सुर्खेत । कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन ११ वटा बैठक बसेर अन्त्य गरिएको छ । बैठकले कुनै पनि विधेयक पारित गर्न नसकी अन्त्य भएको हो ।
फागुन ३० गतेदेखि सुरु भएको दोस्रो कार्यकालको तेस्रो बैठकबाट विभिन्न विधेयक पारित हुने गरी बिजनेस पाउने भनिए पनि सरकारको फेरबदलले कुनै पनि विधेयक पारित हुन नसकी गए राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको हो ।
यो अधिवेशनमा मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिनुभयो भने प्रदेश खेलकुद विकास ऐन ०७६ लाई संशोधन गर्न बनेको विधेयक, कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कर्णाली प्रदेशको विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०, विषयगत समितिमा विचाराधीन अवस्थामा रहेका छन् ।
यी विधेयक संसद्मा टेबल नै हुन पाएनन् । प्रदेश प्रमुख तिलक परियारले दोस्रो कार्यकालको तेस्रो अधिवेशन अन्त्य गरिएको पत्र प्रदेशसभा सचिवालयमा पठाएकमा थिए । संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्य गरिएको पत्र सभामुख नन्दा गुरुङले पढेर संसद्लाई जानकारी गराएका थिए ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८१ - १२:५२
औषधीको उत्पादन बढाउनचाहिने खर्च सरकारले दिन्छ, तलब बाँड्नका लागि सरकारको मुख नताक्नुस्
पौष ४ गते, २०८१ - १२:५०
काठमाडौं । १७ वर्षीया युवतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घादिङ गजुरी गाउँपालिका–३ भई हाल काठमाडौं महानगरपाल...
पौष ४ गते, २०८१ - १२:०६
भाइरल गराउन, फाइदा हुन्छ भन्ने सोचेर या कसैलाई दोष लगाउनका लागि, कसैलाई नराम्रो भन्नका लागि’ फोटो नखिचेको प्रष्टीकरण
पौष ४ गते, २०८१ - ११:३५
काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दैछ । दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्को बैठक प्रधानमन...
पौष ४ गते, २०८१ - ११:०७
दीपक बोहराको दाबी– बाहिरिएको तस्वीर रवि लामिछानेकै हो
पौष ४ गते, २०८१ - १०:५३
काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ७ सय रूपैय...
पौष ४ गते, २०८१ - १०:५०
सप्तरी । सप्तरीमा खेतमा काम गरिरहेका किसानको अर्नाको आक्रमणबाट मृत्यु भएको छ । कोशी टप्पुबाट आएको अर्नाको आक्रमणबाट हनुमाननगर कंकालिनी नगरपालिका–९ क...
पौष ४ गते, २०८१ - १०:४४
काठमाडौं । आज बिहान ७:३७ बजे मनाङको ङिस्याङ केन्द्रबिन्दु बनाएर ४.७ म्याग्नेच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अन...
पौष ४ गते, २०८१ - १०:२५
झापा । मोटरसाइकल दुर्घटनामा परी झापाको मेचीनगरमा एक जनाको ज्यान गएको छ। बुधबार ९:२० बजे मेचीनगर नगरपालिका-८ मकरेचौकस्थित भित्री पक्की सडकखण्डमा इटा...
पौष ४ गते, २०८१ - १०:०५
धनगढी । कैलालीबाट ज्यान मार्ने उद्योगका फरार अभियुक्त पक्राउ परेका छन्। ज्यान मार्ने उद्योग मुद्दामा १ वर्ष १० महिना ९ दिन कैद सजाय तोकिएको घोडाघोड...
प्रतिकृया लेख्नुहोस्: