Ntc summer Offer
Khabar Dabali ३ जेष्ठ २०८१ बिहीबार | 16th May, 2024 Thu
NIMB

यस वर्ष तनहुँमा सोह्र योजना कार्यान्वयनमा आएनन्

खबरडबली संवाददाता

तनहुँ । चालु आर्थिक वर्ष तनहुँमा सोह्रवटा योजना कार्यान्वयनमा आउन सकेका छैनन् । योजनाको नाम फरक परेका, विवाद भएका र बजेट सुनिश्चित नभएका योजना कार्यान्वयनमा नआएको हो । 

सडक योजना अन्तर्गत आठ र झोलुङ्गे पुल आठ वटाको निर्माण  रोकिएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक वर्षमा दुई सय ९५ योजनामध्ये एघार वटा योजना सम्पन्न भएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जानकारी दिए । 

साउनदेखि चैत महिनाको हालसम्म नौ वटा मोटर मार्गको स्तरोन्नति र दुई वटा गाडी गुड्ने पक्की पुल निर्माण गरिसकेको छ । ल्होचाडाँडा कृषि पर्यटन सडक अन्तर्गत व्यास–५, म्याग्दे–१,२,३ हुँदै भीमाद नगरपालिका जोड्ने सडक सम्पन्न भएको छ । 

उनका अनुसार व्यास-१० स्थित गोवद्र्धन मार्ग, व्यास-११ को बाराही रानी मार्ग, व्यास-१ को पुरानो छाब्दी मार्ग, व्यास-११ को मुक्तिनारायण मोटर मार्गको स्तरोन्नति कार्य गरिएको छ । 

त्यसैगरी, घिरिङ- ५ को कामधेनु मोटर मार्ग, म्याग्दे-४ को छाङ–थर्पु मोटरमार्ग, बन्दीपुर–६ को तगारे बाँसपानी साम्दी मोटर मार्ग र भानु नगरपालिकाको बाँके-कवाचित कालीमाटी सडक मार्गको स्तरोन्नति कार्य सम्पन्न भएको छ । 

कूल तीन सय एघार योजनामध्ये सोह्र वटा योजना रु ३० लाख मुनिका रहेकाले रकमान्तर भई अन्य जिल्लामा सरी गएपछि हाल दुई सय ९५ योजना निर्माण चरणमा रहेको उनले बताए । 

सडक निर्माणका लागि वार्षिक बजेट रु बाह्र अर्ब पैँतिस करोड ९७ लाख ३० हजार रहेको छ । योजनाको हाल ३१.५३ प्रतिशत वित्तीय प्रगति भएको सो कार्यालयले जनाएको  छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा ४० प्रतिशत मृत्यु हृदयाघातबाट हुने गरेको बताएको छ । यो एक दिनमा १० हजार वा प्रतिवर्ष ४० लाख म...

जसपा आधिकारिकता विवादः आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी नेपाल विभाजनको विषयमा निर्वाचन आयोगले दल दर्ता गर्ने निर्णय तत्कालका लागि यथास्थितिमा राख्न अल्पकालीन...

पेट्रोलको मूल्य लिटरमै साँत रुपैयाँ घट्यो, डिजेल तथा मट्टितेलकाे मूल्य कति ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ ...

भारतीय बजारबाट रासायनिक मल ल्याउन बाध्य

नेपालगञ्ज । मागअनुसारको मल नपाउँदा स्थानीय किसानले भारतीय बजारबाट रासायनिक मल ल्याउन बाध्य भएका छन् । जिल्लाको नरैनापुर, खजुराको सैनिक, रुपैडिहा र डुड...

ट्राफिकको यान्त्रिक चेकिङ्गमा ५३ जना चालकमाथि कारबाही

भक्तपुर । भक्तपुरको ठुलोवेशीमा बुधबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ५३ ओटा सवारी साधनका चालकलाई  ट्राफिक प्रहरीले कारबाही गरे...

सुदूरपश्चिममा एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने

सुदूरपश्चिम । नेकपा (एमाले)ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ ।  सुदूरपश्चिम प्रदेश एमाले संसदीय द...

स्लोभाकियाका प्रधानमन्त्री फिकोमाथि गोली प्रहार

काठमाडौं । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोलाई गोली हानिएको छ । गोली लागेपछि प्रधानमन्त्रीलाई घाइते अवस्थामा अस्पताल लगिएको छ ।  घटनास्थलमा उ...

सन्दीपमाथि लगाइएको क्यानको प्रतिबन्ध फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । क्यानले पाटन उच्च अदालतको फैसला बमोजिम सन्दीपमाथिको निलम्बन ...

करीव ३० हजार किलो चिनीसहितको ट्रक नियन्त्रणमा

काठमाडौं । सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित तिनकुने सीमा ईलाकाबाट बैशाख २९ गते सशस्त्र प्रहरीले ५ सय ९५ वटा बोरामा रहेको २९ हजार ७ सय ५० किलो च...

फैसलापछि सन्दीपको प्रतिक्रिया: म निर्दोष छु भन्दा पनि फसाइयो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले निर्दोष छु भन्दा पनि आफूलाई धेरै तवरबाट फसाइएको बताएका छन् । उच्च अदालत पाटनले सफाइ दिएपछि संक्षिप्त प्रतिक्रिया...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies