Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun

कसले खिच्यो रवि लामिछाने हिरासतमा सुतिरहेको भाइरल तस्बिर ?

दीपक बोहराको दाबी– बाहिरिएको तस्वीर रवि लामिछानेकै हो

खबरडबली संवाददाता

काठमाडौं। जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने हिरासतमै रहेको तस्बिर भनी सामाजिक सञ्जालमा भाइरल भएको छ ।

हिरासतजस्तो देखिने कोठामा ओढ्ने ओढेर सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा राख्दै त्यो रवि लामिछाने नै भएको दाबीसहित भाइरल बनाइएको थियो। रास्वपाका नेतासमेत रहेका रविका सहयोगी दीपक बोहराले सरकारमाथि प्रश्न उठाउँदै सामाजिक सञ्जाल प्रश्न उठाएका छन्।

सो तस्बिर रवि लामिछानेको पक्षमा आन्दोलन गर्दै आएका रास्वपाका समर्थक डा निकोलस भुसालले खिचेको खुलेको छ। भुसालले दुई दिनअघि ‘नागरिक विद्रोह’ का जुट्न आह्वान गर्दै सामाजिक सञ्जालमा एक पोस्ट गरेका थिए। उनले शनिबार चितवनमा आन्दोलनका लागि जुट्न आह्वान गरेको पोस्टरसहित रविको उक्त भाइरल तस्बिर हालेका थिए। तर आज सो तस्बिर भुसालले हटाएका छन्।

दीपक बोहराको दाबी– बाहिरिएको तस्वीर रवि लामिछानेकै हो

प्रहरी हिरासतबाट बाहिरिएको उक्त तस्वीर आफ्ना सभापति रवि लामिछानेकै भएको रास्वपाका नेता दीपक बोहराले दाबी गरेका छन् । उनले बिहीबार बिहान सामाजिक सञ्जाल फेसबूकमार्फत भिडिओ सन्देश जारी गर्दै सो तस्वीरमा देखिएका व्यक्ति लामिछाने नै भएको दाबी गरेका हुन् ।

यसअघि पनि बोहराले प्रहरी हिरासतमा रहेका सभापति लामिछानेको तस्वीर बाहिर सार्वजनिक गरिएको भन्दै आक्रोश पोखेका थिए । प्रहरी हिरासतमा रहेका सभापति रवि लामिछानेको सीसीटीभीबाट लिइएको तस्वीर भनेर अहिले सामाजिक सञ्जालमा एउटा तस्वीर छाइरहेको छ । जसमा एकजना व्यक्ति सिरक ओढेर सुतिरहेको देख्न सकिन्छ ।

नेता बोहराले फेसबूकमा सोही तस्वीर राख्दै जानाजान प्रहरीले नै सार्वजनिक गरेको दाबी गर्दै आपत्ति जनाएका थिए । कुनै उद्देश्यका लागि तस्वीर सार्वजनिक भएको हुन सक्ने उनले आशंका जनाएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबूकमाा भनेका छन्,–‘अन्याय गर्नुको पनि हद हुन्छ । रवि दाइ हिरासत कक्षमा सुतेको सीसीटीभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला ? अनि, के उद्देश्यका लागि सार्वजनिक गरियो ? कति हो यो फोटोको मूल्य ? न्याय मरेको छैन भने कसैले न कसैले त यसको मूल्य चुकाउनु पर्ला ।’ 

रास्वपाका नेताले यस्तो दाबी गरिरहँदा कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले भने तस्वीरमा देखिएका व्यक्ति रास्वपा सभापति लामिछाने नभएको बताइरहेका छन् । तस्वीरमा प्रष्ट अनुहार देखिएको छैन । यसले गर्दा तस्वीरमा देखिएका व्यक्ति लामिछाने नै हुन् भन्नेमा कतिपयले शंका गरेको पाइएको छ ।

यसैको उत्तर दिँदै नेता बोहराले तस्वीर लामिछानेको भएको दाबी पुनः दोहोर्याएका हुन् । बोहराले तस्वीर सार्वजनिक भएपछि लामिछाने बसिरहेको पोखरास्थित जिल्ला प्रहरी कार्यालयमा कडाइ गरिएको जानकारी आफूले पाएको बताएका छन् । साथै प्रहरीले यसबारे छानबिन पनि सुरु गरेको उनको भनाइ छ ।

सहकारी ठगी प्रकरणमा गत कात्तिक २ मा पक्राउ परेका पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछाने यतिबेला कास्की प्रहरीको हिरासतमा छन् । उनलाई जिल्ला सरकारी वकिल कार्यालय, कास्कीले सहकारी ठगी, सङ्गठित अपराध एवं सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अभियोगपत्र शुक्रबार अदालतमा दर्ता गर्दैछ ।

मंगलबार थप चार दिन हिरासतमा राख्न अनुमति पाएपछि प्रहरीबाट आएको राय प्रतिवेदनलाई अध्ययन गरेर शुक्रबारभित्रै अभियोजन गर्ने सरकारी वकिल कार्यालयको तयारी छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैशाख १२ : सम्झनामा पीडा, यथार्थमा अधुरो पुनर्निर्माण

काठमाडौं । क्यालेन्डरमा एउटा मिति फेरि आइपुग्छ—वैशाख १२। तर यो केवल मिति होइन, नेपाली समाजका लागि एक सामूहिक झट्का हो।  २०७२ काे भुकम्पले भत्काएको केव...

अदालतले खोले पनि कांग्रेसभित्र ‘गाँठो’ बाँकी : एकता कुरा, अविश्वास गहिरो

काठमाडौं । कानुनी लफडा सकियो, तर राजनीति अझै सल्किँदै छ। नेपाली कांग्रेस भित्र सर्वोच्च अदालतको फैसलाले एउटा अध्याय टुंग्यायो, तर अर्को अध्याय—अन्तर्क...

यस्तो छ आजका लागि कालीमाटी तरकारी बजारमा कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

सुकुमवासी बस्तीका बासिन्दालाई रंगशाला लगेर पहिचान गरिने

काठमाडौं । सुकुमवासी बस्तीका बासिन्दाहरुलाई पहिला दशरथ रंगशाला लगिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमौंका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसा...

बेनीमा शान्ति पार्क बनाउने योजना अन्योलमा

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना कार्यान्वयनमा अलमल र अन्योल सृजना भएको छ । पार्क निर्माण गर्ने ठाउँको टुङ्गो नल...

लागुऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट पाँच जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट खैरो हेरोइनसहित ब...

सुकुमबासी बस्तीमा अवरोध गर्नसक्ने आशङ्कामा थप दुई जना पक्राउ

काठमाडौँ । सुकुमबासी बस्ती हटाउँदा अवरोध गर्नसक्ने आशकमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४१ वर्षीय राजकुमार लामा र ५२ वर्षीय अर...

सुकुम्बासी बस्ती खालि गर्न अगाडि बढ्यो प्रहरी

काठमाडौँ । थापाथलीस्थित सुकुम्बासी बस्तीका घर–टहरा भत्काउने काम शुरु हुनुभन्दा अघि सुरक्षाका निम्ति प्रहरी परिचालित भएको छ । स्थानीय प्रशासन र काठम...

थापाथलीमा ‘डोजरको घडी’ : सवा ८ पछि कारबाही, पहिले आफैँ सामान सार्न व्यस्त स्थानीय

काठमाडौं । थापाथलीस्थित सुकुमबासी बस्तीमा आज डोजर चलाउने तयारी अन्तिम चरणमा पुगेको छ। काठमाडौं महानगरपालिका अन्तर्गतको महानगर प्रहरी बलका अनुसार सवा ८...

भक्तपुरको मनहरामा पनि चल्दै डोजर, आधाभन्दा बढी सुकुमबासीले बस्ती छाडे

भक्तपुर । मनहरा नदी किनारामा बसोबास गर्दै आएका सुकुमबासी बस्ती खाली गर्ने सूचना जारी भएपछि आधाभन्दा बढीले बस्ती छाडिसकेका छन् । बस्ती खाली गर्नका ल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending