जनकपुरधाम । मधेश प्रदेशमा विगत १० महिनामा आगलागीबाट १९ जनाको अकालमा मृत्यु भएको छ । चालु अर्थिक वर्ष २०८०/८१ को साउनदेखि हालसम्ममा १२ महिलासहित १९ जनाको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
साथै आगलागीमा परेर १५ जना बालबालिकासहित एक सय ३९ जना घाइते भएका छन् । सो आगलागीबाट सबैभन्दा बढी धनुषामा छजना, सिरहामा पाँचजना, रौतहटमा तीन जना, बारामा दुईजना, पर्सा ,महोत्तरी तथा सर्लाहीमा एक/एक जनाको मृत्य भएको हो ।
त्यसैगरी आगलागीबाट दुई सय ९६ वटा पशुचौपाया जलेर मरेको छभने एक सय १४ वटा पशुचौपाया घाइते भएको सो कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक सुवाचन्द्र बोहोराले जानकारी दिए । कार्यालयका अनुसार आगलागीबाट मधेश प्रदेशको आठवटा जिल्लामा एक हजार १० घरगोठ जलेर नष्ट भएको तथा एक हजार दुई सय ६६ वटा आगलागीको घटना भएको हो ।
आगलागीबाट जलेका एक हजार १० घरगोठ अन्तर्गत कच्ची घर छ सय ६९, पक्की घर ८८ तथा गोठ दुई सय ५३ रहेका छन् । प्राप्त विवरणमा सबैभन्दा बढी आगलागीको घटना सिरहामा दुई सय २९ वटा भएको तथा सबैभन्दा कम सर्लाहीमा एक सय ११ वटा भएको हो । महोत्तरीमा एक सय ९२ वटा, बारामा एक सय २९, रौतहटमा ८८ वटा, पर्सामा ७५ वटा र धनुषामा २५, सप्तरीमा एक सय ९४ घरगोठ जलेर नष्ट भएको बताइएको छ ।
प्रदेश प्रहरी कार्यालय अनुसार आगलागीमा रु ९९ करोड ६० लाख ३७ हजार मूल्य बराबरको धनमाल जलेर नष्ट भएको विवरणमा उल्लेख गरिएको छ । प्रवक्ता बोहोराका अनुसार चर्कोघाम, गर्मी, तातो हावा, पानीको अभाव, घनाबस्ती तथा चेतनाको कमी र लापरबाहीको कारणले आगालागीको घटनाभएको उल्लेख गर्दे आगलागीबाट सुरक्षित तथा सर्तक रहन सबैलाई आग्रह गरेका छन् । आगलागी पीडितलाई राहतको सहयोग सरकारी तथा गैरसरकारी पक्षबाट भइरहेको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ६ गते, २०८१ - २१:०४
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको आसन्न दसौँ राष्ट्रिय महाधिवेशनमा जुट्...
जेष्ठ ६ गते, २०८१ - २०:४१
काठमाडौं । ख्वप तिलगङ्गा आँखा अस्पतालले नयाँ भवनबाट आँखा सम्बन्धि विशिष्ट सेवा उपलब्ध गराउने भएको छ । तिलगङ्गा आँखा प्रतिष्ठान, ख्वप तिलगङ्गा आँखा...
जेष्ठ ६ गते, २०८१ - २०:३०
एजेन्सी । संयुक्त राष्ट्रसङ्घका मानवीय प्रमुख मार्टिन ग्रिफिथले आइतबार घेरामा परेको गाजामा अनिकालको चेतावनी दिँदै त्यहाँसम्म पुग्ने सहयातामाथिको अवरोध...
जेष्ठ ६ गते, २०८१ - २०:२५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघिल्लो पटकभन्दा बढी विश्...
जेष्ठ ६ गते, २०८१ - २०:२१
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला अन्त्य गरेर सहमतिका साथ अघि बढ्न आह्वान गरेका छन् । प्रतिनिधिसभाको आजक...
जेष्ठ ६ गते, २०८१ - २०:१६
वीरगञ्ज । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा रु साढे पाँच अर्बभन्दा धेरै रकम राजस्व सङ्कलन गरेको छ । कार्याल...
जेष्ठ ६ गते, २०८१ - २०:०९
दाङ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले राष्ट्र निर्माण र समृद्धिको यात्रा एमालेको सङ्कल्प भएको बताएका छन् । नेत्रलाल पौडेलको ४१औँ स्मृति दिव...
जेष्ठ ६ गते, २०८१ - २०:०७
काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला चोक आसपासमा सडक क्षेत्र मिचेर बनाएका घरटहरा आजदेखि भत्काउन सुरुआत गरेको छ । मापदण्ड विपरीत जग्गा अतिक्रम...
जेष्ठ ६ गते, २०८१ - २०:०२
काठमाडौं । काठमाडौंको बालाजुमा आइतबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ७४ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरे...
जेष्ठ ६ गते, २०८१ - १९:२४
काठमाडौं । इरानी राष्ट्रपति इब्राहिम रायसीलाई बोकेको हेलिकप्टर सम्पर्क विहिन भएको छ । अजरबैजानको भ्रमण गर्ने क्रममा राष्ट्रपति रायसी चढेको हेलिकप्टर स...
प्रतिकृया लेख्नुहोस्: