रूपन्देही । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक परिवर्तन जस्तै आर्थिक समृद्धिका लागि पनि काँग्रेस पार्टी सक्षम रहेको बताएका छन् ।
नेपाली काँग्रेस रूपन्देहीले मङ्गलबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । राजनीतिक परिवर्तसँगै आर्थिक समृद्धिको नेतृत्व गर्न पनि कांग्रेसले क्षमता राख्ने उनको भनाइ छ ।
“जसरी राजनीतिक अधिकार गुमेको बेलामा काँग्रेसले जनतालाई सार्वभौम सत्ता सम्पन्न बनाउन पोलिटिकल लिडरसिप लियो, आर्थिक समृद्धिका लागि पनि कांग्रेस पार्टी नै सक्षम छ”, उनले भने, “तर त्यसका लागि कांग्रेस सांगठनिक रूपमा सशक्त र व्यवस्थित बनाउनुपर्छ । जनताले चाहेको जीवन र जिविकोपार्जन सहज होस् भन्ने सपना कांग्रेसलाई व्यवस्थित गर्यौं भने पूरा गर्ने क्षमता कांग्रेसले राख्छ ।”
काँग्रेस पूर्वमहामन्त्री समेत रहेका सिंहले कांग्रेसभित्र लोकतान्त्रिक राजनीतिक संस्कार विकास गर्नुपर्ने बताए । उनले काँग्रेस कार्यकर्ताको मनोबल उठाउनुपर्नेमा जोड दिँदै पार्टीका कारण भएका उपलब्धीबारे नागरिकलाई जानकारी गराउनका लागि पनि स्थानीय पार्टी नेतृत्वलाई आग्रह गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८१ - २०:५९
काठमाडाैं । पुनर्निर्माणपश्चात् धरहरा सशुल्क सञ्चालन भएको आज एक महिना पुगेको छ । यस अवधिमा प्रवेश शुल्कबापत रु. ५५ लाख संकलन भएको छ । गत मंसिर ९ ग...
पौष ९ गते, २०८१ - २०:११
ढाका । एक टेलिभिजन स्टेसनका लगानीकर्ताको कार्यालयमा बङ्गलादेशी विद्यार्थी प्रदर्शनकारीहरूको एक समूहले ‘प्रचार’ गरेको आरोप लगाउँदै प्रवेश गरेको प्रदर्श...
पौष ९ गते, २०८१ - २०:०५
काठमाडौं । सांसदहरुले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई ‘फास्ट ट्र्याक’मा लैजान जोड दिएका छन् । ...
पौष ९ गते, २०८१ - २०:००
काठमाडौं । नेपाल पत्रकार महासङ्घले केन्द्र, प्रदेश र स्थानीय तहबाट निर्माण भइरहेका सञ्चारसम्बन्धी कानुनलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन सम्बन्धित पक्...
पौष ९ गते, २०८१ - १९:५६
काठमाडौं । विमान अभावले आन्तरिक उडानमा दरिलो उपस्थिति देखाउन नसकेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आन्तरिक उडान ठप्प भएक...
पौष ९ गते, २०८१ - १९:५१
काठमाडौं । काठमाडौं उपत्यकामा यतिखेर बर्षा भईरहेको छ । जल तथा मौसम बिज्ञान बिभागका अनुसार यो यस वर्षको पहिलो हिउँदे वर्षा हो । अहिले काठमाडौंमा सिम...
पौष ९ गते, २०८१ - १९:३६
सप्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली मंगलवार सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पुगेको छ । अख्तियारमा परेका मुद्दाको छान...
पौष ९ गते, २०८१ - १९:३१
रौतहट । विवादै विवादको घेरामा रहेको राैतहटकाे कटहरिया नगरपालिकामा मेयरद्वारा करोडौं अनियमितता गर्ने खेल सुरु भएको भन्दै जनप्रतिनिधिहरुले पुनः तालाबन्द...
पौष ९ गते, २०८१ - १८:५७
मुगु । मुगुको उच्च हिमाली क्षेत्र मुगुम कार्मारोङ्ग गाउँपालिकामा अज्ञात राेगबाट ३० भन्दा बढी याक र चौंरीहरु मरेका छन् । गाउँपालिकाको वडा नम्बर २ स...
पौष ९ गते, २०८१ - १८:४६
कैलाली । कैलालीमा यस वर्ष तीन लाख २४ हजार आठ सय ८४ मेट्रिकटन बर्खे धान उत्पादन भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार गत वर्षको तुलनामा यस व...
प्रतिकृया लेख्नुहोस्: