Ntc summer Offer
Khabar Dabali ३० फाल्गुन २०८१ शुक्रबार | 14th March, 2025 Fri
Investment bank

हुलाकलाई व्यावसायिक बनाउन सरोकारवालाको जोड

खबरडबली संवाददाता

गोरखा । हुलाक सेवालाई सेवासँगै व्यावसायिक बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । हुलाक सेवा विभागको आयोजनामा हुलाक निर्देशनालय कास्कीअन्तर्गतका १७ जिल्लाका हुलाक कार्यालयका प्रतिनिधि र सरोकारवालाबीच आज आयोजित अन्तरक्रियाका सहभागीले हुलाकलाई सेवाका रुपमा मात्र अगाडि बढाउँदा यसको सुदृढीकरण नहुने बताएका हुन् । 

हुलाक सेवालाई कागजात मात्र बोक्ने कार्यालयका रुपमा हेर्दा यसको महत्व र गरिमा घट्दै गएको सहभागीको टिप्पणी छ । अन्तरक्रियामा बोल्दै जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगरले हुलाक कार्यालय रुग्ण उद्योग जस्तै बनेको बताए । उनले सेवाग्राहीले विश्वास गर्ने स्तरको बनाउन सुझाव दिए । देश सङ्घीय संरचनामा जाँदा समेत हुलाक अझै विसं २०२८ सालको संरचनामा चलिरहेको उनको भनाइ थियो । 

“हुलाकलाई अब व्यावसायिक बनाएर अगाडि लैजानुपर्छ,” प्रमख थापामगरले भने, “राज्यको लगानी चार अर्ब हुने र आम्दानी ३० करोड हुने स्थितिले हुलाक चल्न सक्दैन ।” गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले आधुनिक सञ्चार प्रविधिको विकाससँगै हुलाक सेवा साँघुरिँदै गएकाले हुलाकले सेवालाई आधुनिक बनाउनुपर्नेमा जोड दिए । 

“हुलाक सञ्चारको एक महत्वपूर्ण माध्यम हो,” उनले भने, “सञ्चारमा भएको विकाससँगै हुलाक सेवा बृहत हुँदै जानुपर्ने थियो त्यसो हुन सकेन ।” उनले हुलाक सेवालाई पुनःसंरचना गरी व्यवस्थित रुपमा सञ्चालन गर्न सके सरकारीस्तरबाट सुलभ सेवा दिनसक्ने बताए । हुलाक सेवाले दिने प्रकृतिको सेवा बजारमा निजी क्षेत्रले दिएर मनग्य आम्दानी गरेकाले हुलाक व्यवस्थित गर्न सके निजी क्षेत्रभन्दा उत्कृष्ट सेवा जनतालाई दिन सकिने उनले बताए । 

“हुलाक सेवामा काम नहुने र कर्मचारीसमेत पदोन्नतिका लागि अध्ययन गर्न हुलाक कार्यालयमा सरुवा जाने प्रवृत्ति सुनिन्छ,” उनले भने, “यसले हुलाक कार्यालयप्रतिको आकर्षण घटाएको अनुभूति हुन्छ, हुलाकमा जाने कर्मचारी फुर्सद मिलाउन नभई काम गर्न जाने सोचको विकास गर्नु जरुरी छ ।”

त्यस्तै, गोरखाका निमित्त प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले हुलाक सेवालाई प्राधिकरणमा लैजाने वा विभागअन्तर्गत राख्ने भन्नेमा स्पष्ट नीतिगत व्यवस्था गरेर पुनःसंरचना गर्नुपर्ने बताए । हुलाक सेवा विभागका निर्देशक ध्रुवराज आर्चायले हुलाक सेवाले इतिहास बोकेको भए पनि वर्तमानलाई पछ्याउन नसकेको स्वीकारे । “हुलाक सेवा कि खारेज हुने हो वा सच्चिएर, जाने हो भन्ने अवस्था छ,” उनले भने, “यी दुई विकल्पमध्ये एउटा विकल्प रोज्नै पर्ने अवस्थामा अहिले हुलाक सेवा पुगेको छ ।”

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ गोरखा शाखाका कार्यवाहक अध्यक्ष नरेन्द्र ढकालले प्रेस काउन्सिल र सूचना विभागले गर्दै आएको पत्रपत्रिका दर्ता, नवीकरण, लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने काम हुलाकले गर्नसक्ने गरी सेवा दिनुपर्ने बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सगरमाथा आरोहणका लागि आवश्यक तयारी तीब्र

सोलुखुम्बु । वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणका लागि आवश्यक तयारी तीब्र पारिएको छ । आरोहीहरूलाई सुरक्षित बाटो उपलब्ध गराउन  ‘आइसफल डाक्टर’को दश जनाक...

पाल्हीनन्दन गाउँपालिकाका अध्यक्षलाई लागुऔषध मुद्दामा एक वर्ष जेल र दुई लाख जरिवाना

काठमाडौँ । पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्तालाई जिल्ला अदालत नवलपरासीले १ वर्षा कैद, दुई लाख जरिवाना र ८ हजार क्षतिपूर्ति भराउने फैसल...

भोजपुरका किसानलाई तालिमसँगै कृषि सामग्री हस्तान्तरण

भोजपुर । जिल्लाको लेखर्कका किसानलाई नवीनतम तरकारी खेती प्रणाली सम्वन्धि तालिमसँगै कृषि सामग्री हस्तान्तरण गरिएको छ । व्यावसायिकसँगै आर्थिक रुपमा सक्षम...

दुई दिनमा मात्र उदयपुरमा ६ जना लागुऔषधसहित पक्राउ

उदयपुर । गएको दुई दिनमा जिल्ला प्रहरी कार्यालय उदयपुरले लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानबाट लागुऔषधसहित पक्राउ गरेर कानुनी...

युगाण्डासँग हारेसँगै नेपाल फाइनलको दौडबाट बाहिर

काठमाडौं । नेपालले जारी चार देशीय सिरिजमा चौथो हार बेहोरेको छ ।  विहिबार नेपाल युगाण्डासँग ४० रनले पराजित भएसँगै सिरिजमा चौथो हार बेहोरेको हो । युग...

पुटिनका सहयोगीले गरे युद्धविरामको प्रस्ताव अस्वीकार

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उशाकोभले युक्रेनसँग तत्काल ३० दिने युद्धविरामको प्रस्ताव अस्वीकार गरेका छन् । उनले यो युक्...

काठमाडौंमा होलीको दिन २४ जनासहित १४३ सवारी साधन नियन्त्रणमा

काठमाडौं । काठमाडौं प्रहरीले होली मनाउने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा २ महिलासहित २४ जनालाई नियन्त्रणमा लिएको छ । मादक पदार्थ सेवन र लागू प...

भक्तपुरमा गाडी दुर्घटना हुँदा आठजना घाइते

काठमाडौं । भक्तपुरमा तीव्र गतिको गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बिहीबार दिउँसो सूर्यबिनायक नगरपालिका वडा नं ७ स्थित सुवर्णस्वरबाट गुण्डुतर...

परराष्ट्रमन्त्री डा. राणा नयाँ दिल्लीमा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा शुक्रबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली पुगेकी छिन् । भारतको झारखण्डस्थित बाबा वैद्यनाथ धाममा दर्श...

चर्च ब्वाइजलाई हराउँदै नमोबुद्ध फाइनलमा

पाँचथर । नमोबुद्ध युथ क्लब सप्तरी पाँचौँ पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फिदिममा बिहीबार भएको सेमिफाइनल खेलमा नमेबुद्धले काठमाडौँको चर्च ब्व...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy