सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन गरेको छ । नेपाली सेनाको उक्त टोलीले आइतबारसम्ममा एक हजार नौ सय ४३ किलो फोहोर सङ्कलन गरेको हो ।
सङ्कलित फोहोर कुहिने र नकुहिने दुवै किसिमका छन् । सफा हिमाल अभियान जारी रहेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए । उनले भने, “फोहोर सङ्कलनको काम भइरहेको छ, अहिले नेपाली सेनाले आधार शिविरमै बसेर सङ्कलन गरिरहेको छ, जल्ने खालको एकैचोटि नाम्चेमा ल्याएर नष्ट गर्ने र नजल्ने काठमाडौं लैजाने योजना छ ।”
हिमालमा मानवीय गतिविधिले फोहोर थुप्रिरहेकाले हिमालको स्वच्छता कायम गर्नमा अभियान सफल हुने उनको विश्वास छ । सगरमाथा राष्ट्रिय निकुञ्ज, सगरमाथा प्रदूषण नियन्त्रण समिति, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, स्थानीय निकाय तथा बुद्धिजीवी, विभिन्न सङ्घसंस्थाका प्रमुख/प्रतिनिधिहरूको समन्वयमा सफा हिमाल अभियान टोलीले काम गरिरहेको छ ।
‘एन इन्डेभर टू सेभ द हिमालयज’ भन्ने मूल आशयका साथ सञ्चालित यस अभियानअन्तर्गत सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमालका विभिन्न क्याम्पबाट करिब १० टन फोहोर र पाँचवटा मानव शव सङ्कलन गर्ने लक्ष्य लिइएको छ ।
गत चैत २९ गतेदेखि सुरु भएको अभियान आगामी जेठ २३ गते विश्व वातावरण दिवसको दिन सकिने प्रधान सेनापति प्रभुराम शर्माले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८१ - १८:१९
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को नेतृत्व चयनको लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । प्रमुख निर्...
पौष ९ गते, २०८१ - १८:०४
काठमाडौं । सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आयोजना अन्तर्गत तीन वटै बाइपास सुरुङको ‘ब्रेक थ्रु’ सम्पन्न भएको छ । आयोजनाका अनु...
पौष ९ गते, २०८१ - १७:५८
रूपन्देही । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक परिवर्तन जस्तै आर्थिक समृद्धिका लागि पनि काँग्रेस पार्टी सक्षम रहेको बता...
पौष ९ गते, २०८१ - १७:५२
काठमाडाैं । गृहमन्त्री रमेश लेखकले चरणबद्ध छलफलपछि सहमतिका आधारमा संविधान संशोधन हुने बताएका छन् । मंगलबार नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको क...
पौष ९ गते, २०८१ - १७:४८
राैतहट । रौतहटको छोटी सिमा नाकाहरूबाट (चार पाङ्ग्रे )सवारीसाधनहरू आवतजावत गर्नुपर्ने यहाँका सरोकावालाहरूले माग गरेका छन् । सरकारले गौर नाका भएर मात्र ...
पौष ९ गते, २०८१ - १७:४३
बुटवल । लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशन पुस १६ देखि सुरु हुने भएको छ । यसअघि भदौ ३१ गते प्रदेश सभाको चौथो अधिवेशन अन्त्य भएको थियो । चौथो अधिव...
पौष ९ गते, २०८१ - १७:३९
काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीमा पठाउने भनी लाखौं ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका सूचना अ...
पौष ९ गते, २०८१ - १७:३७
कोलम्बो । श्रीलङ्कामा यो वर्ष अहिलेसम्म करिब ५० जङ्गली हात्तीको अनाधिकृत विद्युतीय तारले करेन्ट लागेर मृत्यु भएको सिलोन विद्युत बोर्ड (सीईबी) सोमबार ज...
पौष ९ गते, २०८१ - १७:३१
कैलाली । दूषित मह बिक्री गरेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले १६ भारतीय नागरिकविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । ...
पौष ९ गते, २०८१ - १७:२६
काठमाडाैं । आकर्षक जागिरको प्रलोभन देखाएर म्यानमार पुर्याइएका पाँच जना नेपालीको उद्धार भएको छ । ती नेपालीलाई थाइल्याण्ड हुँदै नेपाल फर्काइएको छ । एक ...
प्रतिकृया लेख्नुहोस्: