बाग्मती। कर्मचारी अभावका बाबजुद मकवानपुरको हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय ‘वर्कसप’ले चालु आर्थिक वर्षको सात महिनामा नौ सय ट्रान्सफर्मर मर्मत गरेको छ।
कार्यालय प्रमुख इन्जिनियर राजकुमार श्रेष्ठका अनुसार चालु आव २०८२र८३ को साउनदेखि हालसम्म वर्कसपमा विभिन्न जिल्लाबाट बिग्रिएर आएका ती ट्रान्सफर्मर मर्मत गरी फिर्ता पठाइएको हो।
गत आव २०८१र८२ मा एक हजार नौ सय ५० थान ट्रान्सफर्मर मर्मत गरेको सो वर्कसपले चालु आवमा एक हजार ५०० को हाराहारीमा ट्रान्सफर्मर मर्मत गर्ने लक्ष्य लिएको प्रमुख श्रेष्ठले बताए। ‘हामीसँग चाहिने जति जनशक्ति छैन, केही समय ट्रान्सफर्मरमा प्रयोग हुने तेल र तामाको मूल्य बढेर आपूर्तिका लागि ‘टेन्डर’ हुन नसक्दा मर्मतको काम रोकियो’, उनले भने, ‘पछिल्लो दुई महिनादेखि ट्रान्सफर्मर मर्मतको काम भइरहेको छ। लक्ष्य भेटाउने गरी काम गर्छौं।’
उक्त वर्कसपले मधेस प्रदेश, गण्डकीका सबै जिल्ला तथा बाग्मती प्रदेशका मकवानपुर, चितवन, सिन्धुली जिल्लामा जडान भएका ट्रान्सफर्मर मर्मत गर्दै आएको छ। कुल ४९ जना जनशक्तिको दरबन्दी रहेको वर्कसपमा हाल २९ जना स्थायी, १५ जना ज्यालादारी र आठ जना करारका कर्मचारी कार्यरत छन्।
प्रमुख श्रेष्ठका अनुसार कार्यालयमा माथिल्लो तहको जनशक्ति भए पनि हेल्पर, जुनियर हेल्परको अभाव छ। ‘ट्रान्सफर्मर खोल्न र लगाउन हेल्पर र जुनियर हेल्पर आवश्यक हुन्छ, ती कर्मचारी हामीसँग तीन जना मात्रै छन्। त्यसैले काम गर्न समस्या भइरहेको छ,’ उनले भने।
ट्रान्सफर्मर मर्मतको सङ्ख्या र दायित्व बढे पनि पुरानै दरबन्दीअनुसार जनशक्ति व्यवस्थापन हुँदा सोचेअनुसार काम गर्न समस्या रहेको उहाँले बताउनुभयो। जनशक्ति व्यवस्थापनका लागि केन्द्रमा पटक पटक पत्राचार गरे पनि खासै उपलब्धि नभएको श्रेष्ठको भनाइ छ।
उनका अनसार हाल यहाँ महिनामा एक सय ५० देखि दुई सयसम्म ट्रान्सफर्मर मर्मत भइरहेका छन्। ‘मुलुकमा खाना पकाउने ग्यासको अभाव भइरहेको छ, यस्तो अवस्थामा विद्युतीय चुलोको प्रयोग बढ्न सक्छ र गर्मी पनि बढ्ने भएकाले अत्यधिक सङ्ख्यामा ट्रान्सफर्मर बिग्रिन सक्ने सम्भावना छ’, प्रमुख श्रेष्ठले भने, ‘जनशक्ति नबढाइए समयमा ट्रान्सफर्मर गर्न कठिनाइ हुनसक्छ, यसमा केन्द्रको ध्यानाकर्षण गराइरहेका छौँ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ४ गते, २०८३ - १०:४७
प्यूठान । माडी नदीमा डुबेर एक सडक मजदुरको ज्यान गएको छ । नौबहिनी गाउँपालिका-१ स्याउलिवाङका ३५ वर्षीय फरम मल्लको ज्यान गएको हो । नुहाउन खोलामा गएका ...
बैशाख ४ गते, २०८३ - १०:४५
काठमाडौं । गृहमन्त्री सुदन गरूङले ज्यानसम्बन्धी कसुरमा पक्राउपछि अनुसन्धानका लागि दिइने २५ दिनको कानुनी समयसीमा अपुग हुने बताएका छन्। गृह मन्त्रालयमा ...
बैशाख ४ गते, २०८३ - १०:३६
काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । पत्थरीको अपरेसनपछि त्रिवी शिक्षण अस्पतालमा उपचाररत ओल...
बैशाख ४ गते, २०८३ - १०:१०
धनकुटा । पछिल्ला वर्षहरूमा धनकुटामा पर्यटन प्रवर्द्धनको नाममा करोडौँ रुपैयाँ खर्चेर विभिन्न पूर्वाधार निर्माण गरिए पनि अपेक्षित प्रतिफल भने प्राप्त हु...
बैशाख ४ गते, २०८३ - ०९:४५
काठमाडौं । सुन ठगीको आरोपमा दुई पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षीया बीबी काल्सुम र ४१ वर्षीया साभ्ना रहेका छन् ...
बैशाख ४ गते, २०८३ - ०९:४०
काठमाडौं । आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । आज काठमाडौंको मातातीर्थमा ...
बैशाख ४ गते, २०८३ - ०९:३८
धनगढी । देशको नक्सामा रेखा कोर्न सजिलो छ, तर भूगोल जोगाउन बाटो चाहिन्छ । बाटो नभए सीमाना कागजमै रहन्छ, बस्ती बिस्तारै पराइ बन्छ । व्यासको कथा यही हो। ...
बैशाख ४ गते, २०८३ - ०९:१४
काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा-मीठा खानेकुरा खान ...
बैशाख ४ गते, २०८३ - ०९:०९
धनुषा । मिथिला नगरपालिका-७, ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी भएको छ । गए राति भएको आगलागीबाट १५ करोड बराबरको क्षति भएको रिफाइनरीका प्रबन्धक सञ्जय...
बैशाख ४ गते, २०८३ - ०९:०१
कञ्चनपुर । सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको एउटा भिडियोले १८ वर्षदेखि हराएको छोराको खबर ल्याएपछि शुक्लाफाँटा नगरपालिका–१२ का डम्बरबहादुर नेगीको पर...


प्रतिकृया लेख्नुहोस्: