वीरगन्ज । वीरगन्जमा रहेको नबिल बैंकको शाखाबाट एक करोड ३४ लाख रुपैयाँभन्दा बढी नगद रकम चोरी भएको छ ।
बाइपास सडकमा रहेको बैंकको शाखाबाट गत आइतबार राति १ करोड ३४ लाख ६५ हजार रुपैयाँ नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाका अनुसार सोमबार बिहान ८.४५ बजेतिर बैंकका सुरक्षा गार्ड बैंकमा पुग्दा मूल गेटमा अर्कै नयाँ ताल्चा लगाएको देखेपछि बैंकका शाखा प्रबन्धक पवन पौडेललाई फोन गरेर खबर गरेका थिए ।
पौडेलले प्रहरीलाई खबर गरेपछि पुगेको प्रहरी टोलीले मूल गेटमा लगाइएको नयाँ ताल्चा फोडेर भित्र प्रवेश गर्दा बैंकबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको पाइएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।
बैंकभित्र टिनको बाकसभित्र राखिएका एकसय र २० दरका नोट गरी एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको प्रहरीको भनाइ छ । नबिल बैंकको उक्त शाखामा रातिको समयमा सुरक्षा गार्ड नबस्ने र सोही मौका छोपेर चोरहरूले बैंकमा पसेर चोरी गरेको प्रहरीले जनाएको छ ।
प्रााम्भिक अनुसन्धानका क्रममा सीसीटीभी क्यामेरामा रेकर्ड भएको भिडियोमा चार पाँच जनाको संख्यामा रहेका चोरहरूले मूल गेटको ताल्चा फुटाएर बैंकभित्र प्रवेश गरी टिनको बाकसमा राखिएको रकम बोरामा हालेर लगेको देखिएको थापाले जानकारी दिए ।
घटनाको खबर पाएलगत्तै प्रहरीले बैंकमा भएको चोरीको घटनाको सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ७ गते, २०८१ - २१:०१
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले शान्ति प्रक्रियाजस्ता महत्वपूर्ण मुद्दामा राजनीतिक दलको स...
जेष्ठ ७ गते, २०८१ - २०:५६
एजेन्सी । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसहित इजराइल र हमासका नेताहरूलाई ...
जेष्ठ ७ गते, २०८१ - २०:४१
सिरहा । वन संरक्षण र पर्यटन व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले लहान नगरपालिका–१७ स्थित हरिपुरको देवीथान सामुदायिक वनमा दुईतले पक्की भवन निर्माण हुने ...
जेष्ठ ७ गते, २०८१ - २०:३६
विराटनगर । मोरङमा यस वर्ष ५२ हजार तीन सय ५२ बालबालिकाका लागि आइपिभी खोप अभियान सञ्चालन हुने भएको छ । सो अभियान जेठ १३ देखि २६ गतेसम्म सञ्चालन हुनेछ । ...
जेष्ठ ७ गते, २०८१ - २०:३३
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश योजना आयोगका उपाध्यक्ष डा राजेन्द्र अधिकारीलाई शपथ ग्रहण गराएका छन् । मुख्यमन्त्र...
जेष्ठ ७ गते, २०८१ - २०:२९
सुदूरपश्चिम । पछिल्ला केही दिनदेखि बढेको गर्मीले कैलालीसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ । गर्मीका कारण दैनिक काम गर्न र हिँड्डुल गर्न कठिन भए...
जेष्ठ ७ गते, २०८१ - २०:२६
काठमाडौं । मुलुकका सङ्घीय अस्पतालमा आएका उपकरणमध्ये १४ प्रतिशत जडान नै नगरिएको पाइएको छ । स्वास्थ्य सेवा विभागले लाइफलाइन इन्टरप्राइजेजसँगको सहकार्...
जेष्ठ ७ गते, २०८१ - २०:१८
ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सवअन्तर्गत आज भएको पाथीभरा म्याराथन दौडमा त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ प्रथम भएका छन् । श्रेष्ठले फुङलिङ–पाथ...
जेष्ठ ७ गते, २०८१ - २०:११
चितवन । यही जेठ १३ देखि २६ गतेसम्म सञ्चालन गर्न लागिएको आइपिभी (इन एक्टिभेट पोलियो भाइसर भ्याक्सिन) खोप अभियानमा जिल्लाका ३६ हजार सात सय १४ बालबालिकाल...
जेष्ठ ७ गते, २०८१ - २०:०७
गोरखा । प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न आउने पर्यटकबाट प्रवेश शुल्कमार्फत गएको नौ महिनामा रु साढे द...
प्रतिकृया लेख्नुहोस्: