Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

बझाङमा उप निर्वाचन: एकीकृत समाजवादीसहित आठ दलको जमानत जफत

खबरडबली संवाददाता

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी भएका छन् । यस अघि कांग्रेस विजयी भएको यस क्षेत्रमा यस पटक एमाले विजयी भएको छ । 

एमालेका भण्डारीले ११ हजार ६१३ मत प्राप्त गरेर विजयी भएका छन् । त्यस्तै उनका निकटम प्रतिद्वन्दी कांग्रेसका अभिषेक बहादुर सिंहले ११ हजार ३४६ मत प्राप्त गरे । 

यस निर्वाचनमा नेकपा माओवादी केन्द्रका जनक बहादुर बुढाले ३ हजार ८३१ मत प्राप्त गर्दै आफ्नो जमानत जोगाएका छन् । कुल सदर मतको १० प्रतिशत मत प्राप्त गरेमा जमानत जोगिने कानुनी व्यवस्था रहेको छ ।

यस क्षेत्रमा उपनिर्वाचनमा ११ उम्मेदवार रेहकोमा शिर्ष तीन उम्मेदवार बाहेक अन्य सबैको जमानत जफत भएको छ । एकीकृत समाजवादीका दिलबहादुर सिंहले दुईहजार ५१४ मत प्राप्त गरेपनि जमानत जोगाउन भने सकेनन । 

त्यस्तै यस क्षेत्रमा राप्रपाका किशोर कुमार खड्काले २४२ मत प्राप्त गरेका छन् भने जसपाका राम बहादुर जाग्रीले ४४ मत मात्र पाएका छन् । त्यस्तै राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्र बहादुर थापाले ३५ मत प्राप्त गरेका छन् भने संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका दिपक बहादुर खड्काले २८ मत प्राप्त गरेका छन् । 

त्यस्तै जनमत पार्टीकी शुशिला देवी विष्टले २६, नेमकिपाका खगेन्द्र बहादुर शाहीले २४ र नेशनल रिपब्लिक नेपालका कमल घर्तिमगरले २ मत पाएका छन् ।

६१ हजार ७४८ मतदाता रहेको बझाङको यस उपनिर्वाचनमा शनिबार भएको मतदानमा ३० हजार ३२८ मत खसेको थियो । जसमा २९ हजार ७०५ मत सदर भएको निर्वाचन आयोगले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: एक मत हाल्नै ९ मिनेट, मतदान रातभर चल्ने

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया जारी छ ।  महाधिवेशनको पाँचौँ दिन आज काठमाडौँको भृकुटीमण्डपम...

एमाले महाधिवेशन: हालसम्म ७२० मत खस्यो

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि अहिलेसम्म ७ सय २० मत खसेको छ । दिउँसो साढे चार बजेसम्म ७ सय २० मत खसेको हो । बिहान करिब साढे ९ बजे...

जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण

धनुषा  । जापान सरकारको आर्थिक सहयोगमा धनुषामा दुई वटा सामुदायिक विद्यालयको भूकम्प प्रतिरोधात्मक एवं सुविधासम्पन्न भवन निर्माण भएकोे छ । प्लान इन्टनेसन...

हुम्लाबाट काठमाडौंसम्म पहिलो पटक सिधा बस सेवा सुरु

हुम्ला । हुम्लाबाट काठमाडौंसम्म पहिलो पटक नियमित बस सेवा सुरु भएको छ। बुधबारदेखि यो सेवा सञ्चालनमा आएको हो। हुम्ला हिल्सा यातायात प्रालिका सञ्चालक ...

भक्तपुरको बालकोटका एमाले नेताहरु नेकपा प्रवेश

भक्तपुर । भक्तपुरको बालकोट–२ वडाका नेकपा (एमाले) का नेता तथा कार्यकर्ताहरू नेपाली कम्युनिस्ट पार्टीको एकता अभियानमा सहभागी भएका छन् । उनीहरू आज नेपाली...

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending