसभा ९क० मा ६१ हजार सात सय ४८ मतदाता रहेका छन् । 

गत निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । यहाँ ११ उम्मेदवार चुनावी मैदानमा छन् ।

कांग्रेसका अभिषेकबहादुर सिंह, एमालेका दमनबहादुर भण्डारी, नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढा, राप्रपाका किशोरकुमार खड्का, एकीकृत समाजवादीका दिलबहादुर सिंह, जनता समाजवादी पार्टीका रामबहादुर खड्का, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपकबहादुर खड्का, नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही, राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापा, जनमत पार्टीकी सुशीलादेवी विष्ट र नेशसनल रिपब्लिकन नेपालका कमल घर्तीमगरबीच चुनावी प्रतिस्पर्धा भइरहेको छ ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापाका दुई बैंकमा गरे तोडफोड

झापा । ऋणीलाई तनाव दिएको भन्दै  झापाका दुई बैंकमा गरे तोडफोड भएकाे छ । ज्योति र एभरेस्ट बैंकमा तोडफोड भएको हाे ।  दुर्गा प्रसाईँको ‘राष्ट्र राष्ट्र...

कृषिक्रान्ति नै देश समृ्द्धिको पहिलो आधार हाेः डा. बाबुराम भट्टराई

काठमाडौं। नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले कृषिक्रान्ति नै हाम्रो दिगो आर्थिक समृ्द्धिको पहिलो आधार भएको टिप्पणी गरेका छ...

‘रावायण’मा एयरलाइन्स पार्टनरका रुपमा जोडियो यति एयरलाइन्स

काठमाडौं । फिल्म ‘रावायण’ को छायांकन नसकिदै विभिन्न ब्रान्ड फिल्मसँग जोडिन सुरु भएको छ । फिल्मको स्टार कास्ट र निर्देशक सुदर्शन थापाको ड्रीम प्रोजेक्ट...

उपेन्द्र यादवको लागि अदालतको ढोका खुला छः महासचिव राई

काठमाडौं । अशोक राई नेतृवकाे जनता समाजवादी पार्टीका महासचिव इस्तियाक राईले उपेन्द्र यादवको लागि अदालतको ढोका खुला रहेकेा बताएका छन् । बिहीबार राजधानीम...

उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौंः अशोक राई

काठमाडौं। जसपाका अध्यक्ष अशोक राईले अस्थिरताको शिकार मुलुक हुन हुँदैन भनेर नयाँ दल बनाएको बताएका छन् । बिहीवार पत्रकार सम्मेलन गर्दै अध्यक्ष राईले अध्...

खानेपानीको गुणस्तर जाँच गरिँदै

बाँके । परम्परागत धाराबाट खानेपानी प्रयोग गरिरहेका कोहलपुर नगरपालिका–६ रझेना गाउँमा खानेपानीको गुणस्तर जाँच गर्न थालिएको छ । गाउँमै पानी परीक्षण शि...

२ सय १८ किलो ५ सय ग्राम गाँजासहित दुई जना पक्राउ

काठमाडौं । मोरङमा २ सय १८ किलो ५ सय ग्राम गाँजासहित दुई जना पक्राउ परेका छन् ।  जहदा गाउँपालिका-३ हातिबन्दाबाट अवैध लागूऔषध गाँजा २ सय १८ किलोसहित ...

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्...

सदावहार गायिका दीपा झाको 'जापानी टाइफन' सार्वजनिक (भिडियो )

काठमाडौं । नेपाली संगीत क्षेत्रकी सदावहार गायिका दीपा नारयण झाको नयाँ नेपाली गीत 'जापानी टाइफन' सार्वजनिक भएको छ  करिब १ बर्ष अघि नेपाल आएर गी...

मुख्यमन्त्री नियुक्तिको लागि प्रदेश सभा सदस्यहरुको सनाखत सुरु

विराटनगर । कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका सांसदहरूलाई सनाखत गराउन सुरु गरेका छन् । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies