काठमाडौं । केन्द्रीय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्षमा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार ५७ खर्ब ४ अर्ब ८४ करोड पुग्ने अनुमान गरिएको छ ।
मंगलबार चालु आर्थिक वर्षको उपभोक्ताको मूल्यमा आधारित जीडीपीको प्रक्षेपण गर्दै केन्द्रीय तथ्याङ्क कार्यालयले यस्तो अनुमान गरेको हो । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यस्तो उपभोक्ताको मूल्यमा आधारित जीडीपीको आधार ५३ खर्ब ८१ अर्ब ७३ करोड रुपैयाँ अनुमान गरिएको थियो ।
रिपोर्टका अनुसार चालु आर्थिक वर्षमा कृषि क्षेत्रको जीडीपीमा योगदान ३.०५ प्रतिशत रहनेछ भने गैर कृषि क्षेत्रको वृद्धि ३.७५ प्रतिशत रहने छ । यसैगरी चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान गरिएको छ ।
त्यस्तै राष्ट्रिय लेखा अनुमान अनुसार जीडीपीको ३३.७० प्रतिशत आयात हुने आकलन गरिएको हो । आर्थिक वर्ष २०७९/८० मा जीडीपीको ३४.६८ प्रतिशत र आर्थिक वर्ष २०७८/०७९ मा ४२.२७ प्रतिशत आयात भएको कार्यालयले जनाएको छ ।
यस्तै, चालु आर्थिक वर्षमा जीडीपीको ७.९४ प्रतिशत निर्यात हुने तथ्यांक कार्यालयको अनुमान छ । आर्थिक वर्ष २०७९/८० मा जीडीपीको ६.९६ प्रतिशत र २०७८/०७९ मा ६.७० प्रतिशत निर्यात भएको कार्यालये जनाएको छ ।
त्यसैगरी चालु आर्थिक वर्ष २०८०/०८१ को अन्त्यसम्म जीडीपीको २२.९६ प्रतिशत रेमिट्यान्स भित्रिने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले गत वर्षको तुलनमा यो वर्ष रेमिट्यान्स वृद्धि हुने उल्लेख गरेको छ । गत वर्ष रेमिट्यान्स जीडीपीको २२.८२ प्रतिशत थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ७ गते, २०८१ - २१:०१
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले शान्ति प्रक्रियाजस्ता महत्वपूर्ण मुद्दामा राजनीतिक दलको स...
जेष्ठ ७ गते, २०८१ - २०:५६
एजेन्सी । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसहित इजराइल र हमासका नेताहरूलाई ...
जेष्ठ ७ गते, २०८१ - २०:४१
सिरहा । वन संरक्षण र पर्यटन व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले लहान नगरपालिका–१७ स्थित हरिपुरको देवीथान सामुदायिक वनमा दुईतले पक्की भवन निर्माण हुने ...
जेष्ठ ७ गते, २०८१ - २०:३६
विराटनगर । मोरङमा यस वर्ष ५२ हजार तीन सय ५२ बालबालिकाका लागि आइपिभी खोप अभियान सञ्चालन हुने भएको छ । सो अभियान जेठ १३ देखि २६ गतेसम्म सञ्चालन हुनेछ । ...
जेष्ठ ७ गते, २०८१ - २०:३३
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश योजना आयोगका उपाध्यक्ष डा राजेन्द्र अधिकारीलाई शपथ ग्रहण गराएका छन् । मुख्यमन्त्र...
जेष्ठ ७ गते, २०८१ - २०:२९
सुदूरपश्चिम । पछिल्ला केही दिनदेखि बढेको गर्मीले कैलालीसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ । गर्मीका कारण दैनिक काम गर्न र हिँड्डुल गर्न कठिन भए...
जेष्ठ ७ गते, २०८१ - २०:२६
काठमाडौं । मुलुकका सङ्घीय अस्पतालमा आएका उपकरणमध्ये १४ प्रतिशत जडान नै नगरिएको पाइएको छ । स्वास्थ्य सेवा विभागले लाइफलाइन इन्टरप्राइजेजसँगको सहकार्...
जेष्ठ ७ गते, २०८१ - २०:१८
ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सवअन्तर्गत आज भएको पाथीभरा म्याराथन दौडमा त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ प्रथम भएका छन् । श्रेष्ठले फुङलिङ–पाथ...
जेष्ठ ७ गते, २०८१ - २०:११
चितवन । यही जेठ १३ देखि २६ गतेसम्म सञ्चालन गर्न लागिएको आइपिभी (इन एक्टिभेट पोलियो भाइसर भ्याक्सिन) खोप अभियानमा जिल्लाका ३६ हजार सात सय १४ बालबालिकाल...
जेष्ठ ७ गते, २०८१ - २०:०७
गोरखा । प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न आउने पर्यटकबाट प्रवेश शुल्कमार्फत गएको नौ महिनामा रु साढे द...
प्रतिकृया लेख्नुहोस्: