Ntc summer Offer
Khabar Dabali २८ बैशाख २०८१ शुक्रबार | 10th May, 2024 Fri
NIMB

सर्लाहीका पाँच पालिकाका विद्यार्थीले अझै पाएनन पाठ्यपुस्तक

खबरडबली संवाददाता

सर्लाही । सर्लाहीका पाँच पालिकाले रकम निकासा नगर्दा धेरै विद्यालयले अझै पाठ्यपुस्तक वितरण गर्नसकेका छैनन् ।

जिल्लाका कविलासी, हरिपुर्वा र गोडैता नगरपालिका तथा धन्कौल र चन्द्रनगर गाउँपालिकाले पाठ्यपुस्तकका लागि रकम निकासा नदिँदा शैक्षिकशत्र सुरूभइसक्दा पनि पाठ्यपुस्तक वितरण गर्न नसकिएको स्थानीय विद्यालयले जनाएका छन् । 

पालिकाले आन्तिरिक समस्या देखाउँदै पाठ्यपुस्तक खरिदका लागि निकासा नगरेपछि पाठ्यपुस्तक वितरण नहुँदा  पठनपाठन नै प्रभावित भएको हरिपुर्वा–२ स्थित प्राथमिक विद्यालयका शिक्षक दिनेश रायको भनाइ छ । 

हरिपुर्वा नगरपालिका शिक्षा शाखा प्रमुख जनक काफ्लेले भने प्रमुख प्रशासकीय अधिकृत नभएकाले पुस्तक खरिदका लागि निकासा दिन ढिलाइ भएको बताए । प्रशासकीय अधिकृत आउनेबित्तिकै निकासा दिने गरी उधारोमा भए पनि पुस्तिक वितरण गर्न आग्रह गरिएको र धेरै विद्यालयले सोहीअनुसार व्यवस्था गरेका समेत उनले बताए । 

त्यस्तै, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले पनि पछि भुक्तानी गर्ने गरी विद्यार्थीलाई पुस्तक उपलब्ध गराउन आग्रह गरिएको बताए । 

चन्द्रनगर गाउँपालिका–३ स्थित श्रीराम जनता निम्न मावि बडकुर्वाका प्रधानाध्यापक सरोज सिंहले भने पालिकाहरूले समयमै पुस्तकको भुक्तानी नगर्ने भन्दै स्थानीय पुस्तक वितरकले उधारोमा कारोबार गर्न नमानेका बताए । आफ्नो विद्यालयमा जस्तै निकासा रोकिएर समयमै पाठ्यपुस्तक नपाउँदा जिल्लाका धेरै विद्यालयलाई समस्या भएको उनको भनाइ छ । 

सर्लाहीमा चार सय ४२ सामुदायिक विद्यालयमा एक लाख १९ हजार सात सय सात विद्यार्थी भर्ना रहेका शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक सुनिलकुमार कुशवाहले जानकारी दिए । तिमध्ये उल्लेखित पाँच पालिका क्षेत्रका विद्यालयमा पाठ्यपुस्तक वितरणमा समस्या छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बागमती प्रदेशसभाको बैठक बैशाख ३१ गते आह्वान

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशसभाको वर्षे अधिवेशन यही वैशाख ३१ गते अपराह्न १ बजे बस्ने गरी आह्वान गरेका छन् ।  बा...

हिमाल आरोहण गरी फर्किने क्रममा पर्वतारोहीको मृत्यु

संखुवासभा । संखुवासभामा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ ।  जिल्लाको मकालु गाउँपालिका–...

कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीले बैशाख ३१ गते विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी वैशाख ३१ गते विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएक...

वडा कार्यालयको प्राङ्गणमा स्वर्गीय रिजालको शालिक

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६ को अध्यक्ष पदमै रहेका बेला निधन भएका स्व. मुकुन्द रिजालको शालिक अनावरण भएको छ । वडाको प्राङ्गणमा राखिएको श...

गण्डकीमा दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश, जेठ ८ गते अन्तिम सुनुवाई हुने

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी  नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । न्...

ट्याक्टर दुर्घटनामा परी सुस्तामा एक जनाको मृत्यु

नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा ट्याक्टर दुर्घटनामा परी एक  जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । सुस्ता गाउँपालिका-३ बिगेट...

कञ्चनपुरमा आगलागीमा परी एक महिलाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा ग्याँस सिलिण्डरबाट आगालागी हुँदा बिहीबार एक महिलाको मृत्यु भएको छ । जिल्लाको लालझाडी गाउँपालिका–५ देखतभुलीकी ६८ वर्षीया मानमत...

पर्यटन बोर्डलाई चलायमान बनाउन नीतिगत सुधार जरुरी : सचिव पाण्डेय

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेले नेपाल पर्यटन बोर्डलाई चलायमान बनाउन नीतिगत सुधार जरुरी रहेको बता...

सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब रु एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने

काठमाडौं । सरकारले विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने अमेरिकी डलर ९०,२४,३१२ (करिब रु एक अर्ब २० करोड) बराबरको अनुदान सहायत...

जलाधार अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा दायर

धनगढी । कैलालीका जलाधार अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies