Ntc summer Offer
Khabar Dabali ३१ बैशाख २०८१ सोमबार | 13th May, 2024 Mon
NIMB

सहरी क्षेत्रमा फस्टाउँदै कौसी खेती

खबरडबली संवाददाता

कास्की । पोखरा-८ निवासी क्रान्ति अधिकारीको कौसीमा उत्पादन भएको तरकारीले चार जनाको परिवारलाई वर्षभरि खान पुग्छ । उनि सफल कौसी खेती किसानको रुपमा परिचित छिन् । 

व्यापारको सिलसिलामा चितवनबाट पोखरा आएकी  अधिकारी परिवारले पोखरा–८ स्थित सिमलचौरमा पाँच आना जग्गामा घर बनाइन । तरकारी लगाउने ठाउँ नभएपछि उनले पाँच वर्षअघिदेखि कौसीमा तरकारी लगाउन सुरु गरिन । अधिकारीले भनिन्, “यतिबेला मेरो घरको कौसीमा गोलभेडा, बन्दा, घिरौँला, काँक्रो, लौका जस्ता तरकारी फलेका छन् । ती तरकारीले परिवारलाई खान पुग्छ, मेरो भान्छामा खाने ८० प्रतिशत तरकारी कौसी कै उत्पादनले पुग्छ ।”

पोखराका ३३ वडामध्ये सहरी क्षेत्रका १७ वटा वडामा पोखरा महानगरपालिकाले दुई वर्षयता कौसी तथा करेसाबारी तरकारी खेतीलाई अनुदान दिने गरेको छ । 
पोखरा महानगरपालिका र नेपाल विकास समाज कास्कीले यही वैशाख १५ गतेदेखि तीन दिने घरेलु फोहर व्यवस्थापनका लागि कम्पोष्टिङ, करेसाबारी तथा कौसी खेतीसम्बन्धी प्रशिक्षक-प्रशिक्षण तालिम आयोजना गरेको छ । 

करेसाबारी तथा कौसी खेती सम्बन्धी उक्त तालिममा पोखराका पाँच वडाका ३० महिला सहभागी छन् । तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले कौसीकै तरकारीबाट आत्मनिर्भर हुँदा गृहिणीहरुलाई उत्साह मिल्ने बताइन् । 

सहर बजारमा पर्याप्त जग्गा नहुँदा कौसीमा तरकारी लगाउने अभियानले यतिबेला पोखरामा तीव्रता पाएको बताउँदै उपप्रमुख गुरुङले घरको भान्छामा खेर गएको फोहोरलाई कम्पोष्ट मल बनाएर प्रयोग गर्दा फोहोर व्यवस्थापन हुने बताइन् । “मेहनेतसाथ उत्पादन गरेको तरकारी आफूले खाँदा आनन्द आउँछ”, उपप्रमुख गुरुङले भनिन्, “तरकारी किन्दा हुने खर्च पनि बचत हुन्छ ।”

पोखरा-५ जिरो किलोमिटर निवासी दुर्गा अधिकारीले २० वर्षदेखि करेसाबारीमा तरकारी खेती गर्दै आएकी छिन् । दुई वर्षअघि घरको तला थपेपछि करेसाबारीमा घरको ओझेलले तरकारी हुन छाड्यो । विकल्पमा उनले कौसी खेती सुरु गरिन । अहिले करेसाबारीमा हुने भन्दा बढी तरकारी उत्पादन उनको कौसीमा हुने गरेको छ । 

पोखरा महानगरपालिका कृषि तथा आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले केही वर्षदेखि पोखराको सहरी क्षेत्रमा कौसी तथा करेसाबारी खेतीबाट वार्षिक रु २४ देखि २५ करोडको तरकारी उत्पादन हुने गरेको बताए । उनले पोखराको सहरी क्षेत्रमा ३५ हजार परिवारले कौसी तथा करेसाबारीमा तरकारी खेती गर्दै आएको जानकारी दिए । 

कौसी खेतीलाई बढवा दिन पोखरा महानगरपालिकाले वडा–वडामा कृषि सञ्जाल गठन गरेको छ । तालिममा कौसी खेती कृषकले आ-आफ्ना अनुभव साटेका छन् । 

महानगरले कौसीखेती गर्ने किसानलाई मल प्रविधि, बिरुवा, गमला, कोकोपिट, कम्पोष्ट विन लगायतमा ५० प्रतिशत अनुदान दिँदै आएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लामा गुडिरहेको ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु

हुम्ला । गुडिरहेको ट्याक्टर खसेर हुम्लामा एक महिलाको ज्यान गएको छ । आइतबार दिउँसो खार्पुबाट सिमकोट आउँदै गरेको लु ४ त १४४९ नम्बरको ट्याक्टरबाट खस्दा स...

राष्ट्रिय नाचघरमा ‘माटोको गीत’

काठमाडौं । देशभक्ति भाव जागृत गराउन नेपाल सांस्कृतिक संस्थानले ‘माटोको गीत’ संस्कृति शृङ्खला सुरुआत गरेको छ । हरेक शुक्रबार सञ्चालन हुने सांस्कृतिक शृ...

भारतमा छात्रामाथि बलात्कार गर्ने मोलबी पक्राउ

पटना । भारतको राजधानी दिल्लीसँग जोडिएको युपीको गाजियाबादमा प्रहरीले एक जना मौलवीलाई छात्रामाथि बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ ।  युवतीको साथ ...

वल्डलिङ्कको रिट खारेज: राज्य कोषको अर्बौँ रकम सुरक्षित

काठमाडौं । सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर गरेको आठ वटै रिट निवेदन खारेज गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र डा नहकुल सु...

फेवातालको जलकुम्भी हटाउने अभियान

कास्की । फेवातालमा बढ्दै गएको जलकुम्भी झारका कारण ताल कुरुप बन्न थालेपछि आजदेखि सरसफाइ अभियानको शुभारम्भ गरिएको छ ।   वातावरण संरक्षणका लागि महाअभि...

करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटबाट मनोमानी रुपमा करका दर हेरफेर नहुने स्पष्ठ पारेका छन् ।  आज यहाँ आयोजित पूर्वबजेट छ...

ठगीकाे आरोपमा चार जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिने भनी रु ७३ लाख ५० हजार ठगी गरेको आरोपमा चार जनाला...

मोटरसाइकल दुर्घटनामा एककाे मृत्यु

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका-८ स्थित अरनिको राजमार्गको जल्किने मोडमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  चौतारातर...

मधेशमा नयाँ समीकरण बनाउन चार दलकाे सहमति, मुख्यमन्त्रीमा सहमति हुन बाँकी

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सत्ता समिकरण बनेकाे छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच नयाँ सरकार गठ...

महिलाको आर्थिक स्तर माथि उठाउन हाम्रा कार्यक्रम गरिब लक्षित हुनुपर्छ: मन्त्री चौधरी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिलालाई आर्थिक स्तर माथि उकास्न गरिब लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएकी ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies