Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

हुलाकलाई व्यावसायिक बनाउन सरोकारवालाको जोड

खबरडबली संवाददाता

गोरखा । हुलाक सेवालाई सेवासँगै व्यावसायिक बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । हुलाक सेवा विभागको आयोजनामा हुलाक निर्देशनालय कास्कीअन्तर्गतका १७ जिल्लाका हुलाक कार्यालयका प्रतिनिधि र सरोकारवालाबीच आज आयोजित अन्तरक्रियाका सहभागीले हुलाकलाई सेवाका रुपमा मात्र अगाडि बढाउँदा यसको सुदृढीकरण नहुने बताएका हुन् । 

हुलाक सेवालाई कागजात मात्र बोक्ने कार्यालयका रुपमा हेर्दा यसको महत्व र गरिमा घट्दै गएको सहभागीको टिप्पणी छ । अन्तरक्रियामा बोल्दै जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगरले हुलाक कार्यालय रुग्ण उद्योग जस्तै बनेको बताए । उनले सेवाग्राहीले विश्वास गर्ने स्तरको बनाउन सुझाव दिए । देश सङ्घीय संरचनामा जाँदा समेत हुलाक अझै विसं २०२८ सालको संरचनामा चलिरहेको उनको भनाइ थियो । 

“हुलाकलाई अब व्यावसायिक बनाएर अगाडि लैजानुपर्छ,” प्रमख थापामगरले भने, “राज्यको लगानी चार अर्ब हुने र आम्दानी ३० करोड हुने स्थितिले हुलाक चल्न सक्दैन ।” गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले आधुनिक सञ्चार प्रविधिको विकाससँगै हुलाक सेवा साँघुरिँदै गएकाले हुलाकले सेवालाई आधुनिक बनाउनुपर्नेमा जोड दिए । 

“हुलाक सञ्चारको एक महत्वपूर्ण माध्यम हो,” उनले भने, “सञ्चारमा भएको विकाससँगै हुलाक सेवा बृहत हुँदै जानुपर्ने थियो त्यसो हुन सकेन ।” उनले हुलाक सेवालाई पुनःसंरचना गरी व्यवस्थित रुपमा सञ्चालन गर्न सके सरकारीस्तरबाट सुलभ सेवा दिनसक्ने बताए । हुलाक सेवाले दिने प्रकृतिको सेवा बजारमा निजी क्षेत्रले दिएर मनग्य आम्दानी गरेकाले हुलाक व्यवस्थित गर्न सके निजी क्षेत्रभन्दा उत्कृष्ट सेवा जनतालाई दिन सकिने उनले बताए । 

“हुलाक सेवामा काम नहुने र कर्मचारीसमेत पदोन्नतिका लागि अध्ययन गर्न हुलाक कार्यालयमा सरुवा जाने प्रवृत्ति सुनिन्छ,” उनले भने, “यसले हुलाक कार्यालयप्रतिको आकर्षण घटाएको अनुभूति हुन्छ, हुलाकमा जाने कर्मचारी फुर्सद मिलाउन नभई काम गर्न जाने सोचको विकास गर्नु जरुरी छ ।”

त्यस्तै, गोरखाका निमित्त प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले हुलाक सेवालाई प्राधिकरणमा लैजाने वा विभागअन्तर्गत राख्ने भन्नेमा स्पष्ट नीतिगत व्यवस्था गरेर पुनःसंरचना गर्नुपर्ने बताए । हुलाक सेवा विभागका निर्देशक ध्रुवराज आर्चायले हुलाक सेवाले इतिहास बोकेको भए पनि वर्तमानलाई पछ्याउन नसकेको स्वीकारे । “हुलाक सेवा कि खारेज हुने हो वा सच्चिएर, जाने हो भन्ने अवस्था छ,” उनले भने, “यी दुई विकल्पमध्ये एउटा विकल्प रोज्नै पर्ने अवस्थामा अहिले हुलाक सेवा पुगेको छ ।”

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ गोरखा शाखाका कार्यवाहक अध्यक्ष नरेन्द्र ढकालले प्रेस काउन्सिल र सूचना विभागले गर्दै आएको पत्रपत्रिका दर्ता, नवीकरण, लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने काम हुलाकले गर्नसक्ने गरी सेवा दिनुपर्ने बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: