चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने भएको छ । गाउँपालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन बाँझो जमिनमा खेती गर्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान कार्यक्रम सञ्चालन गरिएको हो ।
गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले विशेष गरेर रैथानेबाली लगाउने किसानलाई प्रोत्साहन गर्न अनुदानका कार्यक्रम सञ्चालन गरिएको बताए । उनले भने– “रैथाने बाली उत्पादनमा प्रोत्साहन गर्न अनुदानका कार्यक्रम सञ्चालन गरेका हौँ, बाँझो जमिनलाई सदुपयोग गर्ने किसानलाई ५० प्रतिशत अनुदान दिनेछौँ ।”
बाँझो जमिनमा खेती गर्न गाउँपालिकाले चालु आर्थिक वर्षमा रु पाँच लाख विनियोजन गरेको छ । किसानलाई अनुदानका लागि वडा कार्यालयमार्फत माग फारम भर्न आग्रह गरिएको छ । कार्यक्रमअनुसार साना सिचाँइका लागि अनुदान प्रदान गर्न लागिएको हो ।
बाँझो जग्गामा खेती गर्ने किसानलाई सिँचाइ र कृषि औँजारमा अनुदान दिइने गाउँपालिकाले जनाएको छ । इच्छाकामना गाउँपालिकामा रहेका बाँझो जमिनको तथ्याङ्क सङ्कलन गरी थप अनुदानका कार्यक्रम सञ्चालन गरिने अध्यक्ष गुरुङको भनाइ छ । उनले भने, “गाउँपालिकाभर कति बाँझो जग्गा छ, तथ्याङ्क सङ्कलन गर्दैछौँ, सोही आधार आगामी आर्थिक वर्षमा अनुदानका थपका कार्यक्रम सञ्चालन गर्ने छौँ ।”
गाउँपालिका कृषि शाखा प्रमुख आशिष त्रिपाठीका अनुसार इच्छाकामनामा कोदो, घैया धान, गहुँ जौ, सामा, काउनो लगायतका रैथाने बालिको राम्रो उत्पादन हुन्छ । तर पछिल्लो समय किसानले यी बालीको खेती गर्न छाडेका कारण प्रोत्साहनका लागि अनुदानका कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।
रैथाने बालीमार्फत इच्छाकामनालाई आत्मनिर्भर बनाउन सकिने प्रमुख त्रिपाठीको भनाइ छ । अनुदानका कार्यक्रमले रैथाने बाली उत्पादनमा किसानलाई प्रोत्साहन मिल्ने उनको विश्वास छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ७ गते, २०८१ - २१:०१
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले शान्ति प्रक्रियाजस्ता महत्वपूर्ण मुद्दामा राजनीतिक दलको स...
जेष्ठ ७ गते, २०८१ - २०:५६
एजेन्सी । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसहित इजराइल र हमासका नेताहरूलाई ...
जेष्ठ ७ गते, २०८१ - २०:४१
सिरहा । वन संरक्षण र पर्यटन व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले लहान नगरपालिका–१७ स्थित हरिपुरको देवीथान सामुदायिक वनमा दुईतले पक्की भवन निर्माण हुने ...
जेष्ठ ७ गते, २०८१ - २०:३६
विराटनगर । मोरङमा यस वर्ष ५२ हजार तीन सय ५२ बालबालिकाका लागि आइपिभी खोप अभियान सञ्चालन हुने भएको छ । सो अभियान जेठ १३ देखि २६ गतेसम्म सञ्चालन हुनेछ । ...
जेष्ठ ७ गते, २०८१ - २०:३३
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश योजना आयोगका उपाध्यक्ष डा राजेन्द्र अधिकारीलाई शपथ ग्रहण गराएका छन् । मुख्यमन्त्र...
जेष्ठ ७ गते, २०८१ - २०:२९
सुदूरपश्चिम । पछिल्ला केही दिनदेखि बढेको गर्मीले कैलालीसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ । गर्मीका कारण दैनिक काम गर्न र हिँड्डुल गर्न कठिन भए...
जेष्ठ ७ गते, २०८१ - २०:२६
काठमाडौं । मुलुकका सङ्घीय अस्पतालमा आएका उपकरणमध्ये १४ प्रतिशत जडान नै नगरिएको पाइएको छ । स्वास्थ्य सेवा विभागले लाइफलाइन इन्टरप्राइजेजसँगको सहकार्...
जेष्ठ ७ गते, २०८१ - २०:१८
ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सवअन्तर्गत आज भएको पाथीभरा म्याराथन दौडमा त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ प्रथम भएका छन् । श्रेष्ठले फुङलिङ–पाथ...
जेष्ठ ७ गते, २०८१ - २०:११
चितवन । यही जेठ १३ देखि २६ गतेसम्म सञ्चालन गर्न लागिएको आइपिभी (इन एक्टिभेट पोलियो भाइसर भ्याक्सिन) खोप अभियानमा जिल्लाका ३६ हजार सात सय १४ बालबालिकाल...
जेष्ठ ७ गते, २०८१ - २०:०७
गोरखा । प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न आउने पर्यटकबाट प्रवेश शुल्कमार्फत गएको नौ महिनामा रु साढे द...
प्रतिकृया लेख्नुहोस्: