Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

चीन र भारतका बजारमा पहुँच पुर्‍याउने अवसर छ: उद्योग मन्त्री भण्डारी

खबरडबली संवाददाता

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको भौगोलिक अवस्थितिले यहाँ उत्पादित वस्तु तथा सेवा छिमेकी दुई ठूला मुलुक चीन र भारतका बजारसम्म सजिलै पुग्नसक्ने भएकाले नेपालमा लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् । 

यहाँ आयोजित तेस्रो लगानी सम्मेलनको सत्रमा उनले  नेपालले ठूला देशको बजारमा सहज पहुँच रहेकाले लगानीको उपयुक्त अवसर रहेको बताए । “हामी विश्वका दुई ठूला अर्थतन्त्रका बीचमा  छौँ, आन्तरिक बजारको साथै विश्व बजार केन्द्रित रहेर बृहत् लगानी तथा उत्पादन गर्ने अवसर हाम्रोसामु छ,” उद्योगमन्त्री भण्डारीले भने, “अर्थतन्त्रको संरचनात्मक परिवर्तन गर्दै प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्न औद्योगिक क्षेत्रमा नवीनतम प्रविधिको अवलम्बन, पूर्वाधार निर्माण र दक्ष जनशक्तिको विकासमा विशेष जोड दिनुपर्नेछ ।”

पछिल्लो समय प्रविधिको विकासले उत्पादनको तरिका,  स्थान र आपूर्ति प्रणाली परिवर्तन भएको उद्योगमन्त्री भण्डारीको भनाइ छ । बजारको माग र आपूर्तिका शृङ्खला परिवर्तन भएको उनले बताए । “उपभोक्ताको चाहना र सन्तुष्टिको स्तर परिवर्तन हुँदै गएको छ । त्यसकारण हामीले अनुसन्धान र विकासमा लगानी वृद्धि गर्नुपर्ने देखिन्छ”, उनले भने, “हामीले उद्यमशीलता, उत्पादन र आर्थिक वृद्धिमा केन्द्रित रहेर उद्यमशील, दक्ष र सीपयुक्त जनशक्ति परिचालन गर्नुपर्ने हुन्छ ।”

उनले औद्योगिकीकरण, रोजगारी सृजना, अन्तर्राष्ट्रिय व्यापारमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न उत्पादनमूलक क्षेत्रमा नवप्रवर्तन अपरिहार्य रहेको धारणा राखे । औद्योगिक क्षेत्रको विकास तथा विस्तार गर्न नेपाल सरकारले नीतिगत, कानुनी र प्रक्रियागत सुधार गरेको उनले बताए । 

मन्त्री भण्डारीले भने, “औद्योगिक व्यवसाय ऐनमा आयकर भन्सार महसुल लगायतका कर छुटको व्यवस्था छ । नेपाल सरकारले महिला तथा लघु उद्यमीहरूका लागि विशेष सहुलियत, औद्योगिक तथा लगानी प्रवर्द्धन कोष, प्रदेश औद्योगिक तथा लगानी प्रवर्द्धन कोष, एकल विन्दु सेवा केन्द्रलगायतका व्यवस्था कार्यान्वयनमा ल्याएको छ”, उनले भने, “राजस्व नीतिलाई उत्पादन एवम् लगानीकर्तामैत्री बनाउँदै लगिएको छ । नवप्रवर्तनको प्रवर्द्धन, बौद्धिक सम्पत्तिको विकास र संरक्षण गर्न बौद्धिक सम्पत्तिसम्बन्धी नयाँ कानुन तर्जुमा भइरहेको छ ।”

विदेशी लगानीसम्बन्धी कानुनमा प्रविधि हस्तान्तरणलाई प्रोत्साहन र पूँजी लगानी कोष स्थापना गर्न सक्ने प्रावधानले नवप्रवर्तनमा योगदान पुर्‍याउने उद्योगमन्त्री भण्डारीले विश्वास व्यक्त गरे । अनुसन्धान तथा विकासमा लगानी वृद्धि गर्न नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटमा पूँजीगत खर्चको एक प्रतिशत रकम विनियोजनको सुरुआत गरेको उनले बताए । 

उद्योगमन्त्री भण्डारीले भने, “सङ्घमा बिजनेस इक्युबेसन केन्द्र स्थापना गरिएको र प्रदेशस्तरमा समेत क्रमशः सो केन्द्र स्थापना गर्ने कार्य प्रारम्भ भएको छ । उत्पादनमूलक क्षेत्रमा नवीनतालाई प्रवद्र्धन तथा प्रोत्साहन गर्न स्टार्टअप उद्यम नीति तथा कर्जासम्बन्धी निर्देशिका कार्यान्वयनमा ल्याइएको छ । नियमनकारी निकायलाई प्रविधियुक्त बनाउँदै दर्ता, नवीकरण, अनुमति र सहुलियत दिनेजस्ता सेवालाई अटोमेसन गर्दै लगिएको छ । नेपाल सरकारले निजी क्षेत्रसँगको सहकार्यमा ‘मेड इन नेपाल’ तथा ‘मेक इन नेपाल’ जस्ता कार्यक्रममा सहयोग पुर्‍याउँदै आएको छ ।”

आगामी दिनमा अनुसन्धान तथा विकासमा सरकार तथा निजी क्षेत्रको लगानी अभिवृद्धि, नवप्रवर्तनलाई प्रोत्साहन सहुलियत, सूचना तथा प्रविधिसँग सम्बन्धित जनशक्तिको विकासमा केन्द्रित हुनुपर्ने बताए । मन्त्री भण्डारीले भने, “ट्रिपल हेलिक्स मोडेलमा आधारित रहेर प्राज्ञिक क्षेत्र, निजी क्षेत्र र सरकारबीचको सहकार्यमा नयाँ औद्योगिक वस्तुको विकास तथा उत्पादकत्व अभिवृद्धि गर्न आवश्यक व्यवस्था गरिनेछ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म, १२ सय मत खस्याे

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान  केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ ।  मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...

बारामा नहरमा डुबेको अवस्थामा पुरुषको शव फेला

बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...

प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध साढे १४ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...

ताेकियाे राष्ट्रिय सभा निर्वाचनकाे लागि मतदान केन्द्र

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...

मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद

सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...

जापानद्वारा मुद्रास्फीति नियन्त्रणका लागि १२ सय खर्ब येनको रेकर्ड बजेट प्रस्ताव

काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...

गाेरखामा माछा मार्न गएका एक पुरुष मृत फेला

गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...

पर्यटकीयस्थल भाेजपुरकाे तावा भञ्ज्याङ ओझेलमा

भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...

कांग्रेसका तीन परिपत्र कार्यान्वयन भएनन्

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending