Ntc summer Offer
Khabar Dabali ३१ बैशाख २०८१ सोमबार | 13th May, 2024 Mon
NIMB

काभ्रेको आठसय १८ हेक्टर वनमा आगलागी

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको ४२ वटा सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी हुँदा आठ सय १८ हेक्टर वन जलेर नष्ट भएको छ । 

करिब तीन महिनाको अवधिमा उक्त क्षेत्रत्रफलमा आगलागी भई क्षति पुगेको डिभिजन वन कार्यालयध धुलिखेलले जनाएको छ । जिल्लाका निजी वनपाखा, घर तथा टहरामासमेत आगलागीको घटना भएका छन् । कार्यालयका अनुसार जिल्लास्थित सव–डिभिजन वन कार्यालय अन्तरगतका केही सामुदायिक र राष्ट्रिय वनमा आगलागी भइरहेको छ । 

केही स्थानमा आगलागी नियन्त्रणमा आए पनि केही स्थानमा आगलागी भइरहेको कार्यालयका सूचना अधिकारी सरिता लामाले जानकारी दिइन् । लामाका अनुसार वैशाख दोस्रो सातासम्म सव–डिभिजन वन कार्यालय चौवासअन्तर्गत १० स्थानमा आगलागी हुँदा चार सय २२ हेक्टर वनमा क्षति पुगेको छ । यस्तै सव–डिभिजन जनागालअन्तरगत चार स्थानको ३२ हेक्टर, सव–डिभिजन महादेवस्थान अन्तरगत पाँच स्थानमा १५ दशमलव ५ हेक्टर, सव–डिभिजन कटुन्जेअन्तर्गत दुई स्थानमा  एक सय ८२ हेक्टरमा आगलागी भएको थियो । 

त्यस्तै सव–डिभिजन खोपासी अन्तरगत आठ स्थानमा ४३ हेक्टर, सव–डिभिजन नमोबुद्धअन्तरगत १३ स्थानमा एक सय २३ हेक्टरमा आगलागी भएको जनाइएको छ । तेमालमा एक जनाको आगो निभाउन जाने क्रममा एक जनाको निधन भएको थियो । 

यस्तै आगलागीका क्रममा नौ जना घाइते भएका छन् । वनपाखा, घर–टहरा तथा जङ्गलमा आगलागी हुँदा स्थानीय, प्रहरी, सशस्त्र प्रहरी तथा केही स्थामा दमकलको सहायताबाट आगो नियन्त्रणमा लिने गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । कार्यलय प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काका अनुसार वनमा आगलागी गर्ने केही व्यक्तिको पहिचान गरी नियन्त्रणमा लिएर कारबाही पनि गरिएको बताइन् । “केहीको पहिचान गर्ने क्रममा छौँ”, उनले भनिन् । 

आगलागीका कारण वन्यजन्तु, बोट बिरुवा र लोपोन्मुख वनस्पतिसमेत नष्ट भएको जनाइएको छ । डिभिजन वन कार्यालयले केही वन्यजन्तुको उद्धार गरेको लामाले बताइन् । उनका अनुसार उद्धार गरिएकामध्ये सुन कछुवा जिउँदै उद्धार भएको छ, भने तीन वटा भाले चितुवा, एक पोथी चितुवा तथा एक रतुवा मृग, एक दुम्सी मृत अवस्थामा फेला पारिएको थियो भने मृगको एक बच्चा जिउँदै अवस्थामा फेला पारिएको हो । दुम्सी मृत अवस्थामा फेला परेको छ । 

वन कर्मचारीप्रति बदलाको भावना, जङ्गलमा घाँस पलाउने धारणा, वनमा रहेका बोटबिरुवामा राम्रो फल फल्ने आशा, चोरी सिकारीले जङ्गलीजन्तुको सिकार गर्न सहज बनाउने उद्देश्यले जिल्लाका सामुदायिक वनमा डढेलो लगाउने गरेको बताइन्छ । 

सामुदायिक वनमा डढेलो लाग्न नदिन जिल्ला वन डिभिजन कार्यालयले जिल्लाका विभिन्न स्थानमा चेतनामूलक होडिङबोर्ड राख्नुका साथै डढेलोबाट हुने बेफाइदा, हानिनोक्सानी र कानुनी व्यवस्थाका बारेमा प्रचारप्रसार गर्दै आएको जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लामा गुडिरहेको ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु

हुम्ला । गुडिरहेको ट्याक्टर खसेर हुम्लामा एक महिलाको ज्यान गएको छ । आइतबार दिउँसो खार्पुबाट सिमकोट आउँदै गरेको लु ४ त १४४९ नम्बरको ट्याक्टरबाट खस्दा स...

राष्ट्रिय नाचघरमा ‘माटोको गीत’

काठमाडौं । देशभक्ति भाव जागृत गराउन नेपाल सांस्कृतिक संस्थानले ‘माटोको गीत’ संस्कृति शृङ्खला सुरुआत गरेको छ । हरेक शुक्रबार सञ्चालन हुने सांस्कृतिक शृ...

भारतमा छात्रामाथि बलात्कार गर्ने मोलबी पक्राउ

पटना । भारतको राजधानी दिल्लीसँग जोडिएको युपीको गाजियाबादमा प्रहरीले एक जना मौलवीलाई छात्रामाथि बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ ।  युवतीको साथ ...

वल्डलिङ्कको रिट खारेज: राज्य कोषको अर्बौँ रकम सुरक्षित

काठमाडौं । सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर गरेको आठ वटै रिट निवेदन खारेज गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र डा नहकुल सु...

फेवातालको जलकुम्भी हटाउने अभियान

कास्की । फेवातालमा बढ्दै गएको जलकुम्भी झारका कारण ताल कुरुप बन्न थालेपछि आजदेखि सरसफाइ अभियानको शुभारम्भ गरिएको छ ।   वातावरण संरक्षणका लागि महाअभि...

करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटबाट मनोमानी रुपमा करका दर हेरफेर नहुने स्पष्ठ पारेका छन् ।  आज यहाँ आयोजित पूर्वबजेट छ...

ठगीकाे आरोपमा चार जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिने भनी रु ७३ लाख ५० हजार ठगी गरेको आरोपमा चार जनाला...

मोटरसाइकल दुर्घटनामा एककाे मृत्यु

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका-८ स्थित अरनिको राजमार्गको जल्किने मोडमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  चौतारातर...

मधेशमा नयाँ समीकरण बनाउन चार दलकाे सहमति, मुख्यमन्त्रीमा सहमति हुन बाँकी

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सत्ता समिकरण बनेकाे छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच नयाँ सरकार गठ...

महिलाको आर्थिक स्तर माथि उठाउन हाम्रा कार्यक्रम गरिब लक्षित हुनुपर्छ: मन्त्री चौधरी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिलालाई आर्थिक स्तर माथि उकास्न गरिब लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएकी ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies