वासिङटन । अमेरिकी गुप्तचर निकायले विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्युका लागि रूसी राष्ट्रपति नै जिम्मेवार भए पनि उनले त्यस्तो घटना हुन आदेश नदिएको बताएको वाल स्ट्रिट जर्नलले शनिबार जनाएको छ ।
जर्नलका अनुसार मृत्युका कारण राष्ट्रपति भ्लादिमिर पुटिनको रुसविरुद्ध नयाँ चरणको प्रतिबन्ध लगाइएकोमा गोप्य गुप्तचर र सार्वजनिक तथ्यको विश्लेषणमा आधारित यो खोजले नाभाल्नीको सुदूर आर्कटिक जेलमा मृत्युबारे नयाँ प्रश्न खडा गरेको छ ।
ती तथ्यहरूमध्ये फेब्रुअरीको मध्यमा विपक्षी नेता नाभाल्नीको मृत्यु भएको थियो भने उनको मृत्युको एक महिनापछि भएको निर्वाचनले पुटिनलाई पुनः नयाँ कार्यकालका लागि निर्वाचित गरेको थियो ।
निर्वाचनका कारण नाभाल्नीको मृत्युको बिषय ओझेलमा परेको थियो । नयाँ खोजले नाभाल्नीको मृत्युमा पुटिनको जिम्मेवारीमाथि प्रश्न नउठाए पनि सीआईए र अन्य अमेरिकी गुप्तचर एजेन्सीहरूले सम्भवतः उहाँले ‘त्यतिबेला’ यो आदेश नदिएको हुनसक्ने विश्वास गरेका छन् ।
अमेरिकी खोजमा जानकारी लिइएका कतिपय युरोपेली अधिकारीहरूले ४७ वर्षीय विपक्षी नेता नाभाल्नीको गतिविधिप्रति पुटिन असन्तुष्ट रहेपनि यो घटनामा उनको प्रत्यक्ष सम्लग्नता नरहेको हुनसक्ने र उनलाई पूर्वजानकारी बिना नै निशाना बनाइएको हुन सक्नेमा शङ्का व्यक्त गरेका छन् ।
राष्ट्रपति जो बाइडेन र विश्वका अन्य थुप्रै नेताहरूले सार्वजनिक रूपमा यस रिपोर्टबारे कुनै प्रतिक्रिया व्यक्त गरिसकेका छैनन् तर बाइडेनले नाभाल्नीको मृत्युको आश्चर्यजनक समाचार सार्वजनिक भएपछि दिएको अभिव्यक्तिमा भनिएको थियो, “कुनै गल्ती नगर्नुहोस् । नाभाल्नीको मृत्युका लागि पुटिन जिम्मेवार छन् ।”
रूसी जेल सेवाका अनुसार नाभाल्नी फेब्रुअरी १६ मा एकान्त शिविरमा हिँडडुल गर्ने क्रममा वेशोस हुनुभएको थियो र उहाँलाई पुनर्जीवित गर्ने चिकित्सकको प्रयास असफल भएको बताइएको थियो ।
एक दिन अघि मात्र एक भिडियोमा नभाल्नी तुलनात्मक रूपमा स्वस्थ र स्वभाविक मुद्रामा देखिएका थिए । त्यसको एक हप्ताअघि, उनी सम्भावित कैदी आदानप्रदानको बारेमा उच्च–स्तरीय वार्ताको विषय बनेका थिए । कैँदी आदानप्रदानका लागि उनको नाम पनि समावेश थियो ।
नाभाल्नी र उनका समर्थकले राज्यविरूद्ध ‘मनगढन्ते’ काम गरेको आरोपमा १९ वर्षको जेल सजाय काटिरहेका थिए । यसअघि उनी अमेरिकी र अन्य अनुसन्धानकर्ताहरूले क्रेमलिनलाई दोष दिएको विषाक्तताबाट बच्नुभएको थियो । रूसी अधिकारीहरूले विषाक्तता वा उहाँको मृत्युमा कुनै पनि दोष नरहेको बताएका छन् ।
हालैका वर्षहरूमा क्रेमलिनका कैयौँ प्रमुख विरोधीहरूको मृत्यु भएको छ, जेलमा राखिएको छ वा निर्वासनमा जान बाध्य पारिएको छ । एएफपीले प्रतिक्रियाका लागि शनिबार सम्पर्क गर्दा राष्ट्रिय सुरक्षा परिषद्ले उक्त रिपोर्टबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - ०९:२७
पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...
माघ ३ गते, २०८२ - ०९:२२
बनियानी । झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...
माघ ३ गते, २०८२ - ०९:१९
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्। गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...
माघ ३ गते, २०८२ - ०७:४७
काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...
माघ ३ गते, २०८२ - ०७:४१
काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...
माघ ३ गते, २०८२ - ०७:३७
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
माघ ३ गते, २०८२ - ०७:३०
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...
माघ ३ गते, २०८२ - ०७:२६
बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...
माघ ३ गते, २०८२ - ०७:१८
काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...
माघ ३ गते, २०८२ - ०७:०९
काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...




प्रतिकृया लेख्नुहोस्: