Ntc summer Offer
Khabar Dabali १७ कार्तिक २०८१ शनिबार | 2nd November, 2024 Sat
Investment bank

सप्तरीको चिम्टीमा भीषण आगलागी, दुईसय घर जले

खबरडबली संवाददाता

सप्तरी। सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण आगलागी भएको छ । दिउँसो करिब २ बजे आगो लागेको हो । आगो अझै नियन्त्रण बाहीर रहेकाे बताइएकाे छ ।

आगलागीबाट दुईसय बढी घर जलेर नष्ट भएको छ। गाउँपालिकाको वडा नम्बर १ चिम्टी टोलमा तीव्र गतिमा हावा चलेको बेला आगलागी हुँदा ठूलो क्षति भएको प्रहरीले जनाएको छ।

वडाध्यक्ष जयकिशोर दासका अनुसार स्थानीय शत्रुधन यादवको घरबाट सुरु भएको आगलागीले गाउँ नै सखाप पारेको हो । उनले यादव, मुसहर र मुस्लिम समुदायको बसोबास रहेको यो बस्तीका अनुमानित दुईसय भन्दा बढी घर जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको बताए।

आगो निभाउने प्रयास भइरहेको छ । यता राजविराज, शम्भुनाथ, हनुमाननगर कंकालिनी नगरपालिकाबाट आएको बारुण यन्त्रका साथै नेपाल प्रहरी र स्थानीयले आगो निभाउने काम गरिरहेका छन्।

आगलागी अहिले पनि भइरहेकोले थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । उक्त आगलागीमा करिब ६०-७० लाख भन्दा बढी मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यरातिमा आगलागी हुँदा करोडौंको धनमाल जलेर नष्ट

सर्लाही । सर्लाहीको बरहथवा  बजारमा शुक्रबार राति भएको भीषण आगलागीबाट करोडौं मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ। स्थानीय किसुन दासको घरमा सञ्चालित एक...

पौडी खेल्ने क्रममा उदयपुरमा एकजनाको मृत्यु

उदयपुर । पौडी खेल्ने क्रममा उदयपुरको उदयपुरगढी गाउँपालिका–७ आल्टारका ५३ वर्षीय खड्गबहादुर मिरिङचिङ मगरको शुक्रवार बलान खोलामा डुबेर ज्यान गएको छ । ...

नेपाल संवत् ११४५ प्रारम्भ

काठमाडौं । नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्र...

आज नेपाल संवत् ११४५ र म्हः (आत्म) पूजा मनाइदै

काठमाडौँ । नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेवार समुदायले नेपाल संवत् अनुसार नयाँ वर्षको पहिलो दिन अर्थात् "न्हूदँया भ...

बर्दिबासको एक पसलमा आगलागी, लाखौँको क्षति

जनकपुरधाम । महोत्तरीको बर्दिवास नगरपालिकास्थित एक पसलमा शुक्रबार राति आगलागी हुँदा लाखौँको मूल्य बराबरको क्षति भएको छ । बर्दिबास नगरपालिका–५ स्थित ...

तिहारको चौथो दिन आज गाई पूजा गरिँदै

काठमाडौं । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ। गाईलाई पवित्र मानी पूज...

चाडपर्वले राष्ट्रिय भावना जागृत गर्न विशिष्ट योगदान पुर्‍याउँदै आएका छन्ः अध्यक्ष प्रचण्ड

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालभित्र मनाइने विभिन्न चाडपर्वले जनताका बिचमा आपसी एकता...

आज तिहारको चौँथो दिनः गोरु, गोवर्द्धन र हली पूजा

काठमाडौं ।  कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।   वर्षभर जो...

भाइटीकाको दिन कुन–कुन ठाउँमा हुँदैछ वर्षा ?

साता दिनपछि चिसो बढ्ने सम्भावना

देशभर पश्चिमी वायु र पहाडी भू-भागमा स्थानीय वायुको आंशिक प्रभाव हुँदा केही स्थानमा वर्षा हुने

काठमाडौं । देशभर पश्चिमी वायुको तथा पहाडी भूभागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy