एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार स्वच्छ ऊर्जा परिवर्तनका लागि लागि आवश्यक खनिजहरूको खरिद र प्रयोगमा निष्पक्षता, दिगोपन र मानव अधिकारलाई एकीकृत गर्ने उद्देश्यले नयाँ पहल सुरु गरेका छन् ।
सरकार, सङ्गठन र राष्ट्रसङ्घीय निकायहरूको विविध समूहलाई एकताबद्ध गर्ने उक्त पहलले ‘क्रिटिकल एनर्जी ट्रान्जिसन मिनरल्स’ मा प्यानलको सुरुआत गर्दछ । प्यानललाई ऊर्जा सङ्क्रमणमा वातावरणीय र सामाजिक मापदण्डहरू कायम राख्न साझा र स्वैच्छिक सिद्धान्तहरूको सेट विकास गर्ने जिम्मेवारी दिइएको छ ।
महासचिव गुटेरेसले प्यानल लन्चका क्रममा भने, “नवीकरणीय ऊर्जाद्वारा सञ्चालित संसार महत्त्वपूर्ण खनिजहरूको लागि भोको संसार हो ।” उक्त पहल पहिलो पटक दुबईमा कोप–२८ जलवायु शिखर सम्मेलनमा घोषणा गरिएको र सेप्टेम्बरमा उच्चस्तरीय संयुक्त राष्ट्र महासभा सप्ताहअघि आफ्नो प्रारम्भिक सिफारिसहरू प्रस्तुत गर्न तयार रहेको छ ।
कोप–२८ भनेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घको फ्रेमवर्क कन्भेन्सनको पक्षहरूको सम्मेलनको २८ औँ बैठक हो । सौर्य प्यानल, पवन टर्बाइन र विद्युतीय सवारी जस्ता नवीकरणीय ऊर्जा प्रविधिहरूका लागि महत्त्वपूर्ण खनिजहरूको माग बढेको छ ।
यसको उदाहरणका लागि राष्ट्रसङ्घीय व्यापार तथा विकास निकायले उच्च दक्षता ब्याट्री र इलेक्ट्रोनिक्सका लागि आवश्यक लिथियमको माग १५ हजार प्रतिशतभन्दा बढीले बढ्न सक्ने अनुमान गरेको छ ।
त्यस्ता बढ्दो मागहरूले धेरै विकासशील देशहरूका लागि विशेषगरी अफ्रिकामा महत्त्वपूर्ण अवसर प्रदान गरेको छ । अफ्रिकाले ऊर्जा सङ्क्रमणका लागि महत्त्वपूर्ण दर्जन धातुहरूको विश्वव्यापी भण्डारको पाँचौँ भाग ओगटेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: