Khabar Dabali १८ फाल्गुन २०८२ सोमबार | 2nd March, 2026 Mon
Investment bank

कतारले युक्रेनी संसद्को मानवअधिकार आयुक्त कार्यालयलाई ३० लाख अमेरिकी डलर सहयोग गर्ने

खबरडबली संवाददाता

एजेन्सी । कतारले रुससँगको युद्धबाट प्रभावित परिवार र बालबालिकाहरूलाई सहयोग गर्ने उद्देश्यले प्रभावकारी सेवाहरू प्रदानका लागि आवश्यक पूर्वाधार सुदृढीकरण गर्न युक्रेनी संसद्को मानवअधिकार आयुक्तलाई  ३० लाख डलर प्रदान गर्ने घोषणा गरेको अल जजिराले जनाएको छ ।

कतारको विदेश मन्त्रालयले कोषको उद्देश्य युक्रेनमा बालबालिका, सशस्त्र द्वन्द्वबाट प्रभावित नागरिक र समग्र युक्रेनीको जीवन सुधार गर्न डिजाइन गरिएका पहलहरूलाई सहयोग गर्नु रहेको जनाएको छ । 

“यसबाहेक कोषले युक्रेनमा द्वन्द्व प्रभावित परिवारहरूलाई सहयोग प्रदान गर्न आवश्यक कानूनी सहयोग बढाउन तथा अत्यावश्यक पूर्वाधार सुधारमा योगदान गर्नेछ”, मन्त्रालयले विज्ञप्तिमा भनेको छ । 

मन्त्रालय र आयुक्तको कार्यालयले पनि मानव मर्यादाको सम्मान हुने  तथा हरेक व्यक्तिको अधिकारको रक्षा हुने जनाउँदै संसारप्रति आफ्नो समर्पण दोहोर्र‍एका छन् ।
यस हप्ताको सुरुमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सन् २०२२ मा युक्रेन आक्रमण गरेपछि रुसमा जबरजस्ती निर्वासित गरिएका १६ युक्रेनी बालबालिका हाल कतारमा हुर्किरहेको बताएका थिए । 

“हजारौँ केही जबरजस्ती निर्वासित युक्रेनी बालबालिका रुसमा छन्, समय बित्दै जाँदा उनीहरू आफ्नो परिवार र मातृभूमिबाट अलग भइरहेको महसुस गर्नु हृदयविदार छ, हामीले मिलेर हरेक बालबालिकालाई घर ल्याउनका लागि हरसम्भव प्रयास गर्नुपर्छ । विश्वभरमा यो कठिन कार्यमा हाम्रो सहयोग गरिरहेकामा म धन्यवाद दिन्छु”, उनले सामाजिक सञ्जाल एक्समा भने । 

यसैगरी युक्रेनी राष्ट्रपतिले युक्रेनलाई सहयोग गरेकोमा कतारप्रति कृतज्ञता व्यक्त गर्दै महत्त्वपूर्ण सहयोग गरेकामा कतारका अमिर शेख तमिम बिन हमद अल–थानीप्रति आभारी र खुशी भएको उल्लेख गरे । यस मामिलामा निरन्तर फलदायी सहयोगका साथसाथै थप बालबालिकाको फिर्तीका लागि तत्पर रहेको उनले बताए । 

परिवारहरूको पुनर्मिलन गर्न जारी मध्यस्थता प्रयासको एक हिस्साका रूपमा स्वास्थ्य सेवा र सहयोग प्रदान गर्न कतारको राजधानी दोहामा २० युक्रेनी तथा रूसी परिवार आइपुगेको केही दिनपछि जेलेन्स्कीको टिप्पणी आएको अल जजिराले जनाएको छ । 

यसबाहेक युक्रेनका अनुसार सन् २०२२ मा मस्कोले युक्रेनमा पूर्ण आक्रमण सुरु गरेदेखि रुसले १९ हजारभन्दा बढी युक्रेनी बालबालिकालाई अवैध रूपमा आफ्नो कब्जामा लिएको छ । तीमध्ये चार सय भन्दा कम मात्र बालबालिका घर फर्केका छन् भने बाँकी बेखबर छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE